भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा आज (सोमबार) आयोजना हुने मुख्य समारोहमा सरिक हुन नेपालको भ्रमणमा हुनुहुन्छ । एक दिवसीय यो भ्रमणका लागि सबै खालका तयारी पूरा भएका छन् । प्रधानमन्त्री मोदीको यो भ्रमण उहाँ र सिङ्गो भारतले नेपालसँगको सम्बन्धलाई दिएको उच्च महìवका रूपमा समेत लिनुपर्ने हुन्छ । नेपाल र भारतका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा उच्चपदस्थ नेतृत्वहरूको पारस्परिक भ्रमण आदानप्रदान दुई मुलुकबीचको गहिरो तथा प्रगाढ सम्बन्धको प्रतीकसमेत हो ।
अन्ततः नेपाली जनताले लोकतान्त्रिक संविधानअन्तर्गतको स्थानीय तहको दोस्रो निर्वाचनमा निकै उत्साह एवं शान्तिपूर्ण तवरले सहभागिता जनाएर निर्वाचनलाई सफल बनाएका छन् । लोकतान्त्रिक प्रणालीप्रति हरेक नेपालीको आस्था यसले प्रमाणित गरिदिएको छ । तुलनात्मक रूपमा निर्वाचन शान्तिपूर्ण रह्यो । नि
पाँच वर्षको प्रतीक्षापछि फेरि स्थानीय तहका पदाधिकारी चयनका लागि मुलुकभरका उत्साही मतदाताहरूले आज मतदान गरिरहेका छन् । यसअघि वि.सं. २०७४ मा स्थानीय निर्वाचनपछि यो निर्वाचन हुँदैछ । लोकतन्त्रमा आवधिक निर्वाचनको महत्त्व सर्वोपरि रहेको सन्दर्भमा स्थानीय तहको निर्वाचनको विशिष्ट अर्थ रहेको हुन्छ ।
स्थानीय तहको भोलि शुक्रबार हुने निर्वाचनको सबै तयारी पूरा भएको छ । नयाँ संविधान जारी भएपछिका दोस्रो पटकको निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, आममतदाता तथा अन्य सरोकारवाला पक्षमा स्वतस्र्फूत रूपमा उत्साह एवं उमङ्गको वातावरण बनेको छ । निर्वाचनको तयारी स्वरूप मुलुकभरका ७५३ स्थानीय तहका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगिसकेको आयोगले जानकारी गराएको छ ।
विश्वका प्रायः सबैजसो प्रजातान्त्रिक मुलुकमा हुने आवधिक निर्वाचनका सन्दर्भमा मौन अवधिको व्यवस्था गरिएको हुन्छ । देश, काल र परिस्थिति अनुरूप कुनै मुलुकमा यो नियम अति कडाइका साथ पालना गरिनुपर्ने हुन्छ भने कतिपय मुलुकमा प्रमुख राज
संवैधानिक प्रावधानअनुरूप यही जेठ ३ गतेका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद्को वर्षे अधिवेशन आह्वान भएकोे छ । नेपालमा वर्षे तथा हिउँदे गरी दुई पटक संसद् अधिवेशन आह्वान गरिने परम्परा रहिआएको छ ।
झन्डै दुई हप्तादेखि राजधानीका सडकमा थुपारिएका फोहोरका थुप्रो शनिबार बिहानदेखि उठाउन थालिएको छ । विडम्बना नै मान्नुपर्छ यसरी फोहोर उठ्दा राजधानीवासीले ठूलो हर्ष मान्नुपर्ने अवस्था सिर्जना भएको छ । कुनै पनि मुलुकको राजधानी सहरमा यस प्रकारको परिस्थिति निर्माण हुनु वास्तवमै विडम्बनापूर्ण हो । राजधानी सहर भनेको समग्रमा मुलुकको परिचय एवं मुहार चित्र हो । यसका विविध पक्षले मुलुकका बारेमा बोलिरहेको हुन्छ । अन्तर्राष्ट्रिय नाम र प्रतिष्ठा राजधानीलाई हेरेरै बन्ने गर्छ ।
नेपाली छापा पत्रकारिताको गौरवमय इतिहास बोकेको गोरखापत्र शनिबार १२२ वर्षमा प्रवेश गरेको छ । लगभग सवा शताब्दी पाठकलाई निरन्तर योगदान दिएको गोरखापत्र नेपालको सूचना क्रान्तिको जग मात्र होइन, दक्षिण एसियामै सय वर्ष नाघेको सीमित अखबारमध्ये एकसमेत हो । नेपाली पत्रकारिता क्षेत्रमा एउटा अध्याय रचिएको दिन वैशाख २४ को यो ऐतिहासिक दिनलाई सम्मान गर्दै सरकारले राष्ट्रिय पत्रकारिता दिवससमेत मनाउन थालेको छ । यसले गोरखापत्र र यसका प्रकाशनले आम पाठकमा पु¥याउँदै गरेको योगदानलाई राज्यले थप संस्थागत गरेको छ । थप गौरवमय बनाएको छ । निश्चय नै उदारवादी राणा प्रधानमन्त्री देवशमशेरले छापा पत्रकारिताको कल्पना र त्यस
केही वर्षअघिसम्म पनि दक्षिण एसियाली क्षेत्रमा भारतपछि श्रीलङ्काको अर्थव्यवस्थालाई निकै सुदृढ एवं सबल अर्थतन्त्रका रूपमा लिइने गरिन्थ्यो । विप्रेषण र पर्यटन क्षेत्र वैदेशिक मुद्राका दरिला स्रोत थिए । विश्व परिस्थितिमा देखिएको केही विषमता तथा कुशासनको चक्रसँगै क्रमिक रूपमा त्यस मुलुकको अर्थतन्त्र हाल निकै जर्जर अवस्थामा पुगेको छ ।
शिक्षक सेवा आयोगले गत चैत महिनामा सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा हालै प्रकाशित गरेको छ । त्यस परीक्षामा १२ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएको पाइएको छ । तथ्याङ्कगत दृष्टिबाट यो निकै कम प्रतिशत हो ।
३१ वर्षअघि अफ्रिकी राष्ट्र नामिबियाको राजधानी विन्डहक सहरमा आयोजित सम्मेलनमा संयुक्त राष्ट्रसङ्घद्वारा मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरिएको थियो । त्यसैअनुसार मे ३ अर्थात् वैशाख २० गतेलाई विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।
अहिलेको युगलाई सूचना तथा सञ्चार प्रविधि अर्थात् डिजिटल युगका रूपमा पनि चिनिन्छ । सूचना प्रविधि क्षेत्रको अतुलनीय विकास वर्तमान विश्व र मानव जातिको जीवन पद्धतिमा आमूल परिवर्तनको संवाहक भएको तथ्यमा सायदै बिमति राख्न सकिन्छ । समग्र देश विकासमा सूचना तथा सञ्चार प्रविधिको निकै महत्वपूर्ण स्थान निर्विवाद तथ्य हो । विश्वका विकसित देशले नवीनतम सञ्चार प्रविधिकै उपयोगबाट आफ्नो अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेका कैयौँ उदाहरण पाइन्छन् । डिजिटल अर्थतन्त्र अहिलेका विश्वमा न्यून लागतमा बढी प्रतिफल दिने अर्थतन्त्रका रूपमा चिनिन्छ ।