बलात्कार मुद्दा : जग्गा विवाद भन्दै मिलापत्र गर्ने चार जना पक्राउ
कपिलवस्तुमा जबरजस्ती करणी जस्तो गम्भीर फौजदारी मुद्दालाई जग्गा विवाद देखाएर मिलापत्र गराएको आरोपमा प्रहरीले एक पूर्ववडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।
पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली : कार्यकारी निर्देशक नरहने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जारी गरेको छ ।
९४ खर्ब ८४ अर्बको लेखापरीक्षण: १४ अर्ब ६३ करोड रुपियाँ असुल, बेरुजु दरमा वृद्धि
महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को ६३औँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
नख्खु कारागारबाट फरार अभियुक्त बैतडीबाट पक्राउ
गत भाद्रमा जेनजी आन्दोलन का क्रममा नख्खु कारागार बाट फरार भएका एक अभियुक्तलाई बैतडी प्रहरीले पुनः नियन्त्रणमा लिन सफल भएको छ ।
सल्यानका वडाध्यक्ष आधारभूत सेवाको माग गर्दै मुख्यमन्त्री कार्यालयअघि धर्नामा
आधारभूत सेवाको माग राख्दै सल्यानको कालिमाटी गाउँपालिका वडा नं.७ का वडाध्यक्ष मित्रलाल रिजाल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना सुरु गर्नुभएको छ ।
नेपालगञ्जबाट १७ करोडको पाठ्यपुस्तक बिक्री
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्र २०८३ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ ।
‘सार्वजनिक निकायका पदाधिकारी बढी जवाफदेही हुनुपर्छ’
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प–चिनियाँ राष्ट्रपति सीबीच व्यापार सहमति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गर्नुभएको छ ।
चिनी निर्यातमा भारतको प्रतिबन्ध : नेपालमा तत्काल असर नपर्ने
भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ तर नेपालमा भने तत्काल त्यसको असर नपर्ने भएको छ । चिनीको स्वदेशी उत्पादन पर्याप्त भएकाले तत्कालका लागि बजारमा चिनीको अभाव नहुने भएको हो ।
कांग्रेस अनुशासन समिति पुनर्गठन
नेपाली कांग्रेसको अनुशासन समिति पुनर्गठन भएको छ । सभापति गगनकुमार थापाले पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको एवं संयोजकत्वमा रहेको समितिलाई पुनर्गठन गर्नुभएको हो ।
पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानबिन समिति गठन
सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रीपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो ।
कार्यविभाजनसहित मन्त्रीपरिषद् गठन
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रीको नियुक्ति र कार्यविभाजन गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार विज्ञप्ति जारी गर्दै गत चैत १३ गते गठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीले कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गर्नुभएको हो । सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ वटा कायम गरिएको छ ।
सुशासन र आर्थिक पुनर्संरचना प्राथमिकतामा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मुलुकका विद्यमान आर्थिक चुनौतीलाई सम्बोधन गर्दै समुन्नत नेपालको दिगो आधार तयार गर्ने गरी तयार पारिएको बताउनुभएको छ । सङ्घीय संसद्का दुवै सदनबाट नेपाल सरकारको नीति तथा कार्यक्रम पारित भएपछि आगामी आवको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उहाँले रोजगारी केन्द्रित आर्थिक वृद्धि, संरचनागत सुधार, डिजिटल रूपान्तरण र सुशासनलाई केन्द्रमा राखिने जनाउनुभयो ।
‘जग्गा पाए टहरा आफैँ बनाउँछु’
काठमाडौँको शङ्खमूलस्थित बागमती नदी किनारबाट विस्थापित गोपाल रिजाल बुद्धपूर्णिमाको दिनदेखि ललितपुरको इमाडोलमा बहिनीको डेरामा आश्रित हुनुहुन्छ । पेसाले सवारीचालक रिजाल एकदिन सरकारी होल्डिङ सेन्टरमा बसेर बहिनीको शरणमा पुग्नुभएको हो । उहाँले नियमित काममा जान टाढा भएकाले इमाडोल आएर बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले उपलब्ध गराएको होल्डिङ सेन्टरमा बस्न समस्या छैन तर मलाई काममा आउन–जान टाढा भएकाले यतै आएर अर्को व्यवस्था नभएसम्मका लागि बसेको हुँ ।” काठमाडौँ महानगरपालिका वडा नं. १० मै बस्दै आउनुभएका रिजाल निजी कम्पनीमा सवारीचालकको काम गर्नुहुन्छ । उहाँका अनुसार जागिरमा जानुपर्ने बाध्यता छ । उहाँले सरकारले सुकुमवासीका सन्दर्भमा चाँडै अध्ययन गरेर वास्तविक सुकुमवासीको व्यवस्थापन गरिदिने विश्वास व्यक्त गर्नुभयो ।
छानबिनको दायरामा तिस हजार पदाधिकारी
मुलुकमा बहुदलीय व्यवस्था बहाली भएसँगै सार्वजनिक पदमा आसीन बहालवाला र पूर्वपदाधिकारीको सम्पत्ति छानबिन गर्न गठन भएको सम्पत्ति छानबिन आयोगले कार्यारम्भ गरेसँगै विभिन्न पदमा रहेका ३० हजार जनामाथि छानबिन हुने भएको छ ।
राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
पाथीभराबाट एक करोड छ लाखभन्दा बढी भेटी सङ्कलन
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा एक करोड ६ लाख बढी भेटी सङ्कलन भएको छ। वैशाख महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो।
दुई नयाँ चलचित्रहरुको प्रदर्शन हुँदै
दाङको चलचित्रकर्मीहरुद्वारा स्थानीय रुपमै निर्मित चलचित्र, “इहिरी” र “द रिचुअल” को काठमाडौं थापाथलीमा शनिबारदेखि एक सातासम्म विशेष प्रदर्शन हुँदैछ।
सुशासन र निष्पक्ष कर्मचारी प्रशासनका लागि ट्रेड युनियन खारेज : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजामती प्रशासनलाई तटस्थ, निष्पक्ष र व्यावसायिक बनाउन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीको ट्रेड युनियन खारेजीको विषय समेटिएको स्पष्ट पार्नुभएको छ ।
घरेलु तथा साना उद्योगको भवन पाँच वर्षदेखि अलपत्र
बर्दियाकोे घरेलु तथा साना उद्योग कार्यालयको भवन निर्माणको काम पाँच वर्षदेखि अलपत्र छ । निर्माण कम्पनीले समयमा निर्माण नगर्दा भवन अलपत्र परेको छ । कार्यालय वार्षिक तीन लाख ६० हजार घरभाडा तिरेर बस्न बाध्य छ ।
करेन्ट लागेर एकको मृत्यु
कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।
कुशलचन्द्रको कृषि क्रान्ति : पाँच जनालाई रोजगारी
पढे–लेखेका युवाहरू जागिरको खोजीमा सहर र विदेश पलायन भइरहेका बेला तनहुँका कुशलचन्द्र अधिकारीले गाउँमै कृषि व्यवसायबाट उदाहरणीय सफलता प्राप्त गर्नुभएको छ ।
पाटे बाघ मृत फेला
बर्दियाको मधुवन नगरपालिका–१ को भलुनि भटुवा र सोमलपुर सामुदायिक वनको ओराही खोलाको छेउमा पाटे बाघ मृत भेटिएको छ ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
गोरखामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बेलुका ९ ः १५ बजेको समयमा गोरखा नगरपालिका –१३ को तीनकिलोस्थित गोरखा आँबुखैरनी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।