कान्ति लोकपथ : सत्तरी वर्षमा पचहत्तर प्रतिशत काम
सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौँडा जोड्ने छोटो सडकका रूपमा रहेको कान्ति लोकपथको निर्माण सात दशकमा समेत सम्पन्न हुन सकेको छैन । यस लोकपथको निर्माण काठमाडौँ–वीरगन्ज जोड्ने त्रिभुवन राजपथको विकल्पका रूपमा २०१३ सालबाट सुरु भएको हो । यो लोकपथलाई काठमाडौँ–हेटौँडा जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग मानिन्छ ।
कुष्ठरोग निर्मूलीकरण घोषणा मात्रै
नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ सङ्क्रमित कुष्ठरोगी देखापर्ने गर्छन् । नेपालले सन् २०१० मा कुष्ठरोग निर्मूलीकरण भएको घोषणा गरेको थियो तर त्यो घोषणा घोषणामा मात्रै सीमित भएको छ ।
भक्तपुर–२ मा बत्तिस उम्मेदवार मैदानमा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा कुुल ३२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जसमा १७ वटा राजनीतिक पार्टीका प्रतिनिधिले उम्मेदवारी दिएका छन् भने १५ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुुन् ।
नेपाल–जापान सम्बन्ध बलियो
नेपालका लागि जापानका राजदूत तोरु माइदाले नेपाल–जापान सम्बन्ध ऐतिहासिक कालखण्डदेखि नै बलियो र सुमधुर रहेको बताउनुभएको छ । जाइका अलमुनाई एसोसिएसन अफ नेपाल (जान) को ५२औँ वार्षिकोत्सव समारोहमा राजदूत माइदाले आगामी दिनमा दुई देशबिचको मित्रवत् सम्बन्धले थप उचाइ लिने बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन आज
राष्ट्रिय सभा सदस्यका लागि आइतबार मतदान हुँदै छ । आगामी फागुन २० गते पदावधि समाप्त हुने सभाका १९ जना सदस्य पदका लागि माघ ११ गते मतदान हुन लागेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको र सात वटै प्रदेशको राजधानी रहेका जिल्लामा तोकिएका मतदान केन्द्रमा आइतबार बिहान ८ बजेदेखि मतदान हुने छ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित १९ जना सदस्यको पदावधि सकिँदै छ ।
सर्लाहीमा चुनावी सरगर्मी, क्षेत्र नं. ४ मा सबैको चासो
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेसँगै सर्लाही क्षेत्र नं. ४ एक्कासि चर्चामा आएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार सम्पन्न बैठकले पार्टी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरेसँगै सिङ्गो देशकै ध्यान सर्लाही–४ केन्द्रित हुन पुगेको हो । भारतको सीमासँग जोडिएका अधिकांश गाउँ पर्ने यो निर्वाचन क्षेत्रलाई नेपाली कांग्रेसको पुरानो गढ मानिन्छ । यसै क्षेत्रबाट डा. अमरेशकुमार सिंह लगातार तीन पटक चुनाव जितेर संसद्मा प्रवेश गर्दा २०७० र ०७४ मा कांग्रेसबाट नै विजयी हुनुभयो ।
गाउँ सारिदिन सिंहदरबारमा गुहार
हिमबाढी, पहिरो, ताल विस्फोटलगायतका हिमाली कहर सहन नसकी हुम्लाका तिलगाउँका बासिन्दा गाउँ सार्न गुहार माग्दै काठमाडौँ धाएका छन् । जलवायु परिवर्तनको असरसँगै हिमालमा बढेको तातोका कारण गत जेठ र असार दुई पटकको हिमबाढीले गाउँ तहसनहस पारेको थियो । हिउँ कम पर्न थालेपछि खिइँदै गएका खस्रा हिमाली पहरोबाट पहिरोले पहिलेदेखि नै दुःख दिइरहेको थियो ।
तीन हजार चार सय छ उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।
असुरक्षित गर्भपतनले महिलाको मृत्यु
कालीकोटको पलाँता गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । वडा ४ की एक महिलाको असुरिक्षत गर्भपतनका कारण अत्यधिक रगत बग्दा ज्यान गएको हो ।
सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको तयारी
आइतबार हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा तयारी पूरा भएको छ। अस्थायी राजधानी धनगढीमा रहेको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि छुट्टाछुट्टै बुथ निर्माण गरिएको छ ।
सजिलो छोडेर अफ्ठ्यारो बाटो रोजेँः कांग्रेस सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेस झरेको बताउनुभएको छ।
अज्ञात समूहद्वारा टौवामा आगजनी
कैलालीको बर्दगोरिया गाउँपालिका –३ रानीकुण्डास्थित कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको परालको टौवामा शुक्रबार बिहान अज्ञात समूहले आगजनी गरेको छ ।
दुई पत्रकारलाई हरि–जमुना पत्रकारिता पुरस्कार
स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले यस वर्षको हरि–जमुना पत्रकारिता पुरस्कार बाँकेका पत्रकारद्वय रुपनी जिएम र भगतराम थारुलाई प्रदान गरेको छ ।
तल्लो मुस्ताङमा चार वर्षपछि हिमपात
तल्लो मुस्ताङमा चार वर्षपछि यस सिजनको पहिलो पटक हिमपात भएको छ । गएरातिदेखि तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका बजार तथा ग्रामीण क्षेत्रमा हिमपात भइरहेको छ ।
भावी प्रधानमन्त्रीमा थापा प्रस्तुत
नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा उत्रिने निर्णय गरेको छ । दोस्रो विशेष महाधिवेशनपछि पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति पहिलो बैठकले शुक्रबार प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
प्रधानमन्त्रीमा कुन दलले कसलाई अघि सारे
प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले भावी प्रधानमन्त्रीका उम्मेदवार प्रस्तुत गरेर प्रचारप्रसारमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूले प्रधानमन्त्रीका उम्मेदवार प्रस्तुत गरेर चुनावी मैदानमा होमिएका हुन् ।
उम्मेदवारी फिर्ता लिनेमा पूर्वप्रधानमन्त्रीदेखि पिआरधारीसम्म
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये ८१ जनाले फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि मुलुकभरबाट तीन हजार ४८७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी फिर्ता लिनेमा पूर्वप्रधानमन्त्रीदेखि विदेशमा स्थायी आवास अनुमति (पिआर) लिएका व्यक्तिसमेत छन् ।
‘जीवनस्तर उकास्न सांसदको भूमिका महत्वपूर्ण’
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समग्र विकासलाई सरकारको नीति र विधिमार्फत निर्देशित गरी जनताको जीवनस्तर उकास्न सांसदको भूमिका महत्वपूर्ण हुने जिकिर गर्नुभएको छ । उहाँले राष्ट्रिय सभामा विगतदेखि हुँदै आएका असल अभ्यासलाई अझै सुदृढ र व्यवस्थित बनाउन सबैको योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्बन व्यापारमा नेपाल एसियामै पहिलो
नेपालले औपचारिक रूपमा कार्बन व्यापार सुरु गरेको छ । नेपालको ४६ प्रतिशत वन पैदावरमा संरक्षित कार्बन व्यापार सुरु भएको हो । कार्बन उत्सर्जन न्यूनीकरण तथा वन पैदावरमार्फत कार्बन शोषित गर्दै विश्वबजारमा कार्बन व्यापारलाई औपचारिकता दिने एसियाको पहिलो मुलुक बनेको हो ।
रुकुमपूर्वमा प्रचण्डको परीक्षा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवार बन्नुभएको छ । उहाँको उम्मेदवारीसँगै रुकुमपूर्वको चुनावी माहोल तातेको छ ।
निर्वाचनमा एक थोपा रगत बग्नु भएन : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने बताउनु भएको छ । उहाँले त्यसैअनुसार सुरक्षा व्यवस्थापन गर्न निर्देशन जोड पनि दिनु भएको छ ।
टाइगर कप भलिबलमा एपिएफको विजयी सुरुवात
पोखरामा शुक्रबारदेखि सुरु भएको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी क्लब र न्यू डायमन्ड स्पोर्टस् क्लबले विजयी सुरुवात गरेको छ ।
बर्दियामा तीन जनाको उम्मेदवारी फिर्ता
बर्दियामा प्रतिनिधि सभाको निर्वाचनका लागि तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एक जना उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।
बदल्यौं कांग्रेस, बदल्छौं देश : सभापति गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताउनुभएको छ ।