साना हिमतालले बढाउँदै जोखिम
नेपालमा साना हिमतालको बढोत्तरीले जनधनको क्षति हुने जोखिम उच्च बनाएको छ । साना हिमताल बन्ने र विकास हुने विषयमा एकीकृत अध्ययन नहुँदा थाहै नपाई हुने क्षति बढेको हो ।
किन भयो संवैधानिक परिषद् विधेयक फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि संसद्मै फिर्ता गर्नुभएको छ ।
ललितपुरमा एआई, काठमाडौँमा भ्याइ नभ्याइ
ललितपुरका मुख्य सडक चोक जावलाखेल, पुलचोक दमकलचोक, एकान्तकुना, भैँसेपाटीमा खटिने ट्राफिक प्रहरीलाई आजभोलि आराम मिलेको छ । सिंहदरबार–ललितपुरस्थित मन्त्रीनिवासमा मन्त्री तथा विशिष्ट व्यक्तिको दैनिक ओहोरदोहोर र अन्य सवारीको चाप व्यवस्थापनमा खटिनुपर्ने ट्राफिक प्रहरीको बोझ ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ले हटाइदिएको छ ।
सल्यान दुर्घटना अपडेट : एक जनाको मुत्यु
सल्यानमा भएको फोर्स गाडी (हाइस) दुर्घटनाका घाइते एक जनाको मुत्यु भएको छ । कुमाख गाउँपालिका २ सल्यानका का ७४ वर्षिय कलिभान रानाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मुत्युभएको हो ।
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाउनु भएको छ ।
करेन्ट लागेर प्रवक्ताको मृत्यु
रौतहटमा करेन्ट लागेर बिहीबार मौलापुर नगरपालिकाको प्रवक्ता चन्द्रेश्वर बैठाको मृत्यु भएको छ । सिँचाइका लागि बिद्युतमिटरको तार बिद्युत पोलमा लाउँदैगर्दा करेन्ट लागेर मौलापुर –७ घर भएका बैठाको मृत्यु भएको मौलापुर नगरपालिका –७ का वडा अध्यक्ष रामपुकार साहले जानकारी दिनुभयो ।
युवा संघले बनायो फलामे खोलामा अस्थायी पुल
नेकपा (एमाले) को जनबर्गीय संगठन राष्ट्रिय युवा संघका पदाधिकारी र सदस्यहरुले पाँचथरको याङवरक गाउँपालिका –२ र ३ लाई सिमाना छुट्याउने फलामे खोलामा काठ र बाँसको अस्थायी पुल निर्माण गरेका छन् ।
मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय बिहीबार सार्वजनिक गर्नुभएको हो ।
राष्ट्रपतिसँग ज्येष्ठ नागरिकका समस्या प्रस्तुत
राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासंघको प्रतिनिधि मण्डलले भेट गरेको छ ।
मलङ्गवा अस्पतालको सेवा सुचारु
सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा बिहीबारदेखि सेवा सुचारु भएको छ । गएको सोमबार सवारी दुर्घटनामा परी घाइते भई उपचारका लागि आएका एक जना बिरामीको आफन्तबाट अस्पतालका अर्थोपेडिक डा. कृष्णजङ्ग साहमाथि हातपात भएपछि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले दोषीलाई कारवाही तथा शान्ति, सुरक्षाको माग गर्दै मङ्गलबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका थिए ।
प्रदेश अस्पतालमा पाए सवा लाख जनाले सेवा
लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको प्रदेश अस्पतालमा जटिल सल्यक्रियासहितको सेवा पाउन थालेपछि सेवाग्राहीको आकर्षण बढ्दैगएको छ ।
बाजुरामा जिप दुर्घटना हुँदा दुईको मृत्यु : १२ जना घाइते
बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। दुर्घटनामा हिमाली गाउँपालिका–५, सुन्यबाडा बस्ने ७३ वर्षीय बाजा रोकाया र सोही ठाउँमा बस्ने ७५ वर्षीय विजुरा रोकायाको मृत्यु भएको हो।
दैनिक दुई हजार युवा रोजगारी खोज्दै विदेश, युवा स्वरोजगार कोष एक वर्षदेखि नेतृत्वविहीन
वैदेशिक रोजगारीका लागि दैनिक झन्डै दुई हजार युवा बिदेसिन्छन् । युवालाई स्वरोजगार बनाएर देशभित्रै राख्ने यहीँ उद्यमी बनाउने नीति, योजना, कार्यक्रम र संस्था पनि सरकारसँग छ तर त्यसको कार्यान्वयन गर्ने निकाय भने एक वर्षदेखि नेतृत्वविहीन छ ।
सामाजिक सुरक्षा कोषले दियो सात अर्ब नब्बे करोड सापटी
योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट ३४ हजार ९७ योगदानकर्ताले सात अर्ब ९० करोड रुपियाँ सापटी लिएका छन् ।
कम्युनिस्ट शक्तिबिच एकता आवश्यक
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुँजीवादविरुद्ध क्रान्तिकारी शक्ति एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ ।
सम्पदा पुनर्निर्माण गर्न चार अर्ब अपुग
भूकम्प गएको दस वर्ष पूरा हुँदासमेत अझै सम्पदा पुनर्निर्माण सकिएको छैन । राज्यसँग पर्याप्त बजेट नहुँदा दरबार, मठमन्दिर, गुम्बा, सत्तल, पाटीपौवालगायत संरचनाका पुनर्निर्माण समयमै पूरा नभएका हुन् । २०७२ वैशाख १२ गते भूकम्प जाँदा कुल एक हजार एक सय ३५ सम्पदामा क्षति भएको थियो ।
कांग्रेसले प्रशिक्षक तयार गर्ने
जलवायु परिवर्तनले नेपालमा अझै बढी प्रतिकूलता सिर्जना गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेस प्रशिक्षकको टोली तयार गर्दै छ । राज्यको उच्च नेतृत्वबाट जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको सङ्कटबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाइरहँदा कांग्रेसले देशभरि परिचालन गर्ने गरी प्रशिक्षकको टोली बनाउने गृहकार्य आरम्भ गरेको हो ।
सञ्चारमन्त्री गुरुङ आज चीन जानुहुँदै
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ बिहीबार चीन जाँदै हुनुहुन्छ । चीनमा आयोजना हुने ‘वल्र्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन चीन जान लाग्नुभएको हो ।
‘लेटर अफ एक्स्चेन्ज’ मा हस्ताक्षर गर्न स्वीकृति
सरकारले चीन सरकारबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी ‘लेटर अफ एक्स्चेन्ज’ मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
‘दीर्घकालीन परियोजना तत्काल पूरा हुन्नन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालीन महìवका विकास परियोजना पोहोर प्रस्ताव गरेर अहिले पूरा नहुने बताउनुभएको छ । प्रतिनिधि सभामा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले सम्भाव्यता र अध्ययनमा आधारित भएर यस्ता परियोजना व्रmमशः कार्यान्वयनमा लगिने बताउनुभयो ।
सुक्खाग्रस्त क्षेत्र मधेश, राहतको प्रतीक्षा
सरकारले अन्न भण्डारका रूपमा रहेको मधेश प्रदेशलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले मधेश प्रदेशको सिफारिस तथा सङ्घीय गृह मन्त्रालयको प्रस्तावमा यो निर्णय गरेको हो ।
‘राइड सेयरिङ’ भाडामा ठगिन्छन् यात्रु
‘राइड सेयरिङ’ सेवाको भाडादरमा एकरूपता नहुँदा यात्रु ठगिने क्रम बढेको छ । सुविधामा खासै भिन्नता नभएको अवस्थामा पनि कम्पनी अनुसार फरक फरक दर हुँदा राइडर (चालक) हरूको मोलमोलाइ बढेको छ । ‘अफलाइन’ हिँड्ने राइडरको सङ्ख्या अत्यधिक र अनलाइनमै पनि मोलमोलाइ हुने हुँदा कम्पनीले जति कमिसन घटाए पनि सेवाग्राहीलाई खासै राहत भएको छैन ।
भोल्टेज कम भएर मोटर नचल्दा रोपाइँ प्रभावित
खेतीपातीको समयमा बिद्युतको भोल्टेज न्युन भएर खेतमा पानी तान्न जडान गरिएको मोटर नचलेपछि रोपाइ प्रभावित भएको बाँके नरैनापुरका किसानले गुनासो गरेका छन् ।
पुष्पलाल सही विचार र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी भएको बताउनुभएको छ।