‘पूर्वसूचना प्रभावकारी भएमा विपदमा क्षति न्यूनीकरण गर्न सकिने’
विपद्जन्य घटनाको पूर्वसूचना प्रभावकारी बनाउन सके विपद्को क्षति न्यूनीकरण गर्न सकिने सरोकार भएका निकायका प्रतिनिधिहरूले बताउनुभएको छ ।
स्थापना दिवसमा विद्यार्थी सम्मानित
नेपाल विद्यार्थी सङ्घ ताप्लेजुङले पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई सम्मान गरेको छ । नेविसङ्घको ५७ औं स्थापना दिवसको अवसरमा आइतबार क्याम्पसमा अध्ययरत १२ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।
मुक्त कमैयालाई सुरक्षित आवास हस्तान्तरण
कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका २१ मुक्त कमैया घर परिवारलाई आइतबार सुरक्षित आवास हस्तान्तरण गरिएको छ ।
बजेट र योजनाको तालमेलबाट विकास निर्माण गर्छौ : मन्त्री नेपाली
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले विकास बजेट र योजनाको तालमेल मिलाएर समानुपातिक रुपमा विकास निर्माण गरिने बताउनुभएको छ ।
अव्यवस्थित घरपरिवारलाई सुरक्षित आवास
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२, का ६५ वर्षीय राजेन्द्र माझीले पक्की घर पाएपछि निकै खुसी हुनुहुन्छ ।
कौराहाको उदगम थलो ऋषिङमा मौलिकता जोगाउने सङ्कल्प
मगर समुदायको सांस्कृतिक पहिचान मानिने कौराहा नृत्यको वास्तविक जननी तनहुँको ऋषिङबाट यसको ऐतिहासिक मौलिकता रक्षाका लागि नयाँ अभियानको सुरुवात गरिएको छ ।
१९ महिना पछि सञ्चालनमा आयो फेमे खोलामा बेलिब्रिज
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ र ११ लाई जोड्ने फेमे खोलामा बेलिब्रिज सञ्चालनमा आएको छ ।
मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छः महामन्त्री घिमिरे
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
पञ्चकोटमा ‘आनन्द प्रवेशद्वार’ निर्माण
धार्मिक पर्यटकको गन्तव्य बन्दै गएको बागलुङ नगरपालिका-६, पञ्चकोटमा दाताको सहयोगमा आर्कषक प्रवेशद्वार निर्माण गरिएको छ ।
बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै
बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ ।
सप्तरीमा नौ महिनामा डेढ करोड भन्दा बढीको राजस्व सङ्कलन
सप्तरी प्रहरीले चालु आर्थिक वर्षको ९ महिनामा डेढ करोड भन्दा बढीको राजस्व सङ्कलन भएको जनाएको छ ।
सहकारीको आफ्नै भवनबाट तरकारी बजारीकरण सुरु
दाङ लमही नगरपालिका-२, केरुनियास्थित समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड आफ्नै भवनमा सरेसँगै तरकारीको बजारीकरणलाई थप व्यवस्थित बनाएको छ ।
लेकसाइडमा पर्यटकलाई दुःख दिने १६ महिला पक्राउ
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकलाई दुःख दिने १६ महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
हरिणको सिङ फेला
झापाको बुद्धशान्ति गाउँपालिकामा हरिणको सिङ फेला परेको प्रहरीले जनाएको छ । बुद्धशान्ति गाउँपालिका–३, चिलिमगढी घाटनजिकै शनिवार राति हरिणको सिङ फेला परेको हो ।
सडक दुर्घटना घटाउन ट्राफिक प्रहरीको माइकिङ अभियान
कपिलवस्तुको तौलिहवामा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले ‘विशेष माइकिङ अभियान’ सञ्चालन गरेको छ ।
निःशुल्क आँखा शिविरबाट ८३ को फर्कियो ज्योति
सल्यानमा वडास्तरमै बिरामी पहिचान गरी सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ८३ जनाको आँखाको ज्योति फर्किएको छ। शारदा नगरपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोगमा श्रीनगरस्थित आँखा उपचार केन्द्रमा दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा मोतिबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको हो।
गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार
कालीकोट जिल्लाको विकट पलाँता गाउँपालिकाकी एक गर्भवती महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८, बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर आइतबार बिहान करिब १० बजे सानीगाड खोलामा दुर्घटनामा परेको हो ।
अपाङ्गमैत्री वडा कार्यालय उद्घाटन
गुल्मीको रेसुङ्गा नगरपालिका–३, भाडगाउँमा निर्माण गरिएको अपाङ्गमैत्री वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।
एम्बुलेन्सको ठक्करबाट दुईको मृत्यु, दुई घाइते
बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
बाँकेमा एक महिनामा ३६ वटा दुर्घटना हुँदा सात जनाको मृत्यु, ४४ घाइते
बाँके जिल्लामा गत महिनामा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ ।
वर्षौँ रोकिएको वीरगञ्ज सडक विस्तार कार्य अघि बढ्यो
वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारका लागि आइतबार बिहानैदेखि डोजर प्रयोग गरी अतिक्रमण हटाउने कार्य सुरु गरिएको छ ।
बर्डफ्लुबाट ५० करोडभन्दा बढी क्षति, किसान मारमा
कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आर्थिक क्षति बेहोरेका छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा हुँदै
नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी जेठ महिनाको दोस्रो साता अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ।