जनकपुरमा नयाँ परियोजना शुभारम्भ
मधेश प्रदेशमा समावेशी लोकतन्त्र र मानव अधिकारका लागि नागरिक समाज सबलीकरण परियोजनको शुभारम्भ गरिएको छ ।
प्रधान सेनापतिबाट सहायक रथी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले सहायक रथी लिलाबहादुर खनाललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता
धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजना पुरुष बेपत्ता भएका हुन् ।
सल्लाघारीमा तीन लाख बढी मास उतार्ने तयारी
नेकपा (एमाले) को शनिबारदेखि सुरु हुने ११ औं महाधिवेशनको उदघाटनसत्रमा तीन लाख बढी मास उतार्ने सो दलले जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी (८ विघा) खाली जग्गामा प्रविधियुक्त आधुनिक मञ्चमार्फत कार्यक्रमको उदघाटन पार्टीका अध्यक्ष केपी शर्मा अोलीले गर्नु हुने छ ।
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति
यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण ६७ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
पालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गर्नुभएको छ ।
अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष मागपत्र प्रस्तुत
अनौपचारिक क्षेत्रका श्रमिकहरूको दोस्रो राष्ट्रिय सम्मेलनमा सरकारसमक्ष सात बुँदे मागपत्र प्रस्तुत गरिएको छ । पाँच प्रदेशका १३ जिल्लामा रहेका अनौपचारिक क्षेत्रका कामकाजी महिलाले पत्रकार सम्मेलनमार्फत आफ्ना माग सार्वजनिक गरेका हुन् ।
नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अबको महाधिवेशनबाट कम्तीमा पनि २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्ने बताउनुभएको छ ।
आगलागीबाट एक महिनामा आठको मृत्यु, जोखिम न्यूनीकरणमा खट्न प्राधिकरणको आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ ।
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध
आगामी निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन माग गर्दै पूर्वमन्त्री सुमना श्रेष्ठ, प्रवासबाट फर्किएका नेपाली तथा जेनजी पुस्ताका प्रतिनिधिसहितको समूहले कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष आज ज्ञापनपत्र प्रस्तुत गरेको छ ।
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले राष्ट्रपतिसमक्ष लिनुभयो शपथ
प्रधानमन्त्री कार्कीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी श्रद्धा श्रेष्ठ, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी माधव चौलागाईं, श्रम तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी राजेन्द्रसिंह भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी कुमार इङ्नामलाई तोक्नुभएको छ ।
आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने
सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ ।
‘युवालाई नेतृत्वमा ल्याउन तयार नभई सुखै छैन'
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपुरो हुने बताउनु भएको छ।
'जेनजी सुशासन योद्धा' का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने
गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् ।
हिमपातपछि हुम्लाकाे लिमी गाउँ पूर्ण रुपमा बन्द
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ ।
बागलुङ महोत्सवको तयारी तीव्र
खस्कँदै गरेको व्यापार बढाउने र आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले बागलुङकै सबैभन्दा ठुलो मेलाको रुपमा लिएको बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ । बागलुङ उद्योग वाणिज्य संघले पुस ११ देखि २१ गतेसम्म आठौं बागलुङ महोत्सव गर्न थालेको छ ।
पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।
दाउन्नेमा काम तीव्र, यात्रुलाई सास्ती उस्तै (फोटो फिचर)
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको दाउन्ने क्षेत्रमा कामले तीव्रता लिएको छ । विस्तारका कारण सवारी आवागमनमा असुविधा भए पनि स्थानीय सरोकारवालाहरूसँग समन्वय गरी काम अघि बढाइएको छ ।
स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणः नीति र कार्यान्वयनको प्रभाव
जलवायु उत्थानशील योजना निर्माणमा स्थानीय सरकारहरुले चासो दिन थालेपछि विपद् व्यवस्थापन सहज र प्रभावकारी भएको छ ।
जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
। निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो ।
गोठमै पुग्छन् पशु प्राविधिक
म्याग्दीको धवलागिरि गाउँपालिका–७ का ५७ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी घोडा चढेर गोठ गोठमा पुगी किसानलाई सेवा दिनुहुन्छ । करिब तीन दशकदेखि पशुपालक कृषकको सेवामा सक्रिय पशु प्राविधिक सुवेदीले घरमै औषधीसहित पुगेर सेवा दिन मोटरसाइकलभन्दा सस्तो र भरपर्दो हुने भएकाले घोडा किनेको उल्लेख गर्नुभयो । उहाँ किसानको घरमा समयमै पुग्न र ज्यानकै जोखिममा परेका पशुको उपचारमा सहज होस् भनेर घोडा किनेको बताउनुहुन्छ । उहाँसँगै सो वडामा रहनुभएका पशु प्राविधिकले पशुधनको सुरक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ ।
सरकार–जेनजी सम्झौता अनुमोदन
प्रधानमन्त्री र जेनजी आन्दोलनका प्रतिनिधिबिच बुधबार भएको सम्झौता अनुमोदन गर्ने निर्णय भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको जेनजी सम्झौताको निर्णय राजपत्रमा प्रकाशित गर्ने निर्णयसमेत भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
जाँचबुझ आयोगको काम अन्तिम चरणमा
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जनधनको अकल्पनीय क्षति भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको काम अन्तिम चरणमा पुगेको छ ।