• ९ वैशाख २०८३, बुधबार

गुल्मीमा पाँच लाख बढी राजस्व सङ्कलन

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास (गुल्मी), वैशाख ७ गते । गुल्मीमा एक हप्ताको समय अवधिमा १०४ जनाले राहदानी बनाउँदा पाँच लाख बढी राजस्व सङ्कलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत सोमबारदेखि शुक्रबारसम्म  १०४ जनाले राहदानी बनाएको र पाँच लाख दुई हजार पाँच रुपियाँ राजस्व सङ्कलन भएको हो ।

सोही समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १४७ जनाले नयाँ नागरिकता बनाउँदा १२० जनाले प्रतिलिपि लिएका छन् ।

उक्त अवधिमा नौ जना नाबालक परिचय पत्र, राहदानीको आवेदन सङ्कलन १०४, राहदानी वितरण १६४, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३३१, राष्ट्रिय परिचयपत्र वितरण १९०, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित २१  र एक संस्था नवीकरण भएको छ ।

एक हप्ताको समय अवधिमा राहदानीबाट पाँच लाख दुई हजार पाँच सय, संस्था दर्ता तथा नवीकरणबाट ७५०, राष्ट्रिय परिचयपत्रबाट ११ हजार गरी कुल पाँच लाख १४ हजार २५० रुपियाँ राजस्व सङ्कलन भएको हो ।