चौतारीमा शताब्दी वृक्ष
वृक्षले ऐतहासिक र सांस्कृतिक मूल्यमान्यता राख्छ । वृक्षले सौन्दर्यको वृद्धि, हरियाली प्रवर्धन, पानीको स्रोत संरक्षण र प्रदूषण रोकथाममा पनि सघाउँछ । आर्थिक दृष्टिकोणले पनि वृक्ष
कला प्रदर्शनीसँगै ‘सम्मिश्रण’ विमोचन
पाँच जना महिला कलाकारको संयुक्त कला प्रदर्शनी काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा शुव्रmबारदेखि सुरु भएको छ । ‘टुगेदरनेस’ शीर्षकमा सुरु भएको कला प्र
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
जिप दुर्घटनामा एक जनाको मृत्यु
केशवराज भट्ट बैतडी, चैत २३ गते। बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दशरथ चन्द नगरपालिका वडा नम्बर १ देहिमाण्डौबाट पञ्चेश्वर गाउँपालिकाको गिरेगडा तर्फ गइरहेको बि ए सी ५६५९ नम्बरको बोलेरो जिप शुक्रवार राति दशरथ चन्द नगरपालिका ११ को नानी गाड भन्ने स्थानमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका ५ का ५४ वर्षीय चन्चले दयाल रहेको बैतडी प्रहरीले जनाएको छ ।
एकसाथ तीन पोस्टर सार्वजनिक
दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा ः घर नं. २’ ले एकसाथ तीन पोस्टर सार्वजनिक गरेको छ । तीन पोस्टर सार्वजनिक गर्दै चलचित्रले प्रदर्शन मितिसमेत परिवर्तन गरिएको निर्देशक खनालले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि जेठ ९ गते प्रदर्शन हुने भनिएको चलचित्र अब एक सातापहिले अर्थात् जेठ २ मा प्रदर्शन हुनेभएको छ ।
सञ्चय कोषद्वारा पाँच अर्ब चौँतिस करोड मुनाफा वितरण
कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब पाँच अर्ब ३४ करोड रुपियाँ मुनाफा वितरण गरेको छ ।
घट्दै फेरी परम्परा
चकमन्न मध्यरातमा घर घर पुगेर फेरी लगाउने परम्परा घट्दै गएको छ । विशेष गरी कात्तिक र चैतमा जोगी समुदायले फेरी लगाउने चलनप्रति युवापुस्ताको आकर्षण नहुँदा
अटोमोबाइल र अटोपार्ट्समा अधिकतम खुुद्रा मूल्य तोक्न निर्देशन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अटोमोबाइल र अटोपार्ट्समा अधिकतम खुुद्रा मूल्य (एमआरपी) तोक्न अटोमोबाइल एसोसिएसन नेपाल (नाडा) लाई निर्देशन दिएको छ ।
फुसको घर, पक्की शौचालय
लहान–२१, कलाबन्जर मुसहर समुदायको फुसको घर रहेको बस्तीमा टाढैबाट चम्किने सुन्दर सुविधासम्पन्न शौचालय निर्माण गरिएको छ । शौचालय निर्माणले पुस्तौँपुस्तादेखि झेल्दै आइरहेको खुला दिसाबाट मुक्त भएपछि मुसहर समुदाय खुसी भएका छन् ।
‘झिल्को’ को नाच पुतली
चलचित्र ‘झिल्को’ को ‘नाच पुतली’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएकोे गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुःखी बालिकालाई फकाउँदै
चरन क्षेत्रमा याक
सुनसरी, चैत २३ गते । सङ्खुवासभाको चैनपुर नगरपालिका–१, गुफापोखरीस्थित चरन क्षेत्रमा चर्दै गरेका याक । यहाँका स्थानीयले एक हजारभन्दा बढीको सङ्ख्यामा याक र चौंरीपालन गरेका छन् । तस्बिरः रासस
बैतडीमा जीप दुर्घटनाः एकको मृत्यु, तीनजना घाइते
बैतडी, चैत २३ गते । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देहिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नं को बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको थियो । दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका– ५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । चन्चलेको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो । यस्तै पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली र दशरथचन्द नगरपालिका –१० कि ३० वर्षीया कबिता परियार घाइते भएका छन् । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।चालकसहित चारजना मात्रै सवार जीप अनियन्त्रित भएर दुर्घटना परेको बताइएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट करिब ४० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
ग्रामीण कृषि पर्यटनको सम्भावना
कृषि उपजलाई कृषि पर्यटनको विकासमा रूपान्तरण गर्न सरकारीस्तरबाट पूर्वाधार विकासमा लगानी आवश्यक हुन्छ । ग्रामीण क्षेत्रमा बाटो, बिजुली, खानेपानी, स्वास्थ्य सेवा जस्ता न्यूनतम पूर्वाधार हुनै पर्छ । त्यसका अलावा स्थानीय कृषक र व्यवसायीलाई प्रोत्साहन, सहजीकरण गरी त्यसमा कृषक र पर्यटन व्यवसायी समुदायले व्यक्तिगत लाभ लिन सक्ने गरी लगानी, सिप र प्रविधियुक्त ज्ञान बढाउनु पर्छ ।कृषि क्षेत्र ग्रामीण पर्यटनको विशिष्ट सम्भावना बोकेको क्षेत्र हो । पर्यटन क्षेत्रको विकासका लागि पनि कृषि नभई हुँदैन । यसको पूर्ण सम्मिलन बाँकेको गाभर भ्याली होमस्टे, इलामको चिया बगान, कास्की सार्दीखोलाको गण्डकी रेन्वो ट्राउट फार्मलगायत मुलुकका धेरै स्थानमा देखियो । ग्रामीण क्षेत्रमा कृषि जीवनयापनको एउटा पाटो हो भने सहरी क्षेत्रमा बसोबास गर्नेका लागि यो नौलो र आकर्षणको क्षेत्र पनि हो । यसको विविधता थप आकर्षण हुन सक्ने सम्भावना पनि छ । खाद्य र कृषि संस्कृतिको विविधताको धनी देश भएकाले यसको पर्यटनसँग सकारात्मक सम्बन्ध पनि छ । कृषि क्षेत्रसँग सम्बन्धित भएर हुने पर्यटन नै कृषि पर्यटन हो । कृषि पर्यटन मुख्यतः प्रकृतिसँग जोडिएको हुन्छ, परम्परासँग जोडिएको हुन्छ र संस्कृतिसँग जोडिएको हुन्छ । यसबाट मनोरञ्जन मात्र होइन प्रशस्त ज्ञान पनि हासिल हुन्छ । सहरमा हुर्केको पुस्ताका लागि त प्रकृति र संस्कृतिसँग जोड्ने अनुपम उदाहरण पनि हुन सक्छ । थाकेको शरीर वा मनलाइ स्फूर्ति दिन मात्र होइन आफ्नो भूगोल, संस्कार र संस्कृति चिनाउन पनि यसले सहयोग गर्न सक्छ । ग्रामीण पर्यटनको एउटा माध्यमका रूपमा कृषि पर्यटन स्थापित हुँदै गएको छ र यसको प्रवर्धन गर्ने पर्याप्त सम्भावना छन् । खास गरी ग्रामीण पर्यटनका रूपमा स्थापित घरवाससँग जोडेर काम गर्न सके अझ सुन्दर हुन सक्छ । अहिले घरवास प्रचलन लोकप्रिय हँुदै गएका छन् । घरवासमा खुवाउने खाद्यवस्तु त्यही घरको उत्पादन भए असाध्य राम्रो अझ त्यही स्थानको भए झनै राम्रो । स्थानीय कृषिजन्य उत्पादन घरवाससँग जोडिएको अभिन्न विशेषता हो । पाहुनाले बारीबाट रुचि अनुसारका फलफूल, तरकारी टिपेर पकाउन र खान पाए कस्तो सन्तुष्टि अनुभूति गर्लान् सहजै अनुमान गर्न सकिन्छ । मौसम अनुसारका स्थानीय बालीनाली, तरकारी, फलफूल, दुध, घिउ, मासु, अण्डा उत्पादन गरी पाहुनालाई भोजन व्यवस्थापन गर्न सके अति उत्तम हुन्छ । उत्पादित वस्तु प्राङ्गारिक भए त अझै राम्रो । घरवासमा पनि सहरकै खाद्यवस्तु खान पाहुनालाई इच्छा हँुदैन । त्यही उत्पादन गर्दा ग्रामीण क्षेत्रमा आर्थिक व्रिmयाकलाप पनि बढ्ने र रोजगारी पनि सिर्जना हुन सक्छ । घरवास भएका स्थान लगायतमा कृषि हाटबजार पनि बाहिरका पाहुनाका आकर्षण हुन सक्छन् । स्थानीय कृषिजन्य र अन्य घरेलु उद्यमका वस्तुका कोसेली घर पनि ग्रामीण पर्यटनका विषय हुन । रैथाने बालीनालीका बिउ सङ्ग्रह, संरक्षण र प्रवर्धन गर्न सामुदायिक बिउ बैङ्क स्थापना गरेर सञ्चालन गर्न सकिन्छ । यसलाई विद्यालयसँग जोडेर विद्यार्थीलाई शैक्षिक ज्ञानसमेत बढाउन सहयोग गर्छ । यसबाट स्थानीय उत्पादनलाई प्रोत्साहन र आर्थिक व्रिmयाकलाप बढाउन सकिन्छ । खास गरी ग्रामीण महिलालाई आर्थिक उपार्जनमा जोड्न र आयआर्जनको माध्यम बनाई रोजगारी सिर्जना गर्न ग्रामीण कृषि पर्यटन उपयोगी हुने रहेछ । ग्रामीण पर्यटनसँगै जोडिएको कृषि पर्यटनमा विभिन्न सम्भाग उपयोगी हुन सक्ने देखिन्छन् ।फलफूल बगैँचा: तरेली परेका गरामा आकर्षण ढङ्गले लगाइएका फलफूल खेती ग्रामीण पर्यटनको आकर्षण हुन सक्छ । मध्य पहाडी भागका भएका सुन्तला बगैँचा सुन्तला पाक्ने समयमा चित्ताकर्षक देखिन्छन् । केरा, किबी, ड्रागन फल, अङ्गुर बगैँचा पनि सुन्दर देखिन्छ । उच्च पहाडी भागमा स्याउ पाक्ने बेलाको बगैँचा त्यस्तै लोभलाग्दो हुन्छ । हालै विस्तार गरिएको उच्च घनत्वको स्याउ खेती पनि स्याउ पाक्ने बेला गजबकै देखिन्छ । पाहुनाले आफँै फलफूल टिपेर खान पाउने हुँदा यो कृषि पर्यटनको राम्रो माध्यम हुन सक्छ । हालै स्ट्रवेरी खेतीमा यस खालको सम्भावनालाई युवाले सुरुवात गरेका पनि छन् ।वनस्पति उद्यान: स्थानीय आबहवामा मिल्ने फूल फुल्ने र नफुल्ने खालका वनस्पतिको सङ्ग्रह गरी सार्वजनिक बगैँचाका रूपमा यस्ता बगैँचा बनाउने प्रचलन संसारभर नै छ । यसमा वनस्पतिहरूका साथै फलफूल, मौसमी फूललगायतका बालीनाली पनि लगाउन सकिन्छ । यो पर्यटकका लागि आनन्ददायक मात्रै नभई मनोरञ्जन र ज्ञान दुवैका लागि महìवपूर्ण हुन्छ ।चिया बगान: चिया बगानको सौन्दर्यका बारे हामी सबै जानकार नै छौँ । तरेली पारेर काटेका चियाका बुटा र हरियाली पाखाको आकर्षण इलाम भ्रमण गर्ने पर्यटकको सङ्ख्याले पुष्टि गरेको छ । पूर्वी पहाडी अन्य पहाडी जिल्लामा मात्र नभई झापाका चिया बगानमा जाने पर्यटकको सङ्ख्या पनि कम छैन ।धान, तोरी, फापर: पहाडी भागका तरेली परेका गरामा लगाइएका यी बाली आफैँमा कम्ती सुन्दर हुँदैनन् । तराई र मध्य पहाडको तोरी र उच्च पहाडको फापर फुलेको बेला गरा मनमोहक हुन्छन् । यस्ता खेतीका बिचबिचमा आराम गर्ने स्थान र सुन्दर ढुङ्गे सिँढीको बाटो बनाएर घुमफिर गर्ने स्थान बनाउन सकिन्छ । म्याग्दी रत्ने चौरको तोरी बारी भाइरल नै हुने गरेको छ । असार १५ मा मनाइने धान दिवस र रोपाइ महोत्सव विदेशी पर्यटक लोभ्याउने माध्यम भइसकेको छ । यस अवसरमा हिलोमा विभिन्न व्रिmयाकलाप गरी रमाइलो गर्ने चलन आइसकेको छ । त्यसै गरी धानको दाइँ पनि रमाइलो गरी मनाउन सकिन्छ । खर्कहरू वा गोठको पशुपालन, तिनीहरूको चरन र व्यवस्थापन आफैँमा नौलो हुन्छ । हरिया खर्कमा चर्दै गरेका चौँरी, भेडा, च्याङ्ग्राको बथानका दृश्य निकै सुन्दर हुन्छन् । कतिपय पाहुना घाँस कुडो खुवाउन र दुध दुहुन पनि लालायित हुन्छन् । नुवाकोट, लमजुङलगायतका विभिन्न स्थानमा गोरु जुधाइलाई मेलामा रूपमा स्थापित गरेर पर्यटक आकर्षित गरिएको छ । भेडाको उन कटाई र राडी पाखी बुनाइ पनि आकर्षण हुन सक्छ ।पन्छीपालन: नेपालमा कुखुरा, कालिज, बट्टाइ, परेवा, हाँस, टर्कीलगायतका विभिन्न पन्छीपालन र तिनका पनि विभिन्न प्रजाति पाइन्छन् । विभिन्न किसिमका पन्छी एकै स्थानमा पालेर चिडिया घर बनाएर पनि पाहुनालाई सन्तुष्ट गराउन सकिन्छ ।मत्स्यपालन : पहाडी भेकको बगेको चिसो पानीमा रेस वे बनाएर पालिने रेन्वो ट्राउट मस्त्यपालन वा समथर बेँसी र तराईमा पोखरीमा पालिने मत्स्यपालनसँगै जोडेर माछा समात्ने खेल सञ्चालन गर्न सकिन्छ । साथसाथै मत्स्य परिकारका रेस्टुरेन्ट सहितको व्यवसाय गर्दा राम्रो आर्थिक उपार्जन हुन सक्छ । कास्की सार्दीखोलाको गण्डकी ट्राउट फार्म यसको राम्रो उदाहरण हो ।मौरीपालन र भिरमौरी: लहरै मिलाएर राखिएका मौरीका गोला र मौरीका व्रिmयाकलाप पनि निक्कै आकर्षक हुन्छन् । महका विभिन्न परिकारका भोजन पनि थप्न सकिन्छ । मह मेला वा मह काढ्ने मेला पनि रमाइला कर्म हुन सक्छन् । भिर मौरीको मह काढ्ने मेला आफैँमा धेरै पर्यटन तान्ने सक्ने व्रिmयाकलाप हुन सक्छ । महको घारबाट निस्कने ग्याँस लिएर गरिने थेरापी र मौरीले टोकायर गरिने थेरापी पनि हाल बढ्दै गएका छन् ।कृषि मेला महोत्सव ग्रामीण कृषि पर्यटनका महत्वपूर्ण विषय हुन् । आफ्नो स्थानीय सम्भाव्यताका आधारमा सुन्तला, स्याउ, च्याउ, आलु, केरा, आँप, चिया, कफी, स्थानीय खाना र खाद्य परिकारका मेला महोत्सव गर्दा धेरै पर्यटक आकर्षण गर्न सकिन्छ । स्थानीय खाद्य वस्तुका खाद्य विविधीकरण गरी मेलामा खुवाउनु आफँैमा धेरै महìवपूर्ण हुन्छ । हाम्रो समाजमा स्थानीय रूपमा परम्परा नै भइ आएका धेरै परिकार छन्, तर ज्ञान, चेतना, बजारीकरणको अभावले प्रचारप्रसारमा आउन सकेका छैनन् । यस्ता परिकारलाई पनि प्रवर्धन गर्न सकिन्छ । यीलगायत ग्रामीण स्तरमा हुने सांस्कृतिक कार्यव्रmम, खेलकुदको मेला महोत्सवमा पनि स्थानीय उत्पादित वस्तु राख्न सकिन्छ ।माथि उल्लेखित विभिन्न सम्भावना सबै ठाउँमा हुँदैनन् र यीलगायत स्थानीय सम्भावनाका अरू धेरै क्षेत्र र विषय हुन सक्छन् । हाम्रो जस्तो विविधताको धनी देशमा स्थान अनुसार नयाँ नयाँ अवधारणा तयार हुन सक्छन् । त्यसको अन्वेषण गरी कार्यान्वयनका ल्याउन सकिन्छ । यसले ग्रामीण पर्यटनको अवधारणालाई सार्थक बनाउँछन् । कृषि उपजलाई कृषि पर्यटनको विकासमा रूपान्तरण गर्न सरकारी स्तरबाट पूर्वाधार विकासमा लगानी आवश्यक हुन्छ । ग्रामीण क्षेत्रमा बाटो, बिजुली, खानेपानी, स्वास्थ्य सेवा जस्ता न्यूनतम पूर्वाधार हुनै पर्छ । त्यसका अलावा स्थानीय कृषक र व्यवसायीलाई प्रोत्साहन, सहजीकरण गरी त्यसमा कृषक र पर्यटन व्यवसायी समुदायले व्यक्तिगत लाभ लिन सक्ने गरी लगानी, सिप र प्रविधियुक्त ज्ञान बढाउनु पर्छ । कृषि उत्पादनका लागि सिपमूलक तालिम मात्र नभई कलात्मक हिसाबले सजाउने खेती प्रविधि र विविध परिकारका खाना तयार गर्न पनि सिप विकास हुन पर्छ । व्यवसायीलाई पुँजी र सूचनामा पहुँच अर्को कार्य हुन्छ । ग्रामीण पर्यटन प्रवर्धनका लागि पर्यटन व्यवसायी र कृषकमा लाभप्रद हुने योजना, रणनीति, कार्यव्रmम पनि सरकारी निकायबाट आउनु आवश्यक हुन्छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्नु, उपलब्ध स्थानीय स्रोतसाधनमा उद्यम व्यवसायीको पहुँच बढाउनु, आफ्नै गाउँ क्षेत्रमा छरिएर रहेका स्रोतसाधनलाई पहिचान गरी असङ्गठित पुँजीलाई समूह वा सहकारीका माध्यमबाट परिचालन गर्नु आवश्यक छ । कृषि पर्यटन निजी मात्र नभई सामुदायिक लाभको क्षेत्र पनि हो । यसको प्रवर्धनका लागि सामूहिक प्रयासको आवश्यकता हुन्छ । यी सबै कार्यका लागि सरकारी, सामुदायिक र गैरसरकारी सबै निकायको निरन्तर प्रयास जरुरी हुन्छ । खास गरी स्थानीय तहको भूमिका निकै महत्वपूर्ण हुन्छ ।
लागुपदार्थ दुव्र्यसन र कानुनको लडाइँ
व्यसनी आफ्नो अवसाद, कुण्ठा तथा क्राेधको त्वरित उपचारप्राप्त गर्ने उद्देश्यले लागुऔषधको सेवन गर्छन् र शारीरिक, आर्थिक, भावनात्मकका साथसाथै सामाजिक रूपले पनि पीडित हुन्छन् । हाम्रा नीति, रणनीति लागुपदार्थको सेवन र स्थानीय कारोबारलाई कानुनको माध्यमले दण्डित गरेर नियन्त्रण गर्ने मात्र नभएर सीमा नाकाबाट हुने आपूर्ति कडाइका साथ रोक्ने हुनु पर्छ ।लागुपदार्थको व्यसन र दुव्र्यसन केही दशक पहिलेसम्म नैतिक समस्या र सामाजिक अनुत्तरदायित्वको लक्षण मानिन्थ्यो । लागुऔषध (नियन्त्रण) ऐन, २०३३ ले खास खास प्रकारका वस्तुलाई लागुऔषधको परिभाषाभित्र समेटेर ती वस्तुको खेती, उत्पादन, तयारी, निर्माण, बिव्रmीवितरण, निकासी वा पैठारी, ओसारपसार र सेवन गर्न निषेध गरी दण्डनीय बनाएपछि यो आपराधिक कार्य भएको छ । लागुपदार्थको व्यसनले व्यक्तिको शारीरिक प्रव्रिmया र कार्य (प्रोसेस र फङ्सन) लाई परिवर्तन गरेर अल्पकालिक सुखद मनोदशा उत्पन्न गर्छ । यसको प्रयोग स्वास्थ्य र मनोसामाजिक दृष्टिले घातक भएकाले व्यसनीलाई दण्डित गरेर होइन विशेषज्ञद्वारा उपचारको आवश्यकता हुन्छ । मनोचिकत्सक, डाक्टर र सामाजिक कार्यकर्ताद्वारा व्यसनीको व्यक्तित्वको पुनः संरचनामा सहायता गरिनु पर्छ । सोबाहेकका लागुपदार्थको कारोबार वा तस्करीले आर्थिक उपार्जन गर्ने क्षेत्रमध्ये अवैध हातहतियारको तस्करीपछिको दोस्रो स्थान ओगटेको मानिन्छ । यो विशुद्ध आपराधिक कार्य भएकाले सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न कानुन र कानुन कार्यान्वयन गर्ने निकाय लागुपदार्थको सेवन र कारोबारलाई निवारण गर्न व्रिmयाशील रहँदै आएका छन् । पश्चिमा देशमा लागुपदार्थ दुरुपयोगलाई लामो समयदेखि महìवपूर्ण सामाजिक समस्याका रूपमा स्वीकार गरिँदै आएको थियो । नेपालमा विद्यमान कानुनको तुलनामा नरम व्यवस्था थियो । अहिले पनि गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपियाँसम्म जारिबानाको सजाय हुने प्रावधानका बाबजुद महाशिवरात्रीका अवसरमा नागा बाबा वा साधुसन्तलाई गाँजा वितरण गर्ने कानुनी दायराभन्दा बाहिरको स्थापित परम्परागत चलन चलिरहेछ । नेपालको पश्चिमी पहाडी भेगमा प्राकृतिक रूपमा आफैँ उम्रने जङ्गली गाँजाको बोटबाट तोकिएको समयसम्मका लागि चरेस उत्पादन, सङ्ग्रह, सञ्चय वा खरिद बिव्रmी गर्ने सम्बन्धमा नेपाल सरकारले नियम बनाई व्यवस्था गर्ने सक्ने छ र सो अनुसार अनुमतिपत्र प्राप्त गरी कसैले कुनै काम गर्दा अपराध गरेको मानिँदैन । औषधोपचारको निमित्त स्वीकृत चिकित्सकको सिफारिसमा कुनै व्यक्तिले अनुमतिप्राप्त पसलबाट सिफारिसबमोजिमको मात्रामा लागु औषध खरिद गरी सेवन गर्न पाउँछ । नेपाल सरकारले वा सरकारबाट विशेष अनुमतिपत्रप्राप्त गरी सरकारको पूर्ण निर्देशन र नियन्त्रणमा रही सरकारको तर्फबाट कुनै संस्थाले औषधी वा वैज्ञानिक अनुसन्धान प्रयोजनका लागि कुनै लागुऔषधको खेती, तयार, उत्पादन, निर्माण वा निकासी पैठारी गर्न वा स्वीकृत चिकित्सकको सिफारिसमा कसैलाई बिव्रmी गर्नमा कानुनले प्रतिबन्ध लगाएको छैन । लागुऔषधको नियन्त्रण वर्तमान विश्वमा चिन्ता, चुनौती र चासो विषय बनेको छ । उर्वर वयका युवालाई यसले गाँजिरहेकाले सामाजिक आर्थिक विकृतिको एक कारक तìवको स्थान लिइसकेको छ । चिन्ताको विषय नेपालले लागुऔषध नियन्त्रण गर्न कुनै महìवपूर्ण प्रगति हासिल गर्न सकेको देखिएको छैन । अन्तर्राष्ट्रिय विमानस्थलमा अन्यत्रबाट ल्याएको र अन्यत्रै लैजान लागिएको अवस्थाका अफिम, कोका वा सोबाट बनेको लागुपदार्थ (नार्कोटिक्स) उल्लेख्य परिमाणमा आक्कलझुक्कल बरामद हुनुले लागुऔषधको पारगमन केन्द्र जस्तो देखिए पनि नेपाल मूलतः लागुऔषधको गन्तव्य स्थलको रूपमा प्रकट भइरहेको छ । लागुऔषध नियन्त्रण सम्बन्धमा राष्ट्रिय अन्तर्राष्ट्रिय सभासम्मेलन आयोजना गर्ने, सहभागी हुने र महासन्धिहरूमा हस्ताक्षर गरेर नियन्त्रणको प्रतिबद्धता जनाउनेमा सरकार अग्रगामी देखिन्छ । कानुन कार्यान्वयनद्वारा नियन्त्रण गर्ने र दण्डद्वारा हतोत्साहित पार्नेसम्ममा राज्यको नीति सीमित देखिँदा ‘दिन दुई गुना रात चार गुना’ भने जसरी यसको पैठारी, ओसारपसार, बिव्रmीवितरण र सेवनमा वृद्धि भइरहेको छ । नेपाल प्रहरी लागुऔषध नियन्त्रणका लागि सरकारको ‘फोकल’ र ‘डेडिकेटेड’ एजेन्सी हो जसलाई गृह मन्त्रालयको शाखा महाशाखाले प्रशासनिक सम्पर्क एवं समन्वय गर्छ । सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज, सञ्चार जगत् तथा अन्य सरोकारवालाको सहकार्यमा लागुपदार्थलाई निषेध र मदिरा बिक्री वितरणलाई व्यवस्थित गरिने र दुव्र्यसनमा परेका व्यक्तिहरूलाई उपचार र पुनस्र्थापना गरी उद्यमशील र आत्मनिर्भर बनाइने महìवाकाङ्क्षी सरकारी नीति, कार्यनीति, रणनीति, कार्ययोजना बनाई बुद्धिविलास गर्न भने कुनै कञ्जुस्याँइ गरिएको छैन । नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ ले कुल प्रयोगकर्ता १,३०,४२४ जना, वार्षिक वृद्धि ५.०६ प्रतिशत र कारागारको कैदीबन्दी सङ्ख्याको २१ प्रतिशत व्यसनी खुलाए पनि यो सर्वेक्षणपछि नेपालका नदीमा धेरै पानी बगिसकेको छ । झापा जिल्लामा मात्र २८ हजार लागुऔषधका प्रयोगकर्ता रहेको तथ्याङ्क सुरक्षा निकायसँग छ (पूर्वाञ्चल दैनिक) । सीमावर्ती क्षेत्रमा लागुपदार्थको निर्बाध र सजिलै उपलब्ध हुनु र १६–२५ वर्षका युवाको सेवन र ओसारपासारमा रहेको संलग्नताले नेपालमा यसले व्यावसायिक स्वरूप लिइरहेको छ । न्याय, समानता र स्वतन्त्रताको बिगुल फुक्ने कुनै बेलाको झापा अहिले धरान र काठमाडौँमा लागुऔषध आपूर्ति गर्ने पारगमन भएर विकसित भइरहेको छ । यही अवस्था विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी जस्ता सीमावर्ती सहरहरूको रहेको छ ।गाँजा, भाङ, धतुरो जस्ता झार, बुट्यान, फल रैथाने जडीबुटी भई औषधीको रूपमा उपयोग गर्ने गरिन्थ्यो । पखला लागेको बिमार पशुको अचुक दबाई गाँजा हो । गाँजाको खेती, सेवन, व्यापार आदि गर्ने कुरामा कानुनी प्रतिबन्ध लागे पनि नेपाली गाउँबस्तीमा गाँजाको खेती गर्ने गरिएको र प्रहरी तथा गाँजा खेती गर्नेबिच यदाकदा लुकामारी चलिरहेको पाइन्छ । कतिपयको दृष्टिकोणमा गाँजा खेती आय आर्जनको एक उपयोगी माध्यम हो भन्ने पनि रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले गाँजा र यसबाट निस्कने चोप (रेजिन) मा औषधीजन्य गुण भएको र कम खतरनाक लागू पदार्थ भएको निष्कर्ष निकालेको थियो । यो निष्कर्षको आधारमा संयुक्त राष्ट्र सङ्घमा मतदान गरी ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक्स ड्रग्स, १९६१’ को खतरनाक लागुऔषधको अनूसूचीबाट गाँजालाई हटाइएको छ । नेपालले हटाउने पक्षमा मतदान गरेको थियो । हाल ६४ देशले औषधीय प्रयोजनका लागि र करिब आधा दर्जन देशले मनोरञ्जनका लागि गाँजा खुला गरेका छन् । लागुपदार्थको सबै प्रकारको कारोबार र सेवन गरी गरिने कसुर नियन्त्रणका अनेक प्रयास भइरहेका छन् । कतिपय लागुपदार्थ कारोबार जोडिएको अपराधमा जन्मकैदसम्म दण्ड हुने प्रावधान छ । विभिन्न सरकारी निकाय र गैरसरकारी संस्थाद्वारा लागुपदार्थ नियन्त्रणका लागि कार्यव्रmमद्वारा व्यापक रणनीति तयार पारिन्छ । शिक्षा, परामर्श, उपचार एवं पुनस्र्थापनाका कार्यव्रmम नियन्त्रणका उपाय हुन् । लागुऔषध (नियन्त्रण) ऐन, २०३३ कार्यान्वयनमा अकाएको लगभग आधा शताब्दी पूरा भइसकेको छ । कानुन कार्यान्वयन गर्दाका अनुभव उपलब्धिपूर्ण छन् । लागुऔषधविरुद्धको जनमत तयार गर्न ऐनले उल्लेखनीय भूमिका खेलेको छ तथापि गाँजाबाहेकका अन्य लागुऔषधको सेवन र कारोबार नियन्त्रण गर्ने चुनौती कायम नै छ । लागुऔषध सेवन समवयी मित्र, चिने जानेको मानिस वा अन्य व्यक्तिले गरेको आग्रह अनुरोध (पर्सुएसन) मा, अचेतन अनुकरणद्वारा र ध्यान प्रवीण चिन्तन (रिफ्लेक्टिभ थिङ्किङ) द्वारा सिकेर जानेको व्यवहार हो । सीमा क्षेत्रका युवाहरू व्यसनी हुनुको प्रमुख कारण लागुपदार्थको सर्वसुलभता हो । परिवारमा बाबु वा आमाको अनुपस्थिति तथा दिदीबहिनी भाइबिचले कसिलो मायाको सम्बन्धको अभाव भएमा किशोरहरूले पहिला विद्यालय छाड्छन् र त्यसपछि लागुऔषधको व्यसन सिक्ने गरेको पाइन्छ । सिकाउनेले पहिला निःशुल्क उपलब्ध गराउँछ र व्यसनी भएपछि निरन्तरता दिन पैसाको अभाव हुन्छ । सीमा पारीबाट लागुऔषध पैठारी गरी बिव्रmी गरी हुने नाफा व्यसनलाई निरन्तरता दिनमा खर्च गर्छन् । नेपालतिरभन्दा सीमापारि नार्कोटिक्स र मनोद्विपक पदार्थ (साइकोट्रपिक सब्स्टान्स) निर्बाध रूपले (अघोषित) सहज र सर्वसुलभ मूल्यमा उपलब्ध हुन्छ । नेपाली ग्राहकलाई बिव्रmी वितरण गर्ने कार्य प्रहरी प्रशासनले नदेखे जस्तै गर्छ, कडीकडाउ गरिँदैन ।सीमापारिबाट लागुऔषध ओसारपसार गर्ने खास गरी युवाले सूक्ष्मतम प्रव्रिmया अपनाउने र विशिष्ट योजना बनाउने गरेको पाइन्छ । खैरो हिरोइन प्लास्टिकमा पोको पारेर मलद्वार वा मुखमा राख्नु, बालबालिका र सिकारूलाई प्रयोग गर्नु र परिवर्तन गरिरहनु, सीमापार एउटा समूहले गर्ने, गन्तव्यसम्मा अर्कोले र बिव्रmीवितरण अर्को समूहले गर्ने गरी सञ्जाल बनाएर काम गर्नु र एक अर्कासित फोनद्वारा नभएर भाइबर, ह्वाट्सएप, म्यासेन्जर जस्ता अनुसन्धान अधिकृतको पहुँचबाहिरका सञ्चार प्रणालीको प्रयोग गरेर लागुपदार्थको ओसारपसार गर्ने गरेको पाइएको छ । योजनाहरू बढी गोप्य र सतर्कतापूर्वक बनाइन्छ, एकअर्कासित उल्लिखित सञ्चार माध्यमले मात्र सम्पर्क हुन्छ, व्यक्तिगत परिचय भेटघाट भएको हुँदैन । सबैको साथबाट लागुऔषध बरामद नहुँदा र सञ्जालभित्र अनुसन्धान अधिकृत प्रवेश गर्न नसक्दा मुख्य मानिस कानुनको घेरा बाहिर रहन्छ र भरियाहरू मात्र पव्रmाउ परी दण्डका भागी हुने विडम्बनापूर्ण अवस्था लागुऔषध अपराधमा हुने गरेको छ । लागुऔषधको दुरुपयोग मानवताको प्रति बढिरहेको खतरा भइसकेको छ । यसले कानुन कार्यान्वयन गर्ने एजेन्सीका लागि जटिल समस्या प्रस्तुत गर्छ भने लागुऔषधका तस्कर र माफिया गलत तरिकाले आर्जित धनधान्यले लेस भएर देशको सामाजिक तानाबानासँग खेलबाड गरिरहेका छन् । व्यसनी आफ्नो अवसाद, कुण्ठा तथा व्रmोधको त्वरित उपचार प्राप्त गर्ने उद्देश्यले लागुऔषधको सेवन गर्छन् र शारीरिक, आर्थिक, भावनात्मकका साथ साथै सामाजिक रूपले पनि पीडित हुन्छन् । हाम्रा नीति, रणनीति लागुपदार्थको सेवन र स्थानीय कारोबारलाई कानुनको माध्यमले दण्डित गरेर नियन्त्रण गर्ने मात्र नभएर सीमा नाकाबाट हुने आपूर्ति कडाइका साथ रोक्ने हुनु पर्छ ।राष्ट्रसङ्घले राष्ट्रिय सरकारलाई विश्वव्यापी स्तरमा सूचना प्रभावी ढङ्गबाट आदानप्रदान र प्रतिबद्धता नवीकृत गराएर लागुऔषध रोकथामका लागि गरिने प्रयासको अभिन्न अङ्ग बनाउने गरेको छ । हामी पनि छिमेकी मुलुकसँग समझदारी गरी मौजुदा संरचनालाई प्रभावी बनाएर यस्तो प्रयास गर्न सक्छौँ । सीमा नाकामा गाँजा यताबाट उता, उताबाट हेरोइन र मनोद्विपक औषधी यता आपूर्ति हुन्छ । नेपाल प्रहरीले आशङ्कितलाई गोली प्रहारसमेत गरेर गाँजाको ओसारपसार र निकासी नियन्त्रण गरिरहँदा तदनुरूपको पारस्परिकता हेरोइन र मनोद्विपक औषधीको आपूर्ति रोक्न उतापट्टिबाट भएको देखिन्न । सीमाका कानुन कार्यान्वयन गर्ने निकायबिच नियमित द्विपक्षीय ‘समकक्षी बैठक’ भइरहन्छन् । त्यस्तो बैठकमा उताबाट हुने आपूर्तिलाई रोकथाम गर्न सूचनाको आदान प्रदान गरी शङ्काको घेरामा रहेकालाई पव्रmाउ गर्ने सहयोगको समझदारी हुन सकेको छैन ।
नागढुङ्गा–नौबिसे सडक प्रगति भयो सत्तरी प्रतिशत
तीन खण्डमा सडक विस्तारको काम भइरहेको मुग्लिङ–नागढुङ्गा सडकको एउटा खण्डको काम सत्तरी प्रतिशत सकिएको छ । नागढुङ्गादेखि नौबिसेसम्म १२.
रेलवे मुआब्जाको गाँठो फुकाउन सर्वपक्षीय भेला
रेलवे विस्तारमा लामो समयदेखि थाती रहेको मुआब्जा विवाद समाधान हुन नसक्दा ट्र्याक निर्माणको गति अवरुद्ध छ । समस्या समाधानमा देखा परेका अनेक जटिलताले
छापा पत्रकारिताको डिजिटल भविष्य
सूचना तथा प्रविधिको युगमा छापा पत्रकारिताको भविष्य पनि डिजिटल रूपान्तरणमा निर्भर भइसकेको छ । विश्व परिदृश्य अनुसार अब नेपाली छापा पत्रकारिताको पनि व्रmमिक गन्तव्य त्यही डिजिटल स्वरूप हो । निश्चय पनि भौतिक स्वरूपका अखबार एवं म्याग्जिनको सट्टा मोबाइल, ट्याब्लेट र कम्प्युटरमा समाचार पढ्न रुचाउने पाठक दिनानुदिन बढ्दै छन् । नीतिगत रूपबाटै छापा मिडियाले सामाजिक सञ्जालमार्फत आफ्नो समाचारको स्रोत आमडिजिटल प्लेटफर्ममा प्रसार गर्न सक्नु पर्छ ।सूचनाको खेती गर्ने पत्रकारको पेसा नै पत्रकारिता हो । पत्रकारितामा सूचना सङ्कलन, सत्यापन र सार्वजनीकरण गर्ने अभ्यास हुन्छ । सबैलाई सत्य, निष्पक्ष, सन्तुलित एवं विश्वसनीय समाचार सम्प्रेषणमार्फत पत्रकारितामा जनउत्तरदायी भूमिका निर्वाह गर्ने प्रयत्न भइरहन्छ । सूचनाजन्य समाचारसँगै यसले घटनाको विश्लेषण र विवेचनात्मक टिप्पणीलाई पनि समेट्ने गर्छ । पत्रकारिताको पहिचान सूचना, शिक्षा, मनोरञ्जन र सामाजिक उत्प्रेरणाको प्रवर्धनसमेत हो । यसले राज्यको ‘चौथो अङ्ग’ का रूपमा रहेर व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई निरन्तर निगरानी गर्ने ‘वाच डग’ को भूमिका निर्वाह गर्छ । छापा, प्रसारण र अनलाइन पत्रकारितामार्फत जनताको सुसूचित हुन पाउने नैसर्गिक हकको रक्षार्थ अहम् भूमिका निर्वाह हुँदै आएको छ । अनलाइन पत्रकारिताको केन्द्रीयतामा छापा पत्रकारितालाई समेत डिजिटल भविष्यमा जोड्ने अभ्यास दिनानुदिन बढाउनु अपरिहार्य हुँदै छ ।छापा पत्रकारिताको उन्नयनमा सामाजिक सञ्जाल नै प्रमुख आधारशिला बन्ने स्पष्ट छ । यसले विश्वव्यापी रूपमा मानिसलाई सञ्जालमा जोड्ने सन्दर्भमा सबैभन्दा बढी सूचना प्रवाह गरिरहेको भेटिन्छ । यस्तै आफ्ना विचार अरूमाझ साझा गराउने, व्यापार प्रवर्धन गर्ने र मनोरञ्जन प्राप्त गराउने विषयमा पनि सामाजिक सञ्जालको बढी प्रयोग हुने गर्छ । मानव जीवनको पर्याय बन्दै गएको सामाजिक सञ्जाललाई विश्वसनीय ढङ्गबाट छापा पत्रकारितामा जोड्नु युगीन आवश्यकता मात्र नभई नवीन चुनौतीसमेत बनिरहेको छ ।वर्तमान अवस्था विश्व इतिहास पल्टाएर हेर्ने हो भने पत्रकारिताको जग बसाल्ने काम छापा पत्रकारितामार्फत भएको पाइन्छ । यसपछि व्रmमशः रेडियो, टेलिभिजन हुँदै अनलाइन पत्रकारिताको उन्नयन भएको हो । नयाँ प्रविधिको विकाससँगै अहिले पत्रकारिताको प्रणेता मानिने स्वयम् छापा पत्रकारिता ओझेलमा पर्दै छ । उसलाई प्रविधिको तीव्रतर विकासले थप विश्वव्यापी रूपमा चलायमान बनाउन मार्ग प्रशस्त गरेको आभास हुन्छ । परम्परागत छापा पत्रकारिताको ठाउँमा अहिले अनलाइन पत्रकारिता मौलाइरहेको छ । इन्टरनेटको प्रयोगमार्फत हुने डिजिटल पत्रकारिताले जति लोकप्रियता हासिल गरेको छ, त्योभन्दा बढ्ता सामाजिक सञ्जालको प्रयोगमा आमनेपाली अभ्यस्त भइरहेको पाउँछौँ । अहिले सामाजिक सञ्जालको प्रयोगमार्फत नै ‘नागरिक पत्रकारिता’ को अवधारणा विकास हुन पुगेको छ । नेपाली पत्रकारितामा समेत छापा पत्रकारिताको प्रभाव घट्दो छ । अखबार तथा म्याग्जिनसम्बद्ध सामग्री उत्पादन, छपाइ र वितरणमा धेरै चुनौती थपिएका छन् । यिनै चुनौतीले गर्दा अहिले देशभरबाट प्रकाशन भइरहेका कैयौँ अखबार बन्द भइरहेका छन् भने कतिपय बन्द हुने स्थितिमा देखिन्छन् । प्रकाशन भइरहेका अखबारको पनि पहिलेको जत्तिकै पृष्ठ सङ्ख्या पाइँदैन । देशका ठुला भनिएका अखबारले पनि पृष्ठ सङ्ख्या घटाउँदै मूल्य बढाउनुपर्ने बाध्यता बहन गरिरहेका छन् । म्याग्जिनको पनि उस्तै हबिगत छ । जसोतसो नियमित प्रकाशन भइरहेका पत्रिका पनि पाठक घट्दै गएका कारण नोक्सानी बेहोर्न बाध्य छन् । ठुला आकारमा रङ्गीन स्वरूपमा प्रकाशन हुने अखबार अहिले सादा (श्यामश्वेत) रङमा देखिन्छन् । केही दैनिक पत्रिकाले त हप्तामा एक दिनको अङ्क नै प्रकाशन बन्द गर्ने गरेको पाइन्छ । केन्द्रीय राजधानीभन्दा बाहिरका प्रमुख सहरबाट क्षेत्रीय संस्करण प्रकाशन गर्दै आएका कैयाँै राष्ट्रिय स्तरका दैनिक पत्रिकाले समेत उक्त संस्करण कटौती गर्दै छन् । यस्तो ‘निर्मम नियति’ भोग्दै नेपाली छापा पत्रकारिताले अहिले आफ्नो अस्तित्व र पहिचान रक्षार्थ ‘बहुपक्षीय लडाइँ’ लडिरहेको छ ।सामाजिक सञ्जालको प्रभावसामाजिक सञ्जाल भनेको डिजिटल प्लेटफर्म तथा प्रविधि हुन् जसले प्रयोगकर्तालाई अनलाइन सामग्री उत्पादन, साझेदारी, प्रसार र अन्तव्रिर्mया गर्न सक्षम बनाउँछ । यी प्लेटफर्महरूले सञ्चार, नेटवर्किङ, मनोरञ्जन र सूचनाको आदानप्रदान गर्न सहयोग गर्छन् । सामाजिक सञ्जालमा विभिन्न प्रकृतिका एप्लिकेसन रहेका छन् । यिनमा फेसबुक, लिन्क्डइन जस्ता व्यक्तिगत तथा व्यावसायिक नेटवर्किङका सामाजिक साइटसँगै ट्वुइटर, थ्रेड्स जस्ता द्रुत गतिमा अद्यावधिक हुने र छलफल गर्न प्रयोग गरिने माइव्रmोब्लगिङ प्लेटफर्महरू पर्छन् । फोटो र भिडियो सेयर गर्न अब्बल मानिएका इन्स्ट्राग्राम, टिकटक, युट्युब जस्तै छलफल र ज्ञान आदानप्रदानका लागि बनाइएका रेडिट र क्वोरा जस्ता प्लेटफर्म छन् । व्यक्तिगत वा सामूहिक रूपमा कुनै पनि सन्देश, फोटो, भिडियो आदि पठाउन प्रभावकारी मानिएका वाट्सएप, भाइबर जस्ता मेसेजिङ एप्लिेकसन पनि नेपाली समाजमा प्रचलित छन् । यी विभिन्न एप्समध्ये पनि आमसर्वसाधारणले बढीभन्दा बढी प्रयोग गर्नेमा फेसबुक, युट्युब र टिकटक देखिन्छन् । प्रसारण र अनलाइन पत्रकारिताको सापेक्षतामा निकै ओझेलमा परेको छापा पत्रकारितालाई सामाजिक सञ्जालले अझ बढी तरङ्गित तुल्याएको छ । सामाजिक सञ्जालको प्रभावमा छापा पत्रकारिताले स्वपहिचान जोगाई प्रवर्धनका लागि पर्याप्त आधार भेट्टाए पनि आशातीत सफलता चुम्न सकेको छैन । साक्षर पाठकलाई अनलाइन पत्रकारितामार्फत पाइने तात्कालिक निःशुल्क सामग्रीले जति प्रभावित तुल्याइरहेको छ, त्यति नै सामाजिक सञ्जालको प्रभावले आव्रmान्तसमेत बनाइरहेको छ । छापा पत्रकारितामा सामाजिक सञ्जालको प्रयोगले ‘भौतिक र अभौतिक’ बिचको सम्बन्ध जोड्ने काम गर्छ । खासमा पत्रपत्रिका तथा म्याग्जिन आदि प्रकाशन गरेर भौतिक स्वरूपमा वितरण गरिन्छ । अहिलेको सामाजिक सञ्जालको दुनियाँमा भौतिक स्वरूपमा अखबार, म्याग्जिन आदि किनेर पढ्ने पाठक निकै कम पाइन्छन् । यसर्थ अब भने छापा पत्रकारितालाई पनि सामाजिक सञ्जालमार्फत प्रवर्धन गर्नुपर्ने युगीन आवश्यकता खड्किँदै छ । यसका लागि सबै जसो पत्रपत्रिका तथा म्याग्जिनले अनलाइन संस्करण सार्वजनिक गर्नुपर्ने हुन्छ । ती अनलाइन संस्करणको लिङ्क सामाजिक सञ्जालमा समूहगत रूपमा सम्प्रेषण गर्दा सम्बन्धित समाचारमा सञ्जाल प्रयोगकर्ताको सहज पहुँच पुग्छ । आज सुदूर क्षेत्रका गाउँदेखि ठुला सहरसम्ममै सामाजिक सञ्जाल प्रयोग गर्नेको सङ्ख्या ह्वात्तै बढिरहेको पाइन्छ । सामाजिक सञ्जालमा विभिन्न मिश्रित प्रकृतिका सूचना र मनोरञ्जनात्मक सामग्री पाइने गरेको छ । त्यसो त विभिन्न भ्रामक अनलाइनका लिङ्क, प्रचारमुखी सामग्री सम्प्रेषण र आधारहीन युट्युबका सामग्रीले धेरैजसोलाई रनभुल्लमा समेत पारिरहेको पाइन्छ । सामाजिक सञ्जालको सही सदुपयोग गर्न नसक्दा धेरैले बेहोर्नु परेको दुःख र हैरानीलाई बयान गर्न सकिँदैन । यस्तो अवस्थामा सही तरिकाबाट सामाजिक सञ्जाललाई आधार बनाएर स्वच्छ पत्रकारिताको विकास र उन्नयनमा सम्बद्ध पक्षले विभिन्न तौरतरिका अपनाउन सक्नु पर्छ । सामाजिक सञ्जालको प्रयोगमार्फत विद्युतीय र अनलाइन पत्रकारिता मात्र नभई छापा पत्रकारिताको प्रवर्धन गर्न सकिन्छ ।मिडिया साक्षरता कार्यक्रमछापा पत्रकारिताको उन्नयनका लागि सामाजिक सञ्जाल प्रत्यक्ष एवं परोक्ष रूपमा जोडिरहेको अवस्थामा यसलाई सही तरिकाबाट उपयोग गर्ने ‘मिडिया साक्षरता’ का कार्यव्रmम सञ्चालन गरिनु पर्छ । मिडिया साक्षरताले नै मिडियामार्फत प्रस्तुत सन्देश वा जानकारी बुझ्न, विश्लेषण गर्न र उचित प्रतिव्रिmया दिन सक्षम बनाउँछ । आज पनि सामाजिक सञ्जालमार्फत विभिन्न तरिकाबाट धेरै दुष्प्रचार भइरहेको छ । यसलाई रोक्न पत्रकार आफैँ जागरूक हुनुपर्ने युगीन आवश्यकता बनेको छ । समाजका सही मार्गदर्शक र सत्य सूचनाका संवाहकसमेत मानिएका पत्रकारले यस्तो कुप्रचारलाई रोक्न त्यही सामाजिक सञ्जाललाई विवेकपूर्ण प्रयोग गर्नुको विकल्प छैन । सञ्जाल प्रयोगकर्तालाई ‘यो विषयवस्तु पत्रकारिताको आधिकारिक न्युज पोर्टलको हो र यो होइन’ भनी पहिचान गर्न सक्ने अवस्थामा पु¥याउने जिम्मेवारी स्वयम् पत्रकारकै बनेको छ । कतिपय पत्रकारले समाचारमा आउनुपर्ने विषय पहिले नै सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको पाइन्छ । यस्तै समाचारको पूर्ण विवरण नै ‘फेसबुक स्टाटस’ को रूपमा सम्प्रेषण गर्ने परिपाटी पनि मौलाउँदो छ । कुनै न्युज पोर्टल वा मिडियाबिना नै सामाजिक सञ्जालमा ‘आधिकारिक समाचार’ पढ्न पाइन्छ । यस्ता दृष्टान्तले आधिकारिक समाचार पोर्टलको महìव घटाई पत्रकारितामाथिको विश्वसनीयतामा प्रश्नचिह्न खडा गरेका छन् । सामाजिक सञ्जालमा धेरै ‘लाइक’ र ‘भ्यु’ पाउने आशामा पनि कतिपय असम्बन्धित व्यक्तिका तस्बिर, अश्लील प्रकृतिका फोटो एवं दृश्य सम्प्रेषण हुने गरेको छ । अप्रामाणिक विषय सन्दर्भले सामाजिक सञ्जालमार्फत समग्र पत्रकारितालाई बद्नाम गराउँछ । आकर्षक शीर्षक दिने र हुँदै नभएको पत्रिकाको वेबसाइट डिजाइन गरी भ्रमको खेती गर्ने गिरोह पनि सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती पाइन्छन् । मिडिया साक्षरता नभएको व्यक्तिले त्यही भ्रमित समाचारलाई सत्य ठानी खास पत्रकारितालाई बुझ्न सक्दैन । उसले सामाजिक सञ्जाल प्रयोगकर्तालाई नै पत्रकारको रूपमा बुझ्ने गर्छ । यसर्थ मिडिया साक्षर व्यक्तिले पत्रकारिताको स्वरूपमा आउने भ्रामक सूचनाका स्रोत पहिचान गरी नियमनकारी निकायमा उजुरी गर्ने परिपाटी सुरुवात गर्नु पर्छ । अनर्गल प्रचार गर्ने गरी आएका मिडियालाई सामाजिक सञ्जालमार्फत नै सुधारका लागि मार्गनिर्देश गर्नुपर्ने हुन्छ । डिजिटल भविष्यको खोजी सामाजिक सञ्जालमार्फत छापा पत्रकारिताको उन्नयनका लागि डिजिटल भविष्यको खोजी गर्नुपर्ने भएको छ । समाचार सम्प्रेषणमा सनातनी विधिको सट्टा सामाजिक सञ्जालमार्फत पत्रकारितालाई द्रुत, थप प्रभावकारी, बढी जनउत्तरदायी र सबैमा पहुँचयुक्त बनाउनुपर्ने आवश्यकता देखिन्छ । दैनिक, साप्ताहिक, अर्धसाप्ताहिक वा मासिक नै किन नहोऊन् सबै प्रकारका अखबार एवं म्याग्जिनलाई तुरुन्तै पिडिएफमार्फत सामाजिक सञ्जालमा अद्यावधिक गरिहाल्नु पर्छ । प्रत्येक अखबार एवं म्याग्जिनमा आएका सामग्रीको लिङ्कलाई तिनै सञ्जालमार्फत समूहगत रूपमा लाइक, सेयर एवं कमेन्ट गर्दै आमजनमानसमा पु¥याउनु पर्छ । समाचारको छरितो प्रवाहमा ट्विटर, फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता प्लेटफर्मलाई बढीभन्दा बढी प्रयोग गर्ने संयन्त्र विकास गरिनु पर्छ । आमजनताको सहभागिता बढाउन ‘पाठक आवाज,’ ‘सम्पादकलाई मेरो भनाइ’ जस्ता फोरम विकास गरी अघि बढ्नुपर्ने हुन्छ । अनलाइन स्रोतहरू, डिजिटल अभिलेखहरू र सामाजिक सञ्जालमा आएका सूचनाका आधारमा समाचारको स्रोत पहिचान गरी खोज पत्रकारितालाई नयाँ उचाइ दिनुको विकल्प देखिँदैन । अतः सूचना तथा प्रविधिको युगमा छापा पत्रकारिताको भविष्य पनि डिजिटल रूपान्तरणमा निर्भर भइसकेको छ । विश्व परिदृश्य अनुसार अब नेपाली छापा पत्रकारिता पनि क्रमिक गन्तव्य त्यही डिजिटल स्वरूप हो । निश्चय पनि भौतिक स्वरूपका अखबार एवं म्याग्जिनको सट्टा मोबाइल, ट्याब्लेट र कम्प्युटरमा समाचार पढ्न रुचाउने पाठक दिनानुदिन बढ्दै छन् । नीतिगत रूपबाटै छापा मिडियाले सामाजिक सञ्जालमार्फत आफ्नो समाचारको स्रोत आमडिजिटल प्लेटफर्ममा प्रसार गर्न सक्नु पर्छ । तिनै प्लेटफर्ममा विज्ञापन सार्वजनिक गरी आम्दानीको स्रोत बढाउनुपर्ने हुन्छ । प्रिन्ट मिडियाको समेत अभौतिकीकरण गरी विश्वव्यापी प्रसार गर्न सकिने एउटा काइदाको प्लेटफर्मको रूपमा सामाजिक सञ्जाललाई उपयोग गर्न सके केही हदसम्म भए पनि यस क्षेत्रको दीर्घकालीन भविष्य सुरक्षित हुन्थ्यो कि ?
कर–युद्धमा अमेरिका
संसारभरका उद्योग तथा व्यापारका क्षेत्रमा यही २ अप्रिल २०२५ अर्थात् २० चैत २०८१ बुधबारको दिनलाई निकै ठुलो चिन्ता र व्यग्रताका साथ प्रतीक्षा गरिँदै थियो । जुन दिन विश्व महाशक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अरू देशबाट हुने गरेको आयातमा नयाँ सीमा शुल्क लगाउने घोषणा गर्ने दिन थियो । विश्वका विभिन्न देशमा यसको विभिन्न किसिमले असर पर्ने छ र पर्न थालेको छ । त्यसै व्रmममा भारतका उद्योग विशेष गरी औषधी उत्पादक उद्योग क्षेत्रमा पनि यो करको विशेष असर पर्ने अर्थ विश्लेषकले बताइरहेका छन् । यद्यपि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको फेब्रुअरी १० मा अमेरिकाको भ्रमण गर्दा राष्ट्रपति ट्रम्पले यस सम्बन्धमा केही कुराकानी गरेकाले भारतप्रति अमेरिकाले अपेक्षाकृत केही फरक, नरम र अनुकूल नीति लेला भन्ने अपेक्षा पनि गरिँदै छ । तथापि अमेरिकी कर–युद्धको यो कडा नीतिलाई ध्यानमा राखेर त्यसको प्रभावलाई न्यून तुल्याउन बितेको केही समयदेखि अमेरिकाको यो व्यापार कर चेतावनीले उत्पन्न गर्ने जटिल समस्याको निराकरण विभिन्न देशले आफ्नो तयारी पनि गर्न थालेका छन् । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्प स्वयम्ले भने भारतकाप्रति नरम प्रवृत्ति देखाउन थालेका र मोदीलाई चतुर नेता भनेर प्रशंसासमेत गरेकाले एकथरी भारतीय व्यापारी र उद्योगपति आश्वस्त हुन थालेको बताइन्छ । यद्यपि ट्रम्पले भारतलाई व्यापारमा सबैभन्दा बढी शुल्क लगाउने देशका रूपमा लिएका छन् । उनले पनि तदनुरूप नै चल्ने नीति अख्तियार गर्ने छन् भन्ने धेरै अर्थविज्ञको पूर्वानुमान छ ।ट्रम्पले प्रस्टै भनेका पनि छन् कि उनले यही अप्रिल महिनाको २ तारिखका दिनदेखि अमेरिकामा आयात हुने वस्तुमा करको बढोत्तरी गर्ने घोषणा गर्ने छन् । अनि उनले त्यो दिनलाई ‘मुक्ति दिवस’ को संज्ञा पनि दिने भएका छन् । उनले थप के पनि भनेका छन् भने उनी विभिन्न देशसँग दुई पक्षीय व्यापार सम्झौता गर्न मञ्जुर पनि छन् । यस विषयमा पछि मात्रै छुट्टै कुरा हुन सक्ने पनि उनले प्रस्ट पारेका छन् । खास गरी यो कुरा उनले भारतको सन्दर्भमा भनेको प्रतीत हुन्छ । भारतसँग केही सहुलियतकारी व्यापार नीति अपनाउने सङ्केत उनले गैरव्यापारिक अन्य विशेष रणनीतिका आधारमा गर्न खोजेको बुझिन्छ । यसका साथै भारतसँग अमेरिकाले व्यापक व्यापारसँग जोडेर यो सम्झौता गर्न खोजेको देखिन्छ । यस सम्बन्धमा दुई देशका बिच लामो समयदेखि छुट्टै सम्झौताका लागि कुराकानी पनि हुँदै आएको पनि बताइएको छ । यसको आरम्भ राष्ट्रपति ट्रम्पको अघिल्लो कार्यकादेखि नै भएको हो । त्यसलाई तदारुकताका साथ अघि बढाइएको भने थिएन भन्ने ज्ञाता उल्लेख गर्छन् । त्यतिबेलादेखि अहिलेसम्म दुवै देश त्यसलाई यथास्थितिमा राख्न भने राजी भएका हुन् । अब राष्ट्रपति ट्रम्पले आफूले ‘अमेरिका फस्र्ट’ नीतिलाई आफ्नो दोस्रो कार्य कालमा सबैभन्दा बढी प्राथमिकता दिएर कार्यान्वयनमा ल्याउन खोजेको देखिँदै छ । ट्रम्पको यो पछिल्लो नीति अनुसार अमेरिकी मालमा जति व्यापार कर लाग्ने छ अरू देशलाई पनि त्यसै द अनुसार हुने छ । यसबाट युरोपलगायतका अमेरिकाका सहयोगी मित्र देशलाई पनि कुनै भिन्नै सहुलियत प्रदान गरिने छैन भनिँदै छ । त्यसको निकै ठुलो असर युरोपेली देशमाथि पर्ने देखिन्छ ।यस सम्बन्धमा कतिपय जानकारीका अनुसार दुई पक्षीय व्यापार सम्झौताका व्रmममा कुरा उठ्न पनि सक्छन् । भारतीय पक्षले अमेरिकी किसानले प्राप्त गर्ने बहुत ठुलो अनुदानको पोकोेका कारणले अमेरिकाको कृषि उपजको लागत धेरै कम हुने र कृषि उत्पादन निकै नै सस्तो हुने अनि त्यसले अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष÷परोक्ष ठुलो असर पार्ने कुरा उठाउन सक्छ । त्यसले अन्तर्राष्ट्रिय कृषि उपजको व्यापारमा उत्पादक देशलाई धेरै ठुलो फाइदा हुन्छ नै । ट्रम्प प्रशासन भने अन्तर्राष्ट्रिय व्यापार र कृषि अनुदानलाई एकै ठाउँमा जोडेर हेरिनु हुन्न भन्ने पक्षमा रहेको बताइँदै छ । अमेरिकाको यो सर्तलाई अनुपालन गर्न अरू देश तयार हुने हो भने अन्तर्राष्ट्रिय व्यापारमा नोक्सान हुने छ । उदाहरणका लागि भारतको खाद्यान्न, डेयरी उत्पादन र कुखुरा पालन व्यवसायलाई यस अमेरिकी नीतिबाट ठुलो नोक्सानी बेहोर्नु पर्ने प्रत्यक्ष असर पर्छ भन्ने औँल्याइन्छ ।अमेरिकी राष्ट्रपति ट्रम्पको यो ‘व्यापार–कर नीति’ लाई ‘आर्थिक संरक्षणवाद’ मात्र होइन, ‘व्यापार–युद्ध’ को समेत संज्ञा दिइँदै आएको देखिन थालेको छ । यस नीतिबाट सबैभन्दा बढी पीडित अमेरिकाका सहयोगी युरोपेली र एसियाली देश नै हुने अर्थविज्ञ औँल्याउँछन् । हुन पनि अमेरिकाको यो ट्रम्प व्यापार नीति अमेरिकाको विदेश नीतिकै सबैभन्दा महìवपूर्ण हिस्सा बनेको बताइन्छ । युव्रmेन युद्धको सम्बन्धमा अहिलेको ट्रम्प प्रशासनले जस्तो किसिमको पहिलाको भन्दा भिन्न प्रवृत्ति देखायो त्यसबाट पनि अमेरिकाका युरोपेली मित्र देश पहिलेदेखि नै निकै क्षुब्ध रहेका छन् । अब अमेरिकासँग युरोपको राजनीतिक तथा सैन्य मात्र होइन कि आर्थिक सम्बन्ध पनि निकै प्रभावित हुने आसन्न निकट खतरा देखिएको छ ।चीनको बढ्दो प्रभावलाई कसरी न्यून गर्न सकिन्छ र अमेरिकी विश्व प्रभुत्वलाई कसरी कायम राख्न सकिन्छ, अहिलेको अमेरिकी वैदेशिक नीतिको अन्तर्य यही नै हो । यसका लागि उसले भन्ने गरेको कथित ‘नव उदारवादी’ नीतिले काम गर्न छोडेकाले अब अमेरिका संरक्षणकै बाटोबाट समृद्धिलाई कायम राख्न र बढावा दिन सकिने बाटोतिर कुदेको देखिँदै छ । यसले अमेरिकी विश्व अर्थनीतिको असफलताकै सङ्केत गर्छ । अनि यसको सार या निष्कर्ष पनि अमेरिका विश्व प्रभुत्वको स्थितिबाट खस्किने दिशाबाट जोगिन सक्ने सम्भावना न्यून छ भन्ने नै विश्व अर्थ विश्लेषकले अर्थ लगाइरहेका छन् ।
‘लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठुलो हो’
नेपालको प्रसारण इतिहासको पहिलो संस्था रेडियो नेपालको ७५ औँ वार्षिकोत्सव एवं हीरक महोत्सवको गौरवमय क्षणमा म रेडियो नेपालमा कार्यरत पत्रकार, पदाधिकारी, कर्मचारी एवं शुभेच्छुकसहित सबैलाई हार्दिक बधाइ तथा शुभकामना दिन चाहन्छु ।२००७ सालको जनक्रान्ति र रेडियो नेपाल नेपालको इतिहासमा दुई जुम्ल्याहा घटना हुन् । २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँ गाउँ र जनजनमा पु¥याउन रेडियो नेपालले महìवपूर्ण भूमिका निर्वाह गरेको हो । आजको दिनमा म यसका संस्थापक तारिणीप्रसाद कोइरालालाई यसको स्थापनामा खेल्नुभएको विशिष्ट योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यो मुलुकमा प्रजातन्त्र स्थापनाको ऐतिहासिक घटनाव्रmमसँग जोडिएको मात्र होइन देश प्रसारण माध्यमको युग प्रवेशको प्रस्थान विन्दु पनि थियो । राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनाको व्रmान्तिलाई सघाउन मुक्ति सेनाले चलाएको ‘प्रजातन्त्र नेपाल रेडियो’ प्रजातन्त्रको उदयसँगै आजका दिन रेडियो नेपाल हुनुमा कोइरालाको लोकतान्त्रिक चेत र मूल्यमान्यता यसको मुख्य कारण थियो । खासमा, २००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो भन्ने म ठान्दछु । मुलुककै प्रमुख आमसञ्चार माध्यमका रूपमा साढे सात दशकदेखि अनवरत सत्यतथ्य सूचना, सन्देश र मनोरञ्जनात्मक कार्यक्रम सम्प्रेषण गर्दै आएको रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थाहा पाउँदा मलाई खुसी लागेको छ । सार्वजनिक सेवा प्रसारणको मर्म, भावना र उद्देश्य अनुसार यसले आगामी दिनमा प्रभावकारी तवरले काम गर्नुपर्ने चुनौती तपाईंहरूसामु छ । स्वतन्त्र, स्वायत्त संस्थाका रूपमा सार्वजनिक प्रसारण माध्यमको विकास भएको हो । त्यसैले, लोकतान्त्रिक मूल्य मान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरूप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक सेवा प्रसारणका सम्बन्धमा विश्वले स्वीकारेका आधारभूत मान्यतालाई आत्मसात् गर्ने मैले विश्वास लिएको छु । म र हाम्रो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको पुस्ता हो । समाचार र कैयौँ शिक्षा, जनचेतना, मनोरञ्जनात्मकलगायतका कार्यव्रmम हाम्रा स्मृतिमा आजपर्यन्त मिठो सम्झना बनेर झञ्कृत हुन्छन् । लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चार माध्यमको विकास र विस्तारले गति लिएको विदितै छ । संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवर्धनमा महìवपूर्ण योगदान पु¥याएको छ । सबै जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरणलाई आफ्नो धर्म मानेर काम गर्दा नै संस्थाको खास लक्ष्य पूरा हुन्छ । सञ्चार माध्यम विपत्का बेला आमनागरिकको भरोसाको केन्द्र हुन्छ भन्ने प्रमाण २०७२ को भूकम्प र कोरोना महामारीलगायतका विपत्तिका बेलामा रेडियो नेपालसहितका सञ्चार माध्यमले गरेको योगदानबाट पुष्टि भएको छ । इन्टरनेट र सूचना प्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चार माध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तन उल्लेखनीय छ । प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएको छ । यसमा नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको छ । यस्तो अवस्थामा सहजै उपलब्ध प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवं संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व हो । सञ्चार जगत्को यो महìवपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर नै संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको हो । लामो सङ्घर्ष, त्याग र बलिदानबाट जनता आफँैले बनाएको संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष हो तर संविधानले प्रदान गरेको यो अधिकार प्रयोग गर्दा हामी कति जिम्मेवार हुनु पर्छ भन्ने कुरा पनि त्यत्तिकै महìवपूर्ण छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र सञ्चार माध्यमको महìवपूर्ण भूमिका रहेको छ । केही दिनअगाडि काठमाडौँमा भएको घटनाको व्रmममा जनधनको जुन क्षति भएको छ, त्यसप्रति म गहिरो दुःख व्यक्त गर्दछु । एक होनाहार पत्रकार र एक नागरिकको मृत्यु हुनु दुःखद हो । नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्बाध स्वतन्त्रता प्रदान गरेको छ तर स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ । यस्तो प्रकृतिको घटना हुन नदिन सबै गम्भीर बन्नुहुने छ भन्ने मैले विश्वास लिएको छु । संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा हाम्रै संविधानले एउटा लोकतान्त्रिक संस्कृति र संस्कारको अपेक्षा गरेको छ भन्ने पनि हामीले बिर्सन हुन्न र लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठुलो हो । संविधानको यो व्यवस्था, मर्म र भावना हामीले भुल्यौँ भने नेपाली जनतालाई स्वीकार्य हुने छैन । अन्त्यमा राष्ट्रिय एकता र समग्र विकासका लागि विश्वसनीय, गुणस्तरीय, अग्रणी राष्ट्रिय प्रसारण माध्यमका रूपमा रेडियो नेपालले आगामी दिनमा अझै प्रभावकारी तवरले काम गर्ने नै छ भन्ने विश्वासका साथ संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।जय नेपाल !(सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले रेडियो नेपालको हीरक महोत्सवका अवसरमा चैत २० गते गर्नुभएको सम्बोधनको पूर्ण पाठ)
प्रकोपजन्य घटना नियन्त्रणमा सरकारले देखायो तदारुकता
लुम्बिनी प्रदेश सरकारले गर्मीयाम सुरु भइसकेकोले वनडढेलो, आगलागी, हावाहुरीलगायतका जोखिमबाट हुने प्रकोपजन्य घटना नियन्त्रणमा तदारुकता देखाएको छ ।
उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन माग
करिब एक दशकदेखि लगातार स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा प्रतिनिधि र प्रदेश सभा सदस्यले पर्यटकलाई सहज आवतजावतको वातावरण बनाउन गरेको माग पूरा भएको छैन । माथिल्लो मुस्ताङमा पर्ने तीन वटा स्थानीय तहका जनप्रतिनिधिले चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा रहेको उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन माग गरिरहेका छन् ।
सामुदायिक विद्यालयको बेरुजु चौध करोडभन्दा बढी
कालीकोट जिल्लाका सामुदायिक विद्यालयको बेरुजु रकम १४ करोडभन्दा बढी देखिएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भौतिक पूर्वाधार निर्माणका ला
विशेषको फैसलामा चित्त नबुझेपछि अख्तियार सर्वोच्चमा
काठमाडौँ, चैत २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै विभिन्न दुई वटा मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।आयोगले स्वास्थ्य उपकरण खरिद मूल्याङ्कन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले रु दुई करोड ८९ लाख ६६ हजार ५० बराबरको बिगो दावी गरेको थियो । उक्त मुद्दामा विशेषले गत असार ३१ गते फैसला गरेको थियो ।त्यस्तै, आयोगले कटहरिया नगरपालिका रौतहटका नगरप्रमुख अजयप्रकाशसमेत विरुद्ध मुद्दा दायर गरेको थियो । जमुनिया बजारमा रहेको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा फिल्डमा भए गरेको कार्यभन्दा बढी परीमाण देखाई भुक्तानी गरेको पाइएको थियो ।आयोगले रु १२ लाख ५२ हजार ९४१ बराबरको बिगो दावी गरेको थियो । विशेषले सो मुद्दामा गत असार ३१ गते फैसला गरेको थियो । उक्त मुद्दामा विशेषले गरेको फैसला कानुन सम्वत नभएको दावी गर्दै शुक्रबार पुनरावेदन गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
आज चैत्र शुक्ल अष्टमीः चैते दसैँ मनाइदै
काठमाडौँ, चैत २३ गते । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् ।आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो । बडादसैँ जस्तै चैते दसैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनु हो । बडादसैँमा जस्तै चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । चैत्र शुक्ल प्रतिपदादेखि नै दसैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती ९चण्डी० पाठ भइरहेको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबार अन्तर्गत रहेको दसैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत छ ।