चीनले कोरोनाकालमा सहयोग गरेको सेनिटाइजर अलपत्र
२०७७ सालमा कोरोनाका बेला चीनले हुम्ला जिल्लालाई सहयोग गरेको सेनिटाइजर हिल्सामा बेवारिसे अवस्था रहेको छ । चीनले सहयोग गरेपछि स्वास्थ्य सेवा कार्यालयले बुझेर हिल्सामा भाडाको घरमा राखेको थियो ।
अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको भनाइ
इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धको पालना गर्ने देशले ‘स्ट्रेट अफ हर्मुज’ पार गर्न कठिनाइको सामना गर्नुपर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ ।
श्रीलङ्कामा ऊर्जा सङ्कटबिच बिजुली महसुल वृद्धि
मध्यपूर्वमा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । सार्वजनिक उपयोगिता आयोगका अनुसार सोमबारदेखि लागु हुने नयाँ दरअनुसार मासिक १८० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने उपभोक्ताले १८ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।
होर्मुज क्षेत्रमा तनावबिच कूटनीतिक प्रयास जारी
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले यदि इरानी ट्याङ्कर तथा व्यापारी जहाजलाई आक्रमण गरिएमा क्षेत्रीयरूपमा रहेका अमेरिकी लक्ष्यमा कडा प्रतिक्रिया दिन सकिने चेतावनी दिएको छ ।
काठमाडौँसहित कुन कुन जिल्लामा भइरहेछ वर्षा ?
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको बताएको छ ।
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु
हिमाली जिल्ला सोलुखुम्बुमा ई–पेन्सन सेवा औपचारिक रूपमा सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुमार्फत सेवा सञ्चालनमा आएको हो ।
बस्तीमा डोजर नचलाउन भूमिहिनहरूको आग्रह
बर्दियाका भूमिहिन् सुकुमवासीहरूले बस्तीका घरहरूमा डोजर नचलाउन अनुरोध गरेका छन् । डिभिजन वन कार्यालय बर्दियाले निकालेको सूचनाअनुसार करिब २१ सय घरपरिवार घरबारविहिन हुने भएपछि बर्दियाका भूमिहिन् सुकुम्बासीहरूले बस्तीमा डोजर नचलाउन अनुरोध गरेका हुन् ।
मनाइयो सत्यमोहन जोशीको १०६ औं जन्मजयन्ती
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०६ औं जन्मजयन्ती वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा मनाइँदैछ ।
भिरमौरीको महमाथि सिकारीको बढ्दो निशाना
कहाली लाग्दो बडेमाको भिर । हेर्दै टोपी खस्ने छङ्गाछुर ठाडो भिरको कापाहरूमा लहरै रहेका भिरमौरीका गोलाहरू छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका –४ मिप्रागाउँको छिप्ली भिरको पहरामा रहेका भिरमौरीको स्थानीयले सिकार गरेका छन् ।
च्याउ खाँदा ११ जना बिरामी
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् ।
ढल्केबरमा सुकुमवासीको प्रदर्शन
धनुषाको ढल्केबरमा सुकुमवासीले भूमि तथा आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च जिल्ला कार्यसमिति धनुषाको नेतृत्वमा सुकुमबासीहरूले प्रदर्शन गरेका हुन् ।
घरबाट खसेर मजदुरको मृत्यु
मनाङमा घर मर्मत गर्ने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–५ऽ भ्राकामा घर मर्मत गर्ने क्रममा तेस्रो तलाबाट खसेर मजदुरको मृत्यु भएको हो ।
शिव चौधरीको संयोजकत्वमा थारू उद्यमी सङ्घ गठन
थारू समुदायका उद्यमी तथा व्यवसायीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले व्यवसायी शिवबहादुर चौधरी (दाङ)को संयोजकत्वमा थारू उद्यमी व्यवसायी संघ गठन गरिएको छ ।
लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु
लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षीया बालिका पनि रहेको जनाइएको छ ।
कुष्ठरोगको क्षेत्रमा योगदान दिने राजभण्डारीलाई सम्मान
कुष्ठरोग र अधिकारको क्षेत्रमा योगदान गर्नुभएकी पूर्व नर्स यशोदा राजभण्डारीलाई ‘ओमप्रसाद–मेघकुमार’ सम्मान प्रदान गरिएको छ ।
प्रदेश सुशासन केन्द्रलाई सार्ने प्रयासको विरोध
पर्याप्त पूर्वाधार र संरचना हुँदा–हुँदै नेपालगन्ज–१४, महेन्द्रनगरमा रहेको प्रदेश सुशासन केन्द्रलाई बाँकेबाट दाङ सार्ने तयारी भइरहेको जनाउँदै बाँके जिल्लाका नागरिक अगुवाहरुले बिनाकारण केन्द्रलाई सार्न खोज्नु गलत भएको भन्दै बिरोध गरेका छन् ।
युद्धको प्रभावले ऊर्जा बजारमा ठुलो उतारचढाव
मध्यपूर्वमा जारी युद्धका कारण तेल आपूर्तिमा अवरोध र मूल्यमा तीव्र वृद्धि भएपछि युरोपका ठुला तेल तथा ग्यास कम्पनीले पहिलो त्रैमासिकमा ठूलो नाफा कमाएका छन् । यससँगै लन्डनदेखि पेरिससम्म उनीहरूको ‘असामान्य नाफा’मा थप कर लगाउनुपर्ने माग पुनः उठ्न थालेको छ ।
घान्द्रुकलाई एक फन्को
गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के घामसँगै चराचुरुङ्गीको चिरबिर । वनपाखा–देउराली, उकाली–ओरालीमा गुज्रिन्छ घान्द्रुकको चक्रीय पदमार्ग । पर्यटकीय गाउँ घान्दु्रकलाई एक फन्को मार्दा पदयात्रीहरु बिछट्टै अनुभव गर्छन् ।
पाकिस्तानको उत्तर-पश्चिममा प्रहरी चौकीमा आक्रमण, १२ जना प्रहरीको मृत्यु
पाकिस्तानको उत्तर/पश्चिमी क्षेत्रमा शनिबार राति भएको कार बम आक्रमण र त्यसपछि भएको गोलीबारीमा कम्तीमा १२ जना प्रहरीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
“क्षेत्रीय शान्तिका लागि संवाद आवश्यक”
इजिप्ट र कतारले अमेरिका तथा इरानलाई वर्तमान संवेदनशील क्षेत्रीय परिस्थितिमा धैर्यता, जिम्मेवारी र विवेकपूर्ण व्यवहार अपनाउन आग्रह गरेका छन् । शनिबार इजिप्टका विदेशमन्त्री बद्र अब्देलअत्ती र कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान जासिम अल-थानीबिच टेलिफोन संवाद भएको थियो ।
फोर्स गाडी दुर्घटना, चार जना घाइते
दाङको देउखुरीमा फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घोराहीबाट प्युठानको बाहानेतर्फ जाँदैगरेको लु. २ ख ६०२९ नम्बरको फोर्स गाडी महेन्द्र राजमार्गअन्तर्गत राप्ती गाउँपालिका –४ मौरीघाटमा दुर्घटनामा परेको हो ।
तेस्रो निस्दी कपको उपाधि पिरामिडलाई
तेस्रो निस्दी कपको उपाधि पिरामिड कन्स्ट्रक्सन हङकङले जितेको छ । तेस्रो निस्दी खेलकुद महोत्सव अन्तर्गत भएको क्लब स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा शाही फलफुल वालिङलाई ३–१ सेट अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।
साइक्लिङमार्फत बन्दीपुरको ग्रामीण पर्यटन प्रवर्धन
ग्रामीण पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार र साइक्लिङ रुटको प्रवर्धन गर्ने उद्देश्यले बन्दीपुरमा साइक्लिङ प्रतियोगिता आयोजना गरिएको छ ।
जोखिमयुक्त दुई सय रुख काटिँदै
पूर्वपश्चिम राजमार्ग तथा अन्य सडक क्षेत्रमा रहेका दुई सयभन्दा धेरै रुख काट्न थालिएको छ । विकासनिर्माणमा बाधा पुर्याएका तथा यात्रा गर्दा जोखिम हुने साल तथा अन्य