‘पत्रकारिताबाट समस्या पहिचान राजनीतिबाट सम्बोधन’
निकटतम प्रतिस्पर्धीभन्दा चार गुण बढी मत पाएर उत्तमप्रसाद पौडेलले प्रतिनिधि सभाको संसद् यात्रा तय गर्नुभएको छ । कास्की क्षेत्र नम्बर २ मा ५२ हजार ५१९ मत खसेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलको भागमा ३१ हजार ९११ मत प¥यो । जुन कुल सदर मतको ६० प्रतिशत हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का रश्मी आचार्यले सात हजार ४९३ मतमै सीमित हुनुभयो । अघिल्लो निर्वाचनमा पाँचदलीय गठबन्धनलाई एक्लै पराजित गरेको एमाले यसपालि कास्कीमा जितविहीन बन्यो ।
सुशासन र प्रणाली सुधारको राजनीतिक यात्रा
सुनसरीको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सव्रिmय नेता अशोककुमार चौधरीले जनमैत्री काम, सुशासन र प्रणाली सुधारका
तराईमा पानीको समस्या
मधेशी आयोगले तराई मधेशमा भूमिगत पानीको सतह घट्दै गएको र पानीका स्रोत सुक्दै जानुलाई चुनौतीका रूपमा औँल्याएको छ । आयोगको सातौँ प्रतिवेदनमा तराईमा चुरेक्षेत्रको अनियन्त्रित दोहन र वन विनाशले पानीको स्रोत सुक्दै गएको समस्यालाई पहिलो समस्याका रूपमा राखेर तत्काल प्रभावकारी कार्यव्रmम लागु गर्नुपर्ने सुझाव दिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
अवैध दोहन गर्नेलाई कारबाही गर्न सिफारिस
कालीगण्डकी नदीको अवैध दोहन गर्नेलाई आवश्यक कानुनी कारबाही गर्न सिफारिस गरिएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, बागलुङ नगरपालिकासहितका सरोकारवालाले गरेको अनुगमनबाट कालीगण्डकी नदीमा चरम दोहन भएको निष्कर्षसहित त्यसमा संलग्न ठेकेदार तथा निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल लगातार उत्कृष्ट
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले ‘सेकेन्डरी बी’ लेभल अस्पतालको उक्त मूल्याङ्कनमा सुधार गर्दै ९० अङ्कसहित लगातार तेस्रो पटक नेपालमै पहिलो हुन सफल भएको हो ।
लुम्बिनीमा हरियाली अभियान तीव्र
विश्व शान्तिको केन्द्र मानिने लुम्बिनीलाई थप हराभरा, स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित हरियाली अभियानलाई तीव्रता दिइएको छ । अभियान अन्तर्गत लुम्बिनी क्षेत्रमा १८ हजार नयाँ बिरुवा रोप्ने महत्वाकाङ्क्षी लक्ष्य राखिएको छ ।
सुकुमवासीलाई जग्गा दिन नापजाँच सुरु
पञ्चेश्वर गाउँपालिकाले सुकुमवासीलाई जग्गा दिन नापजाँचको काम सुरु गरेको छ । सुकुमवासी तथा अव्यवस्थित बसोबासीका लागि गाउँपालिकाले भूमि समस्या समाधान अयोगको जिल्ला कार्यालयसँग समन्वय गरेर प्राविधिमार्फत नापजाँचको काम सुरु गरेको हो । भूमि समस्या समाधान आयोगले जिल्लाका १० वटै पालिकाबाट सुकुमवासी तथा अव्यवस्थित बसोबासीको आवेदन सङ्कलन गरेको आयोगका जिल्ला अध्यक्ष रमेश पाण्डेयले बताउनुभयो । उहाँले जिल्लाभरि चार सय सुकुमवासी र दुई हजार सात सय अव्यवस्थित बसोबासीको आवेदन परेको बताउनुभयो ।
बहुप्राविधिक शिक्षालय निर्माण सुरु
जुम्लाको सिँजा गाउँपालिका–६ स्थित दुर्गम भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरले सिँजालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न २०७९ साल माघमा स्वीकृति प्रदान गरेको हो । बहुप्राविधिक शिक्षालय स्थापनाको स्वीकृत पाएपछि पहिलो चरणमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमार्फत १५ लाख बजेटको भवन निर्माण हुन थालेको हो ।
सडक स्तरोन्नतिपछि सहज
जिल्लाको उत्तरी क्षेत्रको सिमकोट–हिल्सा सडकको याल्वाङ चौरदेखि इलिङ काँधसम्मको सडकमा यातायात सेवा सञ्चालनमा सहजता आएको छ । सो खण्डको सडकको स्तरोन्नति भएपछि यातायातका साधन सञ्चालनमा सहज भएको हो । इलिङ काँधमा यसअघि सडकको स्तरोन्नति नगरेका समयमा निकै कठिन गरी यातायातका साधन चलाउनुपर्ने बाध्यता रहेकोमा हाल सो सडकको स्तरोन्नतिपछि सहज भएको जिपचालक पुरन रावतले बताउनुभयो ।
सारङ्गीको धुनमा गुजारा
बुटवल बसोबास गर्दै आउनुभएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती हुनुभएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभिन्न ठाउँ पुग्नुहुन्छ ।
सुशासनको शुभकामना
नेपालको इतिहासमै युवाले नेतृत्व गरेको नयाँ सरकार बनेको छ । भदौ २३ र २४ गते भएको नवपुस्ता विद्रोहको व्यवस्थापन लोकतान्त्रिक पद्धतिबाट सुसम्पन्न यो सरकारको आधार हो । करिब छ महिनामा सुन्दर लोकतान्त्रिक पद्धतिको असल अभ्यास विश्वमै बिरलै देखिन्छ । नेपालमा सम्भव भयो । विद्रोहपछिको अन्तरिम सरकारले लोकतान्त्रिक प्रक्रियालाई निष्ठापूर्ण तवरले कार्यभार पूरा गर्न सफल भयो । विश्वलाई नवीन उदाहरण दिन सक्ने लोकतान्त्रिक अभ्यास सम्पादन भयो । त्यस क्रममा फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई झन्डै दुई तिहाइको जनादेश दियो । रा
नयाँ सरकारका चुनौती
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचुर बहुमतका साथ सत्ताको बागडोर समालेको छ । लोकतन्त्रमा जनता नै सार्वभौम सत्ता सम्पन्न हुन्छन् । कसले राज गर्ने भन्ने निर्णय उनीहरूबाटै हुन्छ, यो लोकतन्त्रको प्रमुख चरित्र हो । लामो समयसम्म सत्ताको बागडोर सम्हालेकाप्रतिको असन्तुष्टिलाई जनताले मतदानमार्फत अभिव्यक्त गरे, अनि नयाँ दलप्रति भारी अपेक्षा र विश्वास पनि प्रकट गरे । निर्वाचन अगाडि भूमिका, मुद्दा, क्षमतामा बहस हुने गर्छन्,
हिंसाका घटनाको वकालत र प्रभाव
नेपाली समाजमा एकपछि अर्को गर्दै शृङ्खलाबद्ध रूपमा यौनजन्य दुव्र्यवहार, जबरजस्ती करणी, बाल यौन दुरुपयोग, बालविवाह जस्ता हिंसाका घटना भइरहेका छन् । पीडकलाई न्यायिक निरूपणको प्रक्रियाबाट कारबाहीको दायरामा कस्न नसक्दा अन्य पीडक मनोवृत्ति भएकाहरूलाई सचेत र सजग बनाउन सकिएको छैन भने अर्कोतर्फ घरपरिवार, समुदाय, आफन्त, अधिकारकर्मी, राजनीतिक आस्थामा आबद्ध व्यक्ति, सामाजिक सञ्जालमा जोडि
गौरवशाली इतिहासमा नयाँ मानक
गोरखापत्र प्रकाशन शुभारम्भको १२५ औँ वर्षमा यात्रा गरिरहेको छ । गोरखापत्र जस्तो लामो र अविच्छिन्न इतिहास बनाएको सार्वजनिक संस्था सायद कमै होलान् । सार्वजनिक संस्था सुरु र बन्द हुने क्रम हाम्रो परम्परा जस्तै बनेको छ । १२५ वर्षको विरासत बोकेको गोरखापत्र संस्थानले इतिहासको निरन्तरतालाई मात्रै पनि धानेको छैन, यसका विधागत प्रकाशन र तिनको समाजमा विशिष्ट योगदान र छुट्टै पहिचान छ ।
प्रारम्भिक सुनुवाइमा भएको व्याख्या
कुनै पनि कार्य समयमा गर्नु पर्छ । समयमा नगरेको कार्यले पूर्णता प्राप्त गर्न सक्दैन । जब कुनै कार्य गर्न कोही तम्सिन्छ भने त्यस्तो कार्य पनि सम्बन्धित व्यक्तिले नै गर्नु पर्छ । असम्बन्धित व्यक्तिले गरेको कार्यले मान्यता पाउन सक्दैन । कुनै कार्य सम्बन्धित व्यक्तिले नै समयमा गर्न तत्परता देखाउँछ भने त्यस्तो व्यक्ति सम्बन्धित निकायमा जानु पर्छ । असम्बन्धित निकायमा जान्छ भने त्यस्तो निकायले त्यस्तो कार्य गर्दैन । ग
प्रधानमन्त्री कप एनभिए भलिबल लिगको तयारी
१० औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग वैशाखको दोस्रो हप्ता सुरु हुने भएको छ । नेपाल भलिबल सङ्घ (एनभिए) ले शनिबार आयोजित पत्रकार सम्मेलनमा भलिबल लिग वैशाख १० देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुने जनाएको छ ।
‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’
‘टीकापुर साहित्य महोत्सव–२०८२’ शुक्रबारदेखि सुरु भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको त्रिदिवसीय महोत्सव यस पटक ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ का रूपमा केन्द्रित गरिएको छ । महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. हेमराज पन्तले साहित्य महोत्सवमा भाषा, साहित्य, समाज विज्ञानका विविध विषयमा हुने छलफलले विश्वविद्यालयलाई पनि सहयोग पुग्ने बताउनुभयो ।
थापा र श्रेष्ठ पुरस्कृत
संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई सूर्यनारायण पुरस्कार प्रदान गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा आयोजित कार्यक्रममा कलाकार धनकुमारी थापा र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले श्रेष्ठलाई नगद २५ हजार र कदरपत्रसहित सम्मान गर्नुभयो ।
वासु शशी स्मृति पुरस्कार प्रदान
कवि, नाटककार तथा साहित्यिक पत्रकार वासु शशीको ९० औँ जन्मजयन्तीका अवसरमा वासु शशी स्मृति परिषद्द्वारा आयोजित कार्यक्रममा विभिन्न साहित्यिक पुरस्कार प्रदान गरिएको छ ।
गोरखापत्रकर्मी नेपाल सम्मानित
साहित्यिक संस्था अक्षरमार्गले शनिबार वसन्त काव्यगोष्ठी–२०८२ मा विभिन्न व्यक्तित्वलाई सम्मानित गरेको छ । अक्षरमार्गले पत्रकार तथा लेखक सुकृत नेपाल, कवि हरिसुन्दर छुकां र साहित्यकार मञ्जुश्री प्रधानलाई सम्मानित गरेको छ । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे, विशिष्ट अतिथि कवि स्नेह सायमि र वसन्त कविगोष्ठीका संयोजक तथा कवि सूर्यप्रसाद लाकोजूले सम्मानित गर्नुभएको हो ।
आजको राशिफल
आजको राशिफल
१२० वर्ष अघिको गोर्खापत्र
१२० वर्ष अघिको गोर्खापत्र
बगरमा तरकारी खेती, सडकछेउमा कुटिया
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का राजेन्द्र राना एक दशकयता बनहरा नदीको बगरमा तरकारी फलाउँदै आउनुभएको छ । बगरमा उत्पादित तरकारी बेच्नका लागि स्थान नहुँदा उहाँ पूर्वपश्चिम राजमार्गछेउमा टहरा बनाएर बगरमा उत्पादित तरकारी बेच्दै आउनुभएको हो ।