सभामुखमा अर्याल निर्वाचित निर्वाचित
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।
प्रहरीको आयोजनामा दौड प्रतियोगिता
जिल्ला प्रहरी कार्यालयले हरित पैदल यात्राका साथ समूहगत दौड प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारबाट सुरु भएको वाकाथन ८ किलोमिटर दूरीको सुकेटारसम्म पुगेर सम्पन्न भएको हो ।
स्टेथेस्कोपको कथा
बाँसुरी मेरो अभिन्न साथी हो । यदि म चिकित्सक नभएको भए एउटा राम्रो बाँसुरीवादक हुन सक्थेँ कि ? प्रथम पटक कसले मेरो हातमा बाँसुरी थमाइदियो र को ले बजाउन सिकाइदियो । मलाई हेक्का छैन । म गर्भमा हुँदा बा बितिसक्नुभएको थियो । मेरो काठे मञ्जुषामा नयाँ–पुराना एक दर्जन बाँसुरी छन् । फरक फरक बाँसुरीका धुन बजाएर प्रत्येकलाई क्रियाशील बनाइराखेको छु । आजको यो अठारौँ शताब्दीको बढ्दो आकर्षणले म चिकित्सक बनेँ । चिकित्सा
‘जनतालाई शिरमा राखेर काम गर्छु’
सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट सीताराम साह प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटकमै विजयी बन्नुभयो । शक्ति, सामथ्र्य र विरासत बनाएका प्रतिस्पर्धीलाई साहले निर्वाचनमा ३६ हजार ४१२ मत प्राप्त गरेर हराउनुभयो ।
‘गुलाबी सहर’ बन्दै वालिङ नगरपालिका
स्याङ्जाको वालिङ नगरपालिका यतिबेला ‘गुलाबी सहर’ का रूपमा देशभर चिनिन थालेको छ । सहरका सडक, घरका भित्तादेखि लिएर सार्वजनिक संरचनासम्म गुलाबी रङले सजिँदै जाँदा यसले वालिङलाई अन्य नगरभन्दा फरक र आकर्षक बनाएको छ ।
‘मुस्लिमको हक अधिकार सुनिश्चित गराउँछु’
सामाजिक अभियन्ताका रूपमा सव्रिmय समिना मियाँ पेसाले नर्सिङ सेवामा आबद्ध हुनुहुन्छ । मुस्लिम महिलाको अधिकार र समाजमा हुने बेथितिविरुद्ध बोल्दै आएकी उहाँ यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
नियम मिचेर क्रसर उद्योग सञ्चालन
बर्दियाका क्रसर उद्योग नियम मिचेर सञ्चालन हुँदै आएको पाइएको छ । बर्दियामा सञ्चालनरत सात क्रसर उद्योगमध्ये चार वटा सरकारले तोकेको मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो ।
तस्करी नियन्त्रण प्राथमिकतामा
फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा झा निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस, नेपाली क
गर्मीयाममा नेपालगन्जमा लोडसेडिङ नहुने
नेपालकै अत्यधिक गर्मी हुने स्थानका रूपमा परिचित नेपालगन्जमा यस पटक विद्युत् आपूर्ति अवरुद्ध नहुने नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राका अनुसार पछिल्लो चार महिनामा गरिएको प्राविधिक सुधार र संरचनागत व्यवस्थापनका कारण यस वर्ष गर्मीयाममा नेपालगन्ज क्षेत्रमा लोडसेडिङ नहुने भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
नयाँ शैक्षिक सत्रका पुस्तक आइपुगे
नयाँ शैक्षिक सत्र २०८३ का लागि रुकुमपश्चिममा किताब आइपुगेका छन् । जनक शिक्षा सामग्री केन्द्रबाट अनुमतिप्राप्त व्यवसायीले जिल्लाका विभिन्न विद्यालयका लागि किताब खरिद गरेर ल्याएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
घरेलु हिंसापीडित महिलाका मुद्दा प्रहरीमै सीमित
कैलारी (नाम परिवर्तन) को दाहिने हात र खुट्टाले राम्रोसँग काम गर्दैनन् । जुन दिनदेखि हात खुट्टाले काम गर्न छोडे, त्यो दिन सम्झेर अहिले पनि उहाँ झस्किनुहुन्छ । पाँच वर्षअघिको कुरा हो, घोडाघोडी नगरपालिका–१ स्थित आफ्नो घरमा उहाँ सुतिरहनुभएको थियो । ज्वरोले थला परेकी कैलारीले उठेर खाना पकाउन सक्ने कुरै थिएन । उहाँका श्रीमान्लाई त्यही कुरा उहाँमाथि जाइलाग्ने निहुँ बन्यो ।
लागुऔषधविरुद्ध कठोर कदम
युवापुस्ता मुलुकको भविष्य मात्र होइनन्, वर्तमानका सशक्त ऊर्जा हुन् । युवापुस्ताको लगन र क्षमताबाटै समाजले प्रगतिको गति लिन सक्छ । विश्वभर नै युवालाई आफ्नो लक्ष्यान्तर गर्ने अनेक बाधक तत्व खडा भएका हुन्छन् । लागुऔषधको कुलत त्यस्तै मूल बाधक तत्व हुन सक्छ । लागुऔषधविरुद्ध अनेक कार्य सञ्चालनमा भए पनि यसमा चाहेको सफलता प्राप्त हुन सकेको छैन । लागुऔषधले युवापुस्तालाई सताइरहेको छ
नवप्रवर्तनबाटै समृद्धि
यो युवा र अवसरको समय हो । यो निर्णयको घडी पनि हो । नेपाल आज यस्तो ऐतिहासिक मोडमा उभिएको छ, जहाँ सानो निर्णयले पनि ठुलो दिशा तय गर्न सक्छ । विश्व तीव्र गतिमा प्रविधि, ज्ञान र नवप्रवर्तनमा आधारित अर्थतन्त्रतर्फ अघि बढिरहेको छ । कृत्रिम बुद्धिमत्ता, हरित ऊर्जा, जैवप्रविधि, डिजिटल सेवा र स्वचालन जस्ता क्षेत्रमा भइरहेका तीव्र विकासले विश्व अर्थतन्त्रको स्वरूप नै परिवर्तन गरिरहेको छ । यस्तो परिवर्ति
कांग्रेसको पुनर्जागरण यात्रा
नेपालको लोकतान्त्रिक इतिहासको मूलधारमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन । यो स्वतन्त्रता, नागरिक अधिकार, बहुदलीय प्रतिस्पर्धा र संवैधानिक शासनका लागि भएका दीर्घकालीन सङ्घर्षको संस्थागत रूप हो ।
बलियो विद्यालय संस्कृति
विद्यालय राष्ट्रको शैक्षिक संरचनाको केन्द्र हो । शिक्षाबिना समाज उज्यालो र परिष्कृत बन्न सक्दैन । कुनै पनि देशलाई कमजोर बनाउने सबैभन्दा सजिलो उपाय त्यहाँको शिक्षा प्रणालीलाई कमजोर पार्नु हो भन्ने प्रचलित भनाइ छ । य
समानताको मार्गचित्र
नेपालको राजनीतिक र सामाजिक इतिहासमा २०८२ चैत १३ को मन्त्रीपरिषद् निर्णयले एउटा नयाँ मानक स्थापित गरेको छ । राज्यको बागडोर समालेको कार्यकारी निकायले पहिलो पटक एउटा ऐतिहासिक सत्यलाई आत्मसात् गर्दै स्वीकार गरेको छ– यो देशको झन्डै १५ प्रतिशत जनसङ्ख्यामाथि शताब्दीऔँदेखि संरचनात्मक र शासकीय अन्याय भएको छ । १०० बुँदे शासकीय सुधारको कार्यसूचीमा ‘औपचारिक माफी’ र ‘१५ दिनभित्र ऐतिहा
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
पुस्तान्तरणसँगै मौलिक संस्कृति जोगाइँदै
म्याग्दीका मगर समुदायमा लोपोन्मुख बन्दै गएको पुख्र्यौली नाचसहित मौलिक संस्कृति संरक्षणका लागि नयाँ पुस्ता सक्रिय हुन थालेका छन् । जिल्लाको विभिन्न गाउँमा पाका पुस्ताले नाच्दै आएको पुख्र्यौली नाच, सोरठी भाका, मादले–मारुनी र कौरा नाचमा बालबालिका र युवापुस्ताको सहभागिता बढ्न थालेपछि पुस्तान्तरणसँगै मौलिक संस्कृति जोगिने आशा बढेको छ ।
‘नखोज मेरो फाइदा तिमी’ सार्वजनिक
रुथलेसलेको स्वरमा रहेको ‘नखोज मेरो फाइदा तिमी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुपरस्टार इन्टरटेनमेन्टले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
चिनियाँ चलचित्र प्रदर्शन
सिजाङ पानोरमा अन्तर्गत शनिबार तीन चिनियाँ चलचित्र प्रदर्शन भएका छन् । ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वल्र्ड’ र ‘सनराइज ओभर द प्लेटो’ नामक चलचित्र प्रदर्शन भएका हुन् ।
काव्य गोष्ठीमा मातृ वन्दनाको परिचर्चा
छन्दकवि दिव्यलक्ष्मी पोखरेलको काव्यकृति मातृ वन्दनामाथि राजधानीमा शनिबार परिचर्चा गरिएको छ । नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आयोजित मासिक सुप्रभात काव्य गोष्ठीमा समालोचक ढुण्डिराज पहाडीले सुनकोशीको प्रवाह जस्तै दिव्यलक्ष्मीको काव्यमा भोगाइ र अनुभूतिको प्रवाह रहेको चर्चा गर्नुभयो ।