गृहसचिव श्रेष्ठले गर्नुभयो पदभार ग्रहण
गृह मन्त्रालयमा सरुवा भएर आउनुभएका गृहसचिव राजकुमार श्रेष्ठले सोमबार पदभार ग्रहण गर्नुभयो। गृहमन्त्री ओमप्रकाश अर्यालले सरुवा भई आउनु भएका गृह सचिव श्रेष्ठलाई स्वागत गर्नुका साथै नयाँ जिम्मेवारीमा सरुवा भई जानुभएका सचिव रामेश्वर दंगाललाई मन्त्रालयमा बसेर आजसम्म गर्नुभएको कार्यप्रति धन्यवाद दिंदै बिदाइ गर्नुभएको थियो।
सडेको अवस्थामा शव फेला
धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो ।
थाइल्यान्डद्वारा युद्धविराम उल्लङ्घनको आरोप
थाइल्यान्डको सेनाले सोमबार कम्बोडियामाथि नयाँ हस्ताक्षर गरिएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ ।
इजरायलको स्वच्छ ऊर्जा प्रवद्र्धनमा नयाँ कदम
इजरायलले दक्षिणी क्षेत्रमा रहेको आशालिम ऊर्जा स्टेशनमा ब्याट्रीसहितको नयाँ सौर्य ऊर्जा केन्द्र निर्माण गर्ने भएको छ । यो केन्द्र राष्ट्रिय विद्युत क्षेत्रमा करिब ८० मेगावाट विद्युत आपूर्ति गर्न सक्षम हुने छ भने जडित सौर्य प्यानलको क्षमता १५० मेगावाट रहेको छ ।
विकासमा योगदान गर्नेलाई सम्मान
म्याग्दीको बेनी नगरपालिकाले नगरको विकासका लागि उत्कृष्ट योगदान गर्ने कर्मचारी, नागरिक र संस्थालाई सम्मान गरेको छ ।
सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु : अधिकार समूह
सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
रैथाने उत्पादन र मह प्रवर्द्धनमा रत्ननगर महोत्सव
रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने उद्देश्यसहित चितवनको रत्ननगर नगरपालिका–टिकौली चौरमा रत्ननगर महोत्सव–२०८२ आयोजना हुने भएको छ ।
२७ लाख ठगी गर्ने दुई व्यक्ति पक्राउ
अनलाइन जागीरमार्फत रकम कमाउन सकिन्छ भन्दै विभिन्न प्रलोभन देखाएर रकम ठग्ने दुई जना पक्राउ परेका छन् । गुल्मी धुर्कोट गाउँपालिका वडा –३ हाडहाडे बस्ने २९ बर्षिया एक महिलाको २६ लाख ९६ हजार ६५२ रुपियाँ ठग्ने बिरगञ्ज उपमहानगरपालिका वडा २१ बस्ने वर्ष २६ को श्रवणकुमार पटेल काठमाडांैंबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७ पुगेको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ ।
आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएन : पूर्वगृहमन्त्री लेखक
नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बल प्रयोगसम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको बताउनुभएको छ ।
छोराकाे हत्या आरोपमा आमा पक्राउ
चार वर्षीय नाबालक छोराको हत्या आरोपमा राजविराज नगरपालिका-१, चनौरा पडरियाकी काजलकुमारी साफी पक्राउ परेका छन्।
राष्ट्रपति लीद्वारा ब्लु हाउसको भ्रमण
दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङले सोमबार देशको परम्परागत राष्ट्रपति दरबार चेओङ वा डे (ब्लु हाउस) भ्रमण गर्नु भएको छ । यो उहाँले जुनमा पदभार सम्हालेपछि पहिलो पटक उक्त दरबार पुग्नु भएको अवसर हो ।
दुर्घटना घटाउन राजमार्गमा सूचना बोर्ड
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले संयुक्त रुपमा राजमार्गमा सूचना बोर्ड स्थापना गरेको छ ।
मध्य महालक्ष्मी सडक धमाधम कालोपत्रे
धनकुटा महालक्ष्मी नगरपालिकाले मध्य महालक्ष्मी सडक कालोपत्रे गर्न सुरु गरेको छ । जितपुर बजारबाट सङ्खुवासभाको धर्मदेवी नगरपालिका जोड्ने करिब १०.५ किलोमिटर मध्ये पाँच किलोमिटर सडक कालोपत्रे यो वर्ष हुने पालिकाले जनाएको छ ।
उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण
उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ । देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गरिएको यो प्रक्षेपण उत्तर कोरियाले पहिलो आणविक-सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाएको केही दिनपछि सार्वजनिक भएको हो ।
मिनी गोसाइँकुण्डमा १०८ धारा निर्माण गरिँदै
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ अन्तर्गतको मिनी गोसाइँकुण्ड क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित १०८ धारा निर्माण कार्य सुरु गरिएको छ ।
श्रवणदृष्टि विहीन बालबालिका शिक्षाको पहुँच बाहिर
संविधान र राष्ट्रिय शिक्षा नीतिले शिक्षालाई मौलिक हकको रूपमा उठाए पनि नेपालका श्रवणदृष्टि विहीन (बहिरा-दृष्टिविहीन)बालबालिका अझै पनि समावेशी र गुणस्तरीय शिक्षाको पहुँच बाहिर बस्नु परेको सरोकारवालाले बताएका छन् ।
पाल्हीनन्दनमा सडक सञ्जाल विस्तार
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै रणनीतिक सडक सञ्जाल विस्तार कार्यलाई तीव्रता दिएको छ। गाउँपालिका –५ स्थित सिसवामा निर्माणाधीन रणनीतिक बाटो र पक्की नाली निर्माणको काममा अहिले तीव्रता दिएको हो।
शीतलहर बढेपछि विद्यालय बन्द
तराई–मधेशमा शीतलहर बढ्दै गएपछि लहान नगरपालिकाका सामुदायिक विद्यालयहरू बन्द गरिएको छ । विपन्न समुदायलाई शीतलहरबाट जोगाउन लहान नगरपालिकाले फाइवर सिरक वितरण गर्ने कामलाई निरन्तरता दिइरहेको छ ।
करेन्ट लागेर महिलाको मृत्यु
कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलौरी नगरपालिका–७, पौलाहका २८ वर्षीय हरिना चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित
गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ ।
बाल मन्दिरका विद्यार्थीलाई जुत्ता–मोजा र टोपी
लायन्स क्लब अफ लमजुङ बेँसीसहरले बेँसीसहर नगरपालिका–७ स्थित लक्ष्मी बाल मन्दिर विद्यालयका विद्यार्थीलाई जुत्ता–मोजा र टोपी वितरण गरेको छ ।
रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण
रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् । रकेट प्रक्षेपण आइतबार दिउँसो भोस्तोच्नी अन्तरिक्ष स्थल, आमुर प्रदेशमा सम्पन्न भएको थियो ।