काठमाडौँ, कात्तिक १८ गते । भारत गुजरातका फोटोग्राफर नलिनिकान्त भैश्यकको एकल तस्बिरको प्रदर्शनी सुरु भएको छ । ‘हेरिटेज इन्डिया’ शीर्षकमा उहाँका ३२ थान फोटो प्रदर्शित छन् ।
प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति गोपाल चित्रकारले एक समारोहबिच उद्घाटन गर्नुभयो । चित्रकारले फोटाहरू स्तरीय रहेको अभिव्यक्ति दिँदै नेपालका कला, संस्कृति र सम्पदा सन्दर्भमा समेत यस प्रकारका प्रदर्शनीको परम्परा नियमितता बन्न सकेमा फलदायी रहने बताउनुभयो ।
उक्त प्रदर्शनीमा भारतका विभिन्न स्थानमा रहेका कला, संस्कृति तथा सम्पदा विषयसँग सम्बन्धित अत्यन्त कलात्मक र महìवपूर्ण छविचित्र समावेश गरिएका छन् । छविकार भैश्यकका अनुसार प्रदर्शित छविचित्रहरू नेपाल र भारत दुवै देशको सांस्कृतिक पक्ष समान प्रकृतिको भएको र सो सन्दर्भमा नेपालमा समेत भारतको सांस्कृतिक स्थितिलाई प्रकाशित गर्न पाउनु आफ्ना निमित्त गरिमाको विषय रहेको छ । प्रदर्शनी कात्तिक १८ गतेसम्म सञ्चालनमा रहने आयोजकले जनाएको छ ।