• १२ साउन २०८१, शनिबार

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू

नेपाली कांग्रेस

नेपाली कांग्रेस

प्रतिनिधिसभा ५७
समानुपातिक ३२
प्रदेशसभा १११

बाजुरामा काङ्ग्रेसका पाण्डे विजयी

बाजुरा, मङ्सिर १८ गते । बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी हुनुभएको छ । उहाँले नेकपा ९एमाले०का उम्मेदवार कर्णबहादुर थापाको भन्दा पाँच हजार ५४१ मत ल्याएर विजयी हुनु भएको हो ।


नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ । नेता गुरुङले ५ हजार ६२७ मतान्तरसहित विजयी हुनुभएको जानकारी निर्वाचन अधिकृत रामचन्द्र शर्मालेले जानकारी दिनुभयो । अन्तिम नतिजा अनुसार कांग्रेसका गुरुङले ३१ हजार ४६६ मत  प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का पद्मा अर्यालले २५ हजार ८२९ मत ल्याउनुभएको छ । 


नेपाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभएको छ । मन्त्री कार्कीका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभएको छ ।


उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा परराष्ट्रमन्त्रीसमेत रहनुभएका बाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी हुनुभएको छ । आफ्ना प्रतिद्वन्द्वी नेकपा (एमाले)का मञ्जुकुमारी चौधरीलाई दुई हजार ३७९ मतान्तरले पराजित गर्दै परराष्ट्रमन्त्री डा.खड्का विजयी हुनुभएको छ ।


बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर सिंह राठोर विजयी हुनु भएको छ । राठोरले नेकपा९एमाले०का किस्मत कुमार कक्षपतिलाई हराउँदै विजयी हुनु भएको हो । 


रामेछाप रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ [कान्छाराम] विजयी हुनुभएको छ । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्नुभई उहाँ विजयी हुनु भएको छ । 


कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट  ४३० मतान्तरले प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ। लिम्बूले  २७ हजार २९७   मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार घनश्याम खतिवडाले २६ हजार ८६७  मत प्राप्त गर्नुभयो।


मुगुको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनु भएको छ। उहाँले  १४ हजार ७०६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का राजबहादुर कार्कीले १० हजार ७१० मत प्राप्त गर्नुभएको छ।


कपिलवस्तु २ मा काँग्रेसका उम्मेदवार सुरेन्द्र राज आचार्य ३१७ मतान्तरले विजयी भएका हुनु भएको छ । उहाँले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गर्दै विजयी हुनु भएको छ ।


सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं ४ मा नेपाली काङ्ग्रेसका उम्मेदवार तेजुलाल चौधरी निर्वाचित हुनु भएको छ। उहाँ लगातार तेस्रो पटक सोही क्षेत्रबाट जित्नु भएको हो।


महोत्तरी क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका महेन्द्र कुमार राय निर्वाचित हुनु भएको छ । रायले जनता समाजवादी पार्टीका डा सुरेन्द्रकुमार यादवलाई चार हजार बढी मतले पछि पार्दै विजयी हुनु भएको हो । 


तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवासीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । 


प्रतिनिधि सभा सदस्यमा नुवाकोट २ बाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी निर्वाचित हुनु भएको छ । केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी हुनु भएको हो । 


मोरङ ३ मा नेपाली काँग्रेसका उम्मेदवार डाक्टर सुनिलकुमार शर्मा २२ हजार ७३६ मतान्तरले विजयी हुनु भएको छ ।


धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी हुनुभएको छ। धादिङ कांग्रेसका जिल्ला समापति अधिकारीले नेकपा (एमाले)का खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गर्नुभएको हो। कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत पाउनुभएको छ भने एमालेका लोहनीले २३ हजार ९ सय ५० मत पाउनुभएको छ। यो क्षेत्रमा ६७ हजार ६ सय १ मत खसेको थियो। 


प्रतिनिधि सभातर्फ सङ्खुवासभामा नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्का निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका खड्काले ३२ हजार १५८ मत प्राप्त गरी विजयी बन्नुभएको हो ।


मङ्सिर ४ गते भएको निर्वाचनमा स्याङ्जा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका राजु थापा विजयी हुनुभएको छ । थापाले निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतले पराजित गर्नुभएको हो ।


निर्वाचन क्षेत्र नम्बर १ गुल्मीमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी हुनुभएको छ । उहाँले ३३ हजार ७४४ मत ल्याउदा नेकपा (एमाले)का प्रदीप ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गर्नुभएको छ । भण्डारीले एक हजार ५९२ मतले ज्ञवालीलाई पछाडी पार्दै विजयी हुनुभएको हो ।


कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । 

धनुषा क्षेत्र नं.२ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव एमालेका उम्मेदवार उमाशंकर अरगरियाभन्दा १५७ मत बढी प्राप्त गरी विजयी हुनुभएको छ । यादवले २० हजार ११२ मत प्राप्त गर्नुभएको छ भने अरगरियाले १९ हजार ९५५ मत प्राप्त गर्नुभएको छ ।


दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी विजयी हुनुभएको छ । पूर्व सिचाई मन्त्री समेत रहनुभएका गठबन्धनका उम्मेदवार गिरीले ३६ हजार ८८२ मत प्राप्त गरी दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।


मोरङ क्षेत्र नम्बर ६ बाट बाम–गठबन्धन तर्फका नेपाली काँग्रेसका  उम्मेदवार डा. शेखर कोइराला विजयी हुनु भएको छ । प्रतिनिधिसभा सदस्यमा  नेपाली कांग्रेसका नेता कोइरालाले प्रतिद्वन्द्वी नेकपा एमालेका लालबाबु पण्डितलाई १२ हजार २८६ को भारी मतान्तरले पराजित गरी विजयी हुनुभएको हो ।

प्रतिनिधिसभा–२ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी हुनभएको छ । बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शेरबहादुर तामाङले २७ हजार ४९३ मत प्राप्त गर्नु भएको छ ।


चर्चित उद्योगपति विनोद चौधरी लुम्बिनी प्रदेशको नवलपुर  (पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार चौधरी सात हजार १५१ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँले २९ हजार ४५९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गर्नुभएको छ । 


बर्दिया–१ प्रतिनिधि सभामा नेपाली कांग्रेसका सञ्जयकुमार गौतम विजयी हुनुभएको छ । गौतम ३० हजार ६६१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लक्ष्मणराज ज्ञवालीले २६ हजार १५५ मत पाउनुभयो ।


सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ। उहाँ ११ हजार ६१९ मतान्तरले खड्का विजयी हुनुभएको हो। उपसभापति खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्नुभएको छ। उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गर्नुभयो। उपसभापति खड्का पाँचौँ पटक विजय हुनुभएको हो।


पूर्वी नवलपरासी क्षेत्र नम्बर २ बाट नेपाली  कांग्रेसका विष्णुकुमार कार्की विजयी हुनुभएको छ । नेकपा (एमाले)का तिलबहादुर महत क्षेत्रीलाई दुई हजार बढी मतान्तरले पराजित गर्दै कांग्रेसका कार्की विजयी हुनुभएको हो । कार्कीले ३६ हजार १ सय ४ मत ल्याउनु भएको छ भने महतले ३४ हजार ८३ मत प्र्राप्त गर्नुभएको छ  ।   


सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसका दिनेशकुमार यादव निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार यादव यादवले २६ हजार १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्दी नेकपा (एमाले)का ताराकान्त चौधरीले २२ हजार तीन सय मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, जनमत पार्टीका अनिश अन्सारीले १५ हजार एक सय १४ मत प्राप्त गर्नुभयो ।


सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । थानीले ३४ हजार ६२५ मतसहित विजय हुनुभएको हो । थानीका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का अमृतबहादुर बुढाक्षेत्री पाँच हजार ६७ मतान्तरले पराजित हुनुभएको हो । बुढाक्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गर्नुभएको छ ।


रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना विजयी हुनुभएको छ । तिमिल्सिनाले ३४ हजार १६१ मत प्राप्त गर्नुभएको छ । उहाँले निकटम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार उद्धवप्रसाद रेग्मीलाई सात हजार ६०२ मतले पराजित गर्नुभएको हो । रेग्मीले २६ हजार ५५९ मत प्राप्त गर्नुभएको छ । यसअघि तिमिल्सिना २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।


नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ । निकै प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार १२६ मत आउँदा नेकपा (एमाले)का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।


भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ । निर्वाचन अधिकृत लोकनाथ पराजुलीका अनुसार थापाले २४ हजार २३९ मत प्राप्त गर्नुभएको छ ।  उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गर्नुभयाे । 


प्रधानमन्त्रीका दाबेदार तनहुँ–१ को प्रतिनिधी सभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारी मतान्तरले विजयी हुनु भएको छ ।  पौडेलले प्रस्तिपर्धी एमालेका एकबहादुर राना भन्दा ५ हजार ३८८ मतान्तरले विजयी हुनुहुभयो ।


रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य विजयी हुनुभएको छ । नेकपा (एमाले)का छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गर्दै आचार्य विजयी हुनुभएको हो । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाउनुभएको छ ।  आचार्य र तामाङबीचको मतान्तर ९ हजार ६२१ रहेको छ ।


सिन्धुली– १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे चार हजार ८५३ मत अन्तरसहित विजयी हुनुभएकाे । उहाँले ३० हजार ३९९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेद्वार प्रदीप कटुवालले २५ हजार ५४६ मत प्राप्त गर्नुभएको छ ।


गोरखा–१ बाट वाम–गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका राजेन्द्र बजगाईँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेतलाई भारी मतान्तरले हराउँदै विजयी बन्नु भएको हो । 


कैलाली क्षेत्र नं. ४ बाट गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलाएर प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको छ । बलायरले २६ हजार १७१ मत पाएर विजय हाँसिल गर्नु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी एमाले का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट २२ हजार ५८७ मत पाएर पराजित हुनुभयो । 


दैलेख निर्वाचन क्षेत्र न २ प्रतिनिधि सभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका दिकपाल कुमार शाही विजयी हुनुभएको छ । शाहीले  २० हजार १५८ मत सहित विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का  २० हजार ५ मत प्राप्त गर्नुभयो । 


दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू दुई हजार १३४ मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बडूले २८ हजार ५१५ मत ल्याउँदै एमालेका गणेशसिंह ठगुन्नालाई पराजित गर्नु भएको हो । एमालेका ठगुन्नाले २६ हजार ३८१ मत पाउनुभयो ।


म्याग्दी प्रतिनिधि सभा सदस्य तर्फ वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्बुजा [खम्बिर] विजयी हुनुभएको छ । खर्बुजाले २४ हजार २१ मत ल्याउनु भएको छ भने प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत ल्याउनु  भएको थियो ।


कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नारायण प्रकाश साउद विजयी हुनु भएको छ । साउदले २८ हजार एक सय मत ल्याउनु भएको थियो भने नेकपा (एमाले)का नर बहादुर धामीले २१ हजार ६४५ ल्याउनु भएको थियो ।


कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेका रमेश लेखक विजयी हुनुभएको छ । लेखकले एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्नुभएको हो । लेखकले ३० हजार ५४४ मत ल्याउनुभयो भने पालले १८ हजार ४४८ मत पाउनुभयो । 


पर्सा २ बाट नेपाली कांग्रेसका अजय चौरसिया विजयी हुनुभएको छ। नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र कुर्मीलाई ६ हजार ६ मत अन्तरले पराजित गर्नुभएको हो। चौरसियाले २८ हजार ४ सय ५१ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कुर्मीले २२ हजार ४४५मत पाउनु भएको छ। 


झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ। शर्मा ३९ हजार ६२४ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अग्नि खरेलले २५ हजार ३४९ मत पाउनुभएको छ। खरेलभन्दा १४ हजार २७५ मत बढी ल्याएर शर्मा विजयी हुनुभएको हो। 


अछाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह विजयी हुनुभएको छ। शाह छ हजार ८४० मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिनुभयो।  शाहले २२ हजार ९५४ मत ल्याएर विजयी हुनुभयो भने निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का यज्ञबहादुर बोगटीले १६ हजार ११४ मत प्राप्त गर्नुभएको छ। 


ओखलढुंगाको प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका रामहरि खतिवडा  विजयी हुनुभएको छ। खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी हुनुभएको हो । नेकपा (एमाले) का यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गर्नुभएको छ । 


पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार रमेशरिजाल विजयी हुनुभएको छ । नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पाँच हजार पाँच सय ३० मत अन्तरले पराजित गर्दै नेपाली कांग्रेसका रिजाल विजयी हुनुभएको हो । रिजालले ३१ हजार एक सय ४२ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जालिम मियाँ मन्सुरीले २५ हजार ६ सय १२ मत प्राप्त गर्नुभएको हो ।


काठमाडौं क्षेत्र नम्बर ३ मा कांग्रेसका सन्तोष चालिसे विजयी हुनुभएको छ । चालिसे १५ हजार १५८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी कृष्णबहादुर राईले ११ हजार १९६ मत प्राप्त गर्नुभएको छ।


तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी विजयी हुनुभएको छ । २९ हजार ६४५ मत ल्याएर भण्डारी विजयी हुनुभएको हो ।


काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी  विजयी हुनुभएको छ । केसी १४ हजार ४५८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७८६ मत ल्याउनुभएको छ ।  


 प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित हुनुभएको छ । डडेलधुराबाट प्रधानमन्त्री देउवा २५ हजार ५३४ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याउनुभएको छ ।


ललितपुर–१ बाट प्रतिनिधिसभामा  नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणा विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई चार हजार छ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । राणाले २३ हजार आठ सय ९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार दुई सय ७८ मत प्राप्त गर्नुभएको छ ।


काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल विजयी हुनुभएको छ। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल पहिलो पटक संसद् पदमा निर्वाचित हुनुभएको हो। काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल १५ हजार २३७ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पोखरेलले १० हजार १७२ मत पाउनुभएको छ। ५ हजार  ६५ मत अन्तरले पौडेल विजयी हुनुभएको हो।


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ। सिंह सात हजार एक सय ४० मत ल्याएर विजयी हुनुभएको हो। सिंह उहाँका प्रतिस्पर्धी रवीन्द्र मिश्रभन्दा एक सय २९ मतले अगाडि रहँदै निर्वाचित हुनुभएको हो। मिश्रले सात हजार ११ मत ल्याउनुभएको छ । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गर्नुभएको थियो ।


मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलेको छ। नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली विजयी हुनुभएको हो । गौचनले तीन हजार ९९२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत प्राप्त गर्नुभयो । योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुनुहुन्छ ।


हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले ३ सय ३० मतान्तरले नेकपा (एमाले) का पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित हुनुभएको हो । 


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ४ बाट अत्यधिक मतका साथ विजयी हुनुभएको छ।४६ वर्षीय थापाले २१ हजार ३०१ मत प्राप्त गर्नुभएको जानकारी निर्वाचन अधिकृत शारदादेवी पौडेलले जानकारी दिनुभयो। उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) डा. राजन भट्टराईलाई ७ हजार ४४६ मत अन्तरले पराजित गर्नुभएको हो 

दोखला क बाट कांग्रेसका कुन्दनराज काफ्ले विजयी

दोखला, मङसिर १८ गते । दोलखा जिल्लाको निर्वाचन क्षेत्र १ को प्रदेश सभा क बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी हुनुभएको छ । 


बाजुरा ख मा काङ्ग्रेसका शाही विजयी

बाजुरा, मङ्सिर १८ गते । बाजुराको प्रदेश निर्वाचन क्षेत्र न. १ को प्रदेश ख मा नेपाली काङ्ग्रेस उम्मेदवार पदमबहादुर शाही विजयी हुनुभएको छ । उहाँले २० हजार ११९ मत प्राप्त गरी शाही विजयी हुनुभएको हो ।


नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई स्याङ्जाको क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ एक हजार ७८६ मत अन्तरले विजयी हुनु भएको छ। भट्टराईले १८ हजार ७८८ मत ल्याउनु भएको छ भने उहाँका निकटतमा प्रतिस्पर्धी नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १७ हजार २ मत ल्याउनुभएको छ। 


स्याङ्जा निर्वाचन क्षेत्र नं २ क मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी हुनु भएको छ । अर्यालले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई दुई हजार ७३०  मतान्तरले पछि पार्दै विजयी हुनु भएको हो । 

सुनसरीको निर्वाचन क्षेत्र ४ (क) को प्रदेश सभा सदस्यमा  नेपाली कांग्रेसका उम्मेदबार सदानन्द मण्डल विजयी हुनुभएको छ । प्रदेश सभा सदस्य निर्वाचित हुनुभएका मण्डलले १५ हजार १९८ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदबार पर्शुराम बस्नेतले १२ हजार ३० मत प्राप्त गर्नुभयो ।  


सुनसरीको निर्वाचन क्षेत्र नं. ४ (ख) को प्रदेश सभा सदस्यमा  नेपाली कांग्रेसका उम्मेदबार हाजी इसराइल मंसुरी विजयी हुनुभएको छ । प्रदेश सभा सदस्य निर्वाचित हुनुभएका मंसुरीले १४ हजार ३२८ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अब्बास अन्सारीले १२ हजार १८५ मत प्राप्त गर्नुभयो ।  


कैलाली निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर बम विजयी हुनुभएको छ । उहाँले १२ हजार ४७३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार हरि सिह साँउद ११ हजार ९५७ मत ल्याउनुभएको छ ।


दाङ क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका नेता प्रचण्डविक्रम न्यौपाने विजयी हुनुभएको छ । प्रदेशसभा सदस्यमा विजयी न्यौपानेले १७ हजार चार सय २३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी केसीले १६ हजार छ सय ९९ सय मत प्राप्त गर्नुभएको छ ।


गोरखा क्षेत्र नं.२ को (ख)मा फराकिलो मतान्तरसहित नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे निर्वाचित हुनुभएको छ । २७ हजार ३२७ मत खसेकोमा पाण्डे एक्लैले १६ हजार ८८२ मत ल्याउनु भएको छ । उहाँका निकटम् प्रतिद्वन्द्वी एमालेका वसन्त गुरुङले पाँच हजार ३६७ मत ल्याउनु भएको छ ।


पर्सा निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार जनार्दन सिंह क्षेत्री १० हजार १९५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मधु गुप्ताले सात हजार ५०७ मत प्राप्त गर्नुभएको छ ।


रुपन्देही निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार अब्दुल रजाक गद्दी १२ हजार १३७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार दधिराम न्यौपानेले ११ हजार ३०२ मत प्राप्त गर्नुभएको छ ।


नेपाली कांग्रेस कञ्चनपुरले निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रदेश सभाबाट आफ्नो खाता खोलेको छ । गठबन्धनका उम्मेदवार कांग्रेसका पूर्व सभापति बहादुरसिंह थापा निर्वाचित हुनुभएको हो । थापाले निकटतम प्रतिद्वन्द्वी एमालेका केन्द्रीय सदस्य तथा कञ्चनपुर सह–इन्चार्ज कृपाराम रानालाई १ हजार ७२६ मतको अन्तरले पराजित गर्नुभयो । थापाले १० हजार ६६८ र रानाले ८ हजार ९४२ मत पाउनुभयो ।


रुकुम पूर्व प्रदेशसभा 'ख' मा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर केसी विजयी हुनुभएको छ । उहाँले ४ हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी  स्वतन्त्र उम्मेदवार नरहरी खड्काले २ हजार २ सय ४४ मत प्राप्त गर्नुभएको छ ।


कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार सुधाकर पाण्डेय १४ हजार १८५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार धर्मबहादुर लाल श्रीवास्तवले १३ हजा २९४ मत प्राप्त गर्नुभएको छ ।


बागलुङ निर्वाचित क्षेत्र नं. २ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार दीर्णकुमार कुवँर १२ हजार ४२१ मत प्राप्त गरी विजयी हुनुभएको छ । कुवँरका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवरा लक्ष्मण पुन मगरले आठ हजार ६८० मत ल्याउनुभएको छ ।


बागलुङ निर्वाचित क्षेत्र नं. १ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराम सुबेदी विजयी हुनुभएको छ । उहाँले १३ हजार ३७९ मत प्राप्त गर्नुभएको छ । सुबेदीको निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार नवराज पौडेलले सात हजार २५९ मत प्राप्त गर्नुभएको छ ।


नुवाकोट निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी हुनुभएको छ । महतले १३ हजार ७२७ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार पूर्णलाल श्रेष्ठले ११ हजार ८३१ मत प्राप्त गर्नुभएको छ ।

काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार कन्चनचन्द्र वादे विजयी हुनुभएको छ । उहाँले २६ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । वादेको निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार कुमार थापाले २१ हजार ९५७ मत प्राप्त गर्नुभएको छ ।


सर्लाही क्षेत्र नम्बर २ (ख) बाट नेपाली कांग्रेसका कौशलकिशोर राय प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । राय १७९ मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । रायले नौ हजार ६२६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मेथुर चौधरीले नौ हजार ४४७ मत पाउनुभयो ।


भोजपुर निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार विनोद राई विजयी हुनुभएको छ । उहाँले १३ हजार ५९० मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । राईका निकटतम प्रतिद्वन्दी नेकपा (एकाले)का १२ हजार ८३६ मत प्राप्त गर्नुभएको छ ।


लमजुङ निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार भेषबहादुर पौडेल विजयी हुनुभएको छ । पौडेलले १९ हजार ५६० मत प्राप्त गरी विजयी हुनुभएको हो । निर्वाचन आयोगका अनुसार उहाँ निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का कृष्णप्रसाद अधिकारी १८ हजार ८१० मत प्राप्त गर्नुभएको छ ।


बर्दिया निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (क)मा नेपाली कांग्रेसका उम्मेदवार जन्मजय तिमिल्सिना विजयी हुनुभएको छ । तिमिल्सिनाले १७ हजार २५१ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्रदेशी चौधरीले १२ हजार १८४ मत प्राप्त गर्नुभएको छ ।


सिन्धुपाल्चोक प्रतिनिधि सभा–१ को प्रदेश सभा (१) मा गठबन्धनकी मसिना खड्का भण्डारी विजयी हुनु भएको छ । कांग्रेसबाट गठबन्धनको उम्मेदवार भई विजयी मसिनाले १४ हजार ६५२ मत प्राप्त गर्नु भएको छ भने उहाँकी निकटतम प्रतिद्वन्द्वी तामाङले १३ हजार ४९० मत प्राप्त गर्नु भएको छ ।


काठमाडौं निर्वाचन क्षेत्र नं. १० को प्रदेशसभा (क)मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी हुनुभएको छ । महर्जनले १० हजार ८२ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, उहाँका निकटतम प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार उमेश राज सापकोटाले सात हजार चार सय मत प्राप्त गर्नुभएको छ ।


काठमाडौं निर्वाचन क्षेत्र नं. ६ को प्रदेशसभा (क)मा नेपाली कांग्रेसका उम्मेदवार हरिप्रभा खड्गी विजयी हुनुभएको छ । खड्गीले चार हजार ३६१ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार निरेशलाल सिंह महर्जनले  तीन हजार ९३६ मत प्राप्त गर्नुभएको छ ।


इलाम १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका शम्शेर राई विजयी हुनुभएको छ । राईले निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का दिपककुमार थेवेलाई ५ सय ४१ मतान्तरले पराजित गर्नुभयो । राईले १२ हजार सात सय ७४ मत पाउँदा थेवेले १२ हजार एक सय ३३ मत पाउनुभयो । 


सर्लाही निर्वाचन क्षेत्र नं. ४ को (क)मा नेपाली कांग्रेसका उम्मेदवार विरेन्द्रप्रसाद सिंह विजयी हुनुभएको छ । सिंहले १५ हजार ६९३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार रामबाबु रायले १४ हजार ६१६ मत प्राप्त गर्नुभएको छ ।


धनुषा निर्वाचन क्षेत्र नं. ३ को (क)मा नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव विजयी हुनुभएको छ । यादवले १७ हजार २९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार जीतेन्द्रकुमार यादवले १३ हजार ४५९ मत प्राप्त गर्नुभएको छ ।


धनुषा  निर्वाचन क्षेत्र नं. १ को (क)मा नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार महतो विजयी हुनुभएको छ । महतोले १० हजार ९५५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार सुकेश्वर यादवले १० हजार ९४९ मत प्राप्त गर्नुभएको छ ।


नेपाली कांग्रेसका प्रकाश देउवा प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ । कैलाली निर्वाचन  ५ (ख) बाट उहाँ प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो। उहाँले नौ हजार ५९१ मत प्राप्त गरी जित हासिल गर्नु भएको छ । देउवाको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दुर्गा जोशीले छ हजार ३५१ मत प्राप्त गर्नुभयो।  


दैलेख क्षेत्र नं १ प्रदेश ख बाट सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसका कृष्णकुमार बिसी  १० हजार ५४५ मत सहित विजयी हुनुभएको छ । भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का प्रेम बहादुर थापा  ९ हजार ४७१ मतमै सीमित हुनुभयो । बिसीले थापालाई एक हजार ७६ मतको फराकिलो मतान्तरले जित हासिल गर्नु भयको हो । 


इलाम क्षेत्र नं २ (क) मा नेपाली कांग्रेसका गोविन्द्र गिरी विजयी हुनुभएको छ । गिरीले १६ हजार ६५८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । गिरीले नेकपा (एमाले) का गणेशप्रसाद बराललाई १२ सय ११ मतले पछि पार्नुभएको छ ।


सिन्धुली १ प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका रामकुमार पहाडी विजयी हुनुभएको छ। पहाडी १५ हजार ६२१ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुमारबहादुर कार्कीले १३ हजार ३९९ मत पाउनुभएको छ। 


नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेश– (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित हुनुभएको छ ।शनिबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका तामाङ १७ हजार २४९ मत ल्याएर विजयी हुनुभएको हो ।
धनुषाको निर्वाचन क्षेत्र ४ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार शेषनारायण यादव विजयी हुनुभएको छ । उहाँले १४ हजार ५५ मत प्राप्त गरी प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रद्विन्दी नेकपा (एमाले)का सन्तोष यादवले १२ हजार ६०६ मत प्राप्त गर्नभएको छ ।
 जीवनबहादुर शाहीले दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको छ । शाही हुम्ला (ख) बाट निर्वाचित हुनु भएको छ ।

उदयपुरको निर्वाचन क्षेत्र १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की निर्वाचित हुनुभएको छ । उहाँले १४ हजार ९७९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्य पदमा विजयी हुनुभएको हो । 


मोरङको निर्वाचन क्षेत्र नं. ६ (ख)बाट प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की विजयी हुनुभएको छ । एमालेका नेता कृष्ण बस्नेत (पर्शुराम)लाई हराउँदै प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको हो । कार्कीले १० हजार ४५० मत प्राप्त गर्नुभयो । एमाले उम्मेद्वार कृष्ण बस्नेतले नौ हजार २७३ मत प्राप्त गर्नुभयो ।


कालीकोट निर्वाचन क्षेत्र १ प्रदेश (ख) मा नेपाली कांग्रेसका हिक्मतवहादुर बिष्ट निर्वाचित हुनुभएको छ । उहाँ सात हजारभन्दा वढी मतले निर्वाचित हुनुभएको हो ।  गठबन्धनबाट निर्वाचित बिष्टले १३ हजार ७८३ मत प्राप्त गर्नुभयो । 


गुल्मी क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका धनेन्द्र कार्की निर्वाचित हुनुभएको छ। कार्की १८ हजार ५९६ मत ल्याएर प्रदेश सभामा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का फर्सु पाण्डे १७ हजार ९९१ मत ल्याएर पराजित हुनुभयो । कार्की ६०५ मतान्तरले विजयी हुनुभएको हो ।


मोरङ ५ (ख)मा कांग्रेसका अमृतकुमार अर्याल विजयी हुनु भएको छ । अर्यालले १६ हजार १०२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा)का जयराम यादवले १० हजार ८२५ मत प्राप्त गर्नुभएको छ ।

मोरङ क्षेत्र नं. ५ (क)मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी हुनुभएको छ । उहाँले १४ हजार ८४३ मत प्राप्त गर्नुभएको छ ।


पश्चिम नवलपरासीका प्रदेश निर्वाचन क्षेत्र नम्बर १ (ख)मा नेपाली कांग्रेसका देवकरण कलवार विजयी हुनुभएको छ । जनमत पार्टीका असरफअली चुरियारलाई एक हजार १९८ मतान्तरले पछि पार्दै कांग्रेसका उमेदवार कलवार विजयी हुनुभएको निर्वाचन अधिकृत दुर्गा भटटराईले बताउनुभएको छ ।


प्रदेशसभा सदस्यअन्तर्गत मोरङ ४ (ख) मा नेपाली कांग्रेसका भीम पराजुली विजयी हुनुभएको छ ।पराजुलीले नेकपा (एमाले)का उम्मेदवार एवम् प्रदेश नं.१ का पूर्व मन्त्री जीवन घिमिरेलाई पराजित गर्नु भएको हो । पराजुलीले ११ हजार ४७९ मत प्राप्त गर्नुभएको छ भने घिमिरे नौ हजार ६९१ मत प्राप्त गर्नुभएको छ ।


पश्चिम नवलपरासीको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बैजनाथ कलवार निर्वाचित हुनु भएको छ । नवलपरासीको लुम्बिनी प्रदेश सभा २ (ख) बाट लोकतान्त्रिक समाजवादी पार्टीका नगेन्द्र अग्रहरीलाई पछि पार्दै कांग्रेसका उम्मेदवार बैजनाथ कलवार निर्वाचित हुनु भएको निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले बताउनुभयो । 


मोरङ ३ (क)मा नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बू विजयी हुनुभएको छ । लिम्बूले १८ हजार २८६ मतका साथ विजयी हुनु भएको हो । राईले १३ हजार ८५८ मत प्राप्त गर्नु भएको छ ।


कास्की क्षेत्र ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाश बराल विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार राजीव पहारीलाई ४६५ मतअन्तरले पराजित गर्नुभएको हो । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार बरालले १२ हजार ३६७ र पहारीले ११ हजार ९०२ मत प्राप्त गर्नुभएको छ  ।


सर्लाहीको क्षेत्र नम्बर २ (क)बाट नेपाली कांग्रेसका जङ्गिलाल राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।गठबन्धनभित्रकै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुनिलकुमार साहलाई एक हजार ७६ मतले पराजित गर्नुहुँदै राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो।


काभ्रेपलाञ्चोक जिल्लाको थप दुई प्रदेश सभा सदस्यमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी हुनु भएको छ । जिल्लाको प्रतिनिधिसभा १ अन्तर्गतको प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थबहादुर लामाले नेकपा (एमाले)का उम्मेदवार चन्द्रबहादुर लामालाई तीन मतले पराजित गर्नुभएको छ ।लामाले १९ हजार २८० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी एमालेका लामाले १९ हजार २७७ मत प्राप्त गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–२ को ‘ख’ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका मानबहादुर रावल विजयी हुनुभएको छ । रावलले नेकपा (एमाले) का उम्मेदवार शिवप्रसाद उपाध्यायलाई दुई हजार ५५२ मतान्तरले पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय, मङ्गलसेनले जानकारी दिएको छ ।

कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा क बाट नेपाली काँग्रेसका उम्मेदवार कमलबहादुर शाह विजयी हुनुभएको छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ख मा कृष्ण कुमार तामाङ निर्वाचित हुनुभएको छ। नेकपा एमालेका उम्मेदवार हस्त बहादुर पण्डितलाई १ हजार ५ सय ५ मतले पराजित गर्दै उहाँ विजय हुनुभएको हो ।

कञ्चनपुर क्षेत्र नं. १ प्रदेशसभा १ (ख) मा गठबन्धनका उम्मेदवार कांग्रेसका दिवानसिंह बिष्ट बिजयी हुनुभएको छ । एमालेका उम्मेदवार पल्लबराज भट्टलाई हराउँदै बिष्ट निर्वाचित हुनुभएको हो । 


कञ्चनपुर क्षेत्र नं. ३ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बेलबहादुर रानामगर विजयी हुनुभएको छ । राना मगरले १६ हजार १५२ मत ल्याएर निर्वाचित हुनुभयो ।


रौतहट क्षेत्र नं. ३ को प्रदेशसभा तर्फ (ख)मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार यादव विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार यादवले १६ हजार ८७७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार कुन्दनप्रसाद कुशवाहले १४ हजार १२१ मत प्राप्त गर्नुभएको छ ।


दाङ निर्वाचन क्षेत्र नं १ (ख) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका अनुराग खड्का निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतान्तरले पराजित गर्नुभएको हो ।विजयी खड्काले १६ हजार २२२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी केसीले १३ हजार १७० मत पाउनुभएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिनुभयो ।


गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी हुनुभएको छ । उहाँ कास्की २ (ख) बाट विजयी हुनुभएका हो । एमालेकी मिना गुरुङलाई १ हजार ३ सय १० मतान्तरले उहाँ पराजित गर्नुभएको हो । थापाले ९ हजार २ सय ७९ र गुरुङले ७ हजार ९ सय ७९ मत प्राप्त गर्नुभयो।


बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने प्रदेश सभा ३ (ख) बाट नेपाली कांग्रेसका बादशाह कुर्मी निर्वाचित हुनु भएको छ । काँग्रेस नेता कुर्मीले एमालेका भीमबहादुर ओलीलाई दुई हजार ४८३ मतको अन्तरले पराजित गरेर निर्वाचित हुनुभएको हो ।


चितवन २ (ख) बाट बागमति प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उत्तम जोशी निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धीभन्दा ५६२ मत बढी ल्याएर जित्नु भएको हो । जोशी चितवनका युवा विद्यार्थी नेता हुनुहुन्छ । उहाँले १३ हजार ३०६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवी ज्ञवाली १२ हजार ७४४  मत प्राप्त गर्नुभएको छ ।


लमजुङ प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश ‘१’ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ विजयी हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार गुरुङले १८ हजार ५०४ मत प्राप्त गर्नुभएको छ ।


प्यूठानको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) मा नेपाली कांग्रेसका उम्मेदवार सरोज थापा (रोज राणा) विजयी हुनुभएको छ । उम्मेदवार राणाले २२ हजार ५१८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँ प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार हरि रिजालले २० हजार ८०७ मत प्राप्त गर्नुभएको छ ।


बझाङको प्रदेशसभा (क) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पुर्व पाटी सभापती पृथ्वीबहादुर सिह विजयी हुनु भएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका सिंह नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई पराजित गर्दै उहाँ बिजयी हुनुभएको हो । सिहले नेकपा एमालेका अफिलाल ओखेडा लाई तिन हजार ६ सय ७९ मतले पछि पार्नु भएको थियो । उहाँले १६ हजार ६ सय ७७ मत ल्याउदा एमाले उम्मेदवार अफिलाल ओखेडाले १२ हजार ९ सय ९८ मत पाउनु भएको थियो । 


रौतहट प्रतिनिधिसभा क्षेत्र न १ को प्रदेशसभा (ख) बाट वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णाप्रसाद यादव  विजयी हुनुभएको छ । यादवले १२ हजार ४८९ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम स्वतन्त्र उम्मेदवार राजेश चौधरीले ११ हजार चार सय मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।


सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ क मा नेपाली काँग्रेसका खड्गबहादुर पोखरले विजयी हुनुभएको छ ।  उहाँ नेकपा एमालेबाट उम्मेदवार बनेका ठम्मर विष्टलाई ३ हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।  


सप्तरी क्षेत्र नम्बर ३ को क तर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका मोहम्मद समिम प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ ।


ताप्लेजुङको निर्वाचन क्षेत्र (ख) मा नेपाली काँग्रेसका उम्मेदवार खगेनसिंह हाङ्गाम निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का प्रत्यासी गोपाल थोप्रालाई पराजित गर्दै हाङ्गाम प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हाङ्गामले निकटतम् प्रतिद्वन्द्वी थोप्रालाई एकहजार २४८ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो ।
तनहुँको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ भारी मतान्तरले विजयी हुनु भएको छ । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका श्रेष्ठ प्रतिस्पर्धी एमालेका रामबहादुर गुरुङले भन्दा चार हजार २१८ मत प्राप्त गर्नुभयो ।

काठमाडौं क्षेत्र नम्बर ५ (ख) मा नेपाली कांग्रेसका  श्यामबहादुर खड्का विजयी हुनुभएको छ । नेकपा (एमाले) दीपक निरौलालाई पराजित गर्दै खड्का निर्वाचित हुनुभएको हो ।  खड्का ९ हजार ७३१ मत ल्याएर विजयी हुनुभएको छ। उनका प्रतिद्वन्द्वी निरौलाले ८ हजार ४०५ मत प्राप्त गर्नुभयो।


 दाङ निर्वाचन क्षेत्र नं ३ क मा नेपाली काँग्रेस डिल्लीबहादुर चौधरी विजयी हुनुभएको छ ।


पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को (क) मा  नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसि विजयी हुनुभएको छ । कांग्रेस पूर्वी नवलपरासीका सभापति जिसिले १५ हजार १३७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का केन्द्रीय सदस्य रविन्द्र अधिकारीले १३ हजार ९०७ मत प्राप्त गर्नु भएको छ ।


गोरखाको प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार नन्दप्रसाद न्यौपाने विजयी हुनु भएको छ । नेपाली कांग्रेस जिल्लाका सभापति समेत रहनुभएका न्यौपानेले नेकपा (एमाले)का मोहनप्रसाद भट्टराईलाई आठ हजार ७२८ मत अन्तरले हराउँदै विजयी हुनुभएको हो ।


सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–१ को ‘क’ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका मेघराज खड्का विजयी हुनुभएको छ ।  खड्काले नेकपा (एमाले) उम्मेदवार देवबहादुर कुँवरलाई पाँचहजार २६० मतान्तरले विजयी हुनुभएको निर्वाचन अधिकृत कार्यालय साँफेबगरले जानकारी दिएको छ ।  


दार्चुलाका दुवै प्रदेशसभा क्षेत्रमा पनि गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रदेश सभा क्षेत्र नम्बर (क) मा नेपाली कांग्रेसका विक्रमसिंह धामी र प्रदेश सभा क्षेत्र नम्बर (ख) मा नेकपा (माओवादी केन्द्र)का मानबहादुर धामी विजयी हुनुभएको हो । प्रदेश सभा क्षेत्र नम्बर (क) मा वाम गठबन्धनका साझा उम्मेदवार बिक्रमसिंह धामी नेकपा (एमाले)का उम्मेदवार हरदेब जोशीलाई एक ६७६ मतान्तरले पराजित गर्दै विजयी हुनुभयो । निर्वाचित धामीले १५ हजार १२७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी एमालेका जोशीले १३ हजार ४५१ मत प्राप्त गर्नुभयो ।


नेपाली कांग्रेसका उम्मदेवार वीरबहादुर राना प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । रानाले १६ हजार ३९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी एमालेका पर्शुराम भट्टराईले १३ हजार ९६४ मत ल्याउनुभएको थियो । 


सल्यानको प्रदेश सभा क्षेत्र नम्बर (ख)मा नेपाली कांग्रेसका सुरेश अधिकारी तीन हजार ७९० मतान्तर विजयी हुनुभएको छ । उहाँले २० हजार ४०८ मत प्राप्त गर्नुभएको छ । अधिकारीका निकतम प्रतिद्वन्दी नेकपा (एमाले)का गुलावजंग शाहले १६ हजार ६१८ मत प्राप्त गर्नुभएको छ ।  प्रदेश सभा क्षेत्र नम्बर (ख) मा ४१ हजार ९६७ मत खसेकोमा एक हजार ८९८ मत बदर भएको छ ।


खोटाङ प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भुपेन्द्र राई विजयी हुनुभएको छ ।कांग्रेस प्रदेश नम्बर १ को महामन्त्रीसमेत रहनुभएका राईले नेकपा (एमाले)का जिल्ला अध्यक्षसमेत रहनुभएका राम प्रसाद दंगाललाई दुई हजार १४० मतले पछि पार्दै विजयी हुनुभएको हो ।


रौतहट क्षेत्र नं. १ को प्रदेशसभा (क)बाट वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र साह एक हजार ६३९ मतले विजयी हुनुभएको छ । साहले १० हजार ५०२ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो ।


पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रेम पाठक विजयी हुनुभएको छ । नवलपरासीको लुम्बिनी प्रदेश सभा १ (क)बाट नेकपा (एमाले) का पुन्यप्रसाद पौडेललाई पछि पार्दै कांग्रेस उम्मेदवार पाठक निर्वाचित हुनुभएको निर्वाचन अधिकृत दुर्गा भटटराईले बताउनुभयो । 


बैतडी प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका  शिवराज भट्ट विजयी हुनुभएको छ। भट्टले १७ हजार १५२ मत लिएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का लीलाधर भट्टले १६ हजार ७१६ मत प्राप्त गर्नुभएको छ । 


धादिङको प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (क) मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द लम्साल विजयी हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार डा. रामकुमार अधिकारीलाई २ हजार ९ सय ९७ मतले पराजित गर्दै लम्साल विजयी हुनुभएको हो । 


मकवानपुर क्षेत्र नम्बर २ को (ख) बाट इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । बानियाँसँग नेकपा (एमालें) का लालबहादुर थापालाई एक हजार ७८२ मतान्तरसहित पराजित गर्नुभएको हो । बानियाँले १८ हजार ७१७ मत प्राप्त गर्दा थापाले १६ हजार ९३५ मत प्राप्त गर्नुभएको छ । 


दैलेख निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट नेपाली कांग्रेसका उमेदवार घनश्याम भण्डारी भारी मतान्तरसहित विजयी हुनुभएको छ । कुल २२ हजार ९४२ मत गणना हुँदा १० हजार ८०० मतसहित भण्डारी विजयी हुनुभएको हो। 


बर्दिया निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका भुवनेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरीले नेकपा (एमाले) का सालिकराम अधिकारीलाई ११९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेदवार रहनुभएका कांग्रेसका चौधरीले १७ हजार २६ मत प्राप्त गर्नुभयो ।


झापा क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा नेपाली कांग्रेसका गोपाल तामाङ विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रविन कोइरालालाई चार हजार ३८८ मतान्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।  तामाङले २३ हजार ४५ मत पाउँदा कोइरालाले १८ हजार ६५८ मत प्राप्त गर्नुभएको छ । 


काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा (क)मा प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी हुनुभएको छ । उहाँले सात हजार १२५ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिनुभयो ।


मोरङ निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा (क) बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत गणेश नायकअनुसार निर्वाचित गनगाँई १४ हजार ८४३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सन्तोषकुमार साहले नौ हजार ४०५ मत प्राप्त गर्नुभएको छ ।


झापाको क्षेत्र नं. ३ (१) मा नेपाली काँग्रेसका भुमिप्रसाद राजवंशी बिजयी बन्नु भएको छ । राजवंशीले २० हजार ७७० मत ल्याएर प्रदेश सदस्यमा निर्वाचित बन्नु भएको हो । उहाँको निकटतम् प्रतिस्पर्धी निर्वतमान प्रतिनिधि सभा सदस्य बाँनियाले १९ हजार ७०१ मत ल्याउनु भएको छ ।


दाङको निर्वाचन क्षेत्र नं. २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल बिजयी हुनुभएको छ । कांग्रेस लुम्विनी प्रदेशका उपसभापति समेत रहनुभएका  खनालले एक हजार १७६ मत अन्तरले नेकपा (एमाले) का उम्मेदवार बलिभद्र राना मगरलाई पराजित गर्दै बिजयी हुनुभएको हो ।  


धादिङको क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठ विजयी हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार रमेश आचार्यलाई एक हजार दुई सय ९४ मतले पछि पार्दै श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठले १७ हजार ८ सय ३२ मत पाउनु भएको छ भने प्रत्यासी आचार्यले १६ हजार ५ सय ३८ मत पाउनु भएको छ। 


काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) बाट मा कांग्रेसका उम्मेदवार विमल ठकुरी निर्वाचित हुनुभएको छ । कांग्रेसका उम्मेदवार ठकुरी १० हजार ६१७ मतसहित निर्वाचित हुनुभएको हो ।


काठमाडौं–१ प्रदेशसभा (ख) नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले चार हजार ५१० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा (एमाले)का गणेशप्रसाद दुलालले दुई हजार ७५३ मत प्राप्त गर्नुभयो ।


उदयपुरको निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार रामकुमार खत्री १२ हजार ६२७ मत प्राप्तगरी प्रदेश सभा सदस्य पदमा विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जिवनाथ दाहालले नौ हजार २३६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जिवनराम भण्डारीले बताउनुभयो । 


काठमाडौं–१ प्रदेशसभा (क) मा कांग्रेस दीपेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले छ हजार तीन सय मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।


जाजरकोटको प्रदेश सभा अन्तर्गत भएका निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा (क) मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका वेदराज सिंहले १८ हजार ५४३ मत ल्याएर विजयी हुनुभएको छ ।

पर्सा जिल्लामा वाम लोकतान्त्रिक गठबन्धनका ५ जना उम्मेदवार प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको छ । पर्सामा रहेको ८ प्रदेश सभाको सिटमा हालसम्म ५ जना बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्वाचित हुनु भएको हो । निर्वाचित हुनेमा १ (क) मा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी, २ (क) मा नेपाली काँग्रेसका श्याम पटेल, २ (ख) मा लोसपाका रमेश कुर्मी, ३ (ख) मा नेपाली कांग्रेसका जनार्धन सिंह क्षेत्री  र ४ (क) मा नेपाली कांग्रेसका शङ्कर चौधरी रहनु भएको छ ।


सिन्धुली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन (क) र (ख) मा सत्तारुढ गठबन्धनका उमेदवार विजयी बन्नुभएको छ । गठबन्धनबाट प्रदेशसभा (क) मा नेपाली कांग्रेसका उमेदवार छेत्रबहादुर बम्जनले १६ हजार ८३५ मत र प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र)का गंगानारायण श्रेष्ठले १३ हजार एक मत प्राप्त गरी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट नेपाली कांग्रेसका वसीउद्दीन खाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवलाई पराजित पार्दै खाँ विजयी हुनुभएको हो । उहाँले ११ हजार ३०५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मोहनलाल यादवले आठ हजार २६५ मत पाउनुभयो ।


तनहुँ–२ को प्रदेशसभा निर्वाचन क्षेत्र २(ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति जीतप्रकाश आले विजयी हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार आलेले एमालेका केदार सिग्देललाई ६४० मतान्तरले पराजित गर्नुभयो । आलेले १३ हजार ८६० र सग्देलले १३ हजार २२० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । प्रदेशमा २९ हजार ८९८ मत खसेको थियो ।


ओखलढुङ्गाको प्रदेशसभा क्षेत्र नं. (क) मा नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार विजयी हुनुभएको छ । सुनुवारले ३६० मतान्तरले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अम्मिरबाबु गुरुङलाई ३६० मतले पछि पार्दै सुनुवार विजयी हुनुभएको हो ।

जाजरकोट प्रदेश सभा (ख) मा गठबन्धन दल नेपाली कांग्रेसका राजीव विक्रम शाह विजयी हुनु भएको छ । पछिल्लो मत गणना अनुसार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी हुनु भएको हो । बुधवार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार शाहले १६ हजार ४० मतका साथ प्रदेश सभामा विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपा एमाले खिमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गर्नु भएको छ ।


भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश (क) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनुभएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवारका श्रेष्ठले नौ हजार ४२४ मत ल्याउनु भएको छ । 

ललितपर–१ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन विजयी हुनुभएको छ। नेकपा (एमाले)का चेतनाथ सञ्जेललाई चार हजार दुई सय १४ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । कांग्रेसका उम्मेदवार महर्जन १३ हजार तीन सय ७८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार सञ्जेलले नौ हजार एक सय ६४ मत प्राप्त गर्नुभएको छ ।


दैलेख निर्वाचन क्षेत्र १ प्रदेश (क) बाट सत्तारुट गठबन्धन दल नेपाली कांग्रेसका उम्मेद्वार पूर्णबहादुर खत्री विजयी हुनुभएको  छ । खत्रीले कुल ९ हजार ४६४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मराज रेग्मीले ८ हजार ७२ मत प्राप्त गर्नु भएको छ । 


बागलुङ क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी हुनुभएको छ । थापाले नेकपा (एमाले) का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गर्नुभएको हो । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत प्राप्त गर्नुभएको छ ।  


बागलुङ क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी हुनुभएको छ । शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय मतान्तरले पराजित गर्नुभएको हो । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गर्नुभएको छ । 


पर्सा जिल्लामा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका शंकर चौधरी विजयी हुनुभएको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा (क) मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका शंकर चौधरी ११ हजार ५८५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जयप्रकाश थारुले ९ हजार ५५१ मत ल्याउनु भएको छ । 


ललितपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी हुनुभएको छ । कांग्रेसका चित्रकार छ हजार ९९५ मतले विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ज्ञानेन्द्र शाक्यले छ हजार ८३२ मत प्राप्त गर्नुभएको छ । 


पर्सा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी हुनुभएको छ । पटेलले १३ हजार ७८४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का रामनरेशप्रसाद यादवले १२ हजार ११७ मत पाउनु भएको छ ।


रसुवा प्रदेशसभा (क) बाट नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुलप्रसाद भट्टले चार हजार ७७२ मत प्राप्त गर्नुभएको छ। तामाङले प्रतिद्वन्द्वीभन्दा तीन हजार ४१४ मत बढी प्राप्त गर्दै विजयी हुनुभएको हो । 


हिमाली जिल्ला मनाङको प्रदेश सभा (क) मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले ३ सय ३० मतान्तरले नेकपा (एमाले) का राजनबहादुर गुरुङलाई पराजित गर्नुभएको हो ।विजयी गुरुङले १ हजार २ सय ५५ मत पाउनुभएको छ । पराजित गुरुङले ९ सय २५ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा (ख) मा यसअघि नै राजीव गुरुङ ‘दीपक मनाङे’ निर्विरोध भइसक्नुभएको छ ।


मुस्ताङ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका विकल शेरचन विजयी हुनुभएको छ । उहाँ दुई हजार ७२३ मतसहित विजयी हुनुभएको हो । शेरचनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्रमोहन गौचनले दुई हजार ५६५ मत प्राप्त गर्नुभएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको तीन स्थानमै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।


मुस्ताङको प्रदेशसभा (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङ नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको थियो । खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२) को मतगणना जारी छ । 


काठमाडौं क्षेत्र नम्बर ३ को (क) मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी हुनुभएको छ । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चन्द्रमान लामाले तीन हजार ४१५ मत पाउनुभएको छ ।