एक हजार ८३ किलो बँदेल र दुम्सीको अवैध मासु बरामद
डिभिजन वन कार्यालय नवलपुरले ठुलो परिमाणमा जङ्गली जनावरको अवैध मासु बरामद गरेको छ । कार्यालयले विनयी त्रिवेणीको दुम्कीबास क्षेत्रबाट नवलपरासी लैजाँदै गरेको अवस्थामा जङ्गली जनावरको मासु बरामद गरेको जनाएको छ ।
विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जना पक्राउ
विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपि प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोका सञ्चालकहरुलाई पक्राउ गरेको छ ।
बलानबिहुलका तत्कालीन अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलानबिहुल गाउँपालिकामा नमुना विद्यालय भवन निर्माणको ठेक्कामा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
गहना चोरी गरी बिक्री गर्ने दुईजना पक्राउ
सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भाइलाई मारेर दाजु फरार
उदयपुरमा दाजुले धारिलो हतियार प्रयोग गरेर आफ्नै भाइको हत्या गरेका छन् ।
पाल्हीनन्दनबाट साढे १७ लाखको मोबाइलका सामान बरामद
पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले साढे १७ लाखभन्दा बढीको मोबाइलका सामान बरामद गरेको छ ।
जेनजी आन्दोलनका क्रममा फरार चार कैदी पुनः पक्राउ
भदौ २३ र २४ भएको नवयुवा समूह (जेनजी) आन्दोलनका क्रममा जिल्ला कारागार तनहुँबाट फरार भएका चार जना कैदी/बन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँकेमा एक महिनामा १७१ वटा मुद्दा दर्ता, १३९ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेमा एक महिनाको अवधीमा १७१ वटा मुद्दा दर्ता भएको छ । प्रहरीले मङ्सिर महिनामा चालु मुद्दामा १३९ जनालाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी गर्ने युवा पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । करिब ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरी फरार पुतलीबजार नगरपालिका–४ का २६ वर्षीय अजय परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
कञ्चनपुर कारागारमा झडप : घाइतेको सङ्ख्या सात पुग्यो
कञ्चनपुर कारागारमा शुक्रबार दिउँसो झडप हुँदा सात जना कैदीबन्दी घाइते भएका छन् ।
आइएस-के का वरिष्ठ नेता पक्राउ
पाकिस्तानले इस्लामिक स्टेट जिहादी समूहको क्षेत्रीय शाखा इस्लामिक स्टेट खोरासान (आइएस-के)का एक वरिष्ठ नेतालाई पक्राउ गरेको जनाएको छ ।
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने उद्देश्यले थाइल्यान्डको पहलमा नयाँ विश्वव्यापी अभियान सुरु गरिएको छ ।
बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउः प्रहरी
हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।
चोरीको गरगहना खरिद गर्ने व्यवसायीसहित चार जना पक्राउ
सर्लाहीको लालबन्दीमा गरगहना चोरी गर्ने र चोरी गरेर बिक्री गर्न ल्याइएको गहना खरिद गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् ।
तनहुँमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको सुवर्ण गाउँपालिका–१ निवासी १९ वर्षीय ओम बाबुप्रसाद यादव रहेका छन् ।
फरार ४९४ कैदीबन्दी सम्पर्क बाहिर
जेनजी आन्दोलनका क्रममा झुम्का कारागार तोडफोड र आगजनी गर्ने प्रयास भएपछि भागका एक हजार ७९६ कैदीमध्ये ४९४ जना अझै सम्पर्क बाहिर रहेको छ ।
जाजरकोटमा एक महिनामा १४ मुद्दा दर्ता, सवारी दुर्घटनामा तीन जनाको मृत्यु
जाजरकोटमा एक महिनामा १४ मुद्दा दर्ता, ७ सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार पछिल्लो एक महिनामा जिल्लामा १४ वटा मुद्दा दर्ता भएका छन् ।
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
विभिन्न शहरबाट अवैध लागुऔषधसहित १९ जना पक्राउ परेका छन् ।
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको उहाँ आबद्ध क्लबले जानकारी दिएको छ ।
सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु
सुडानको आन्तरिकरूपमा विस्थापित व्यक्ति(आइडिपी)को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ)ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।
बोन्डी अभियुक्तलाई अस्ट्रेलियाली प्रहरीद्वारा ५९ वटा अपराधको आरोप
सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले बुधबार जनाएको छ ।
११ वर्षदेखि फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय बागलुङले ११ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
बैंक कर्मचारीमाथि अपमानजनक व्यवहार र कुटपिट : दुईजना पक्राउ
सप्तरीमा बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहार, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग कसुरमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।