नख्खु कारागारबाट फरार अभियुक्त बैतडीबाट पक्राउ
गत भाद्रमा जेनजी आन्दोलन का क्रममा नख्खु कारागार बाट फरार भएका एक अभियुक्तलाई बैतडी प्रहरीले पुनः नियन्त्रणमा लिन सफल भएको छ ।
ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै रु २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
हेटौँडा र बकैयाबाट खैरो हेरोइनसहित ६ जना पक्राउ
मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ ।
लागुऔषधसहित चौध जना पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।
पुतलीबजार सब–इन्जिनियरमाथि कार्यकक्षमै कुटपिट
पुतलीबजार नगरपालिकाका सब–इन्जिनियर समित जिरेलमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिट गरिएको छ । उहाँलाई नगरपालिकाभित्रै प्रवेश गरेर वडा नं. ३ का बाबुराम शर्माले कुटपिट तथा अभद्र व्यवहार गरेको नगरपालिकाले जनाएको छ ।
मानव बेचबिखनको बदलिँदो स्वरूप, उद्धार झन् जटिल
नेपालमा मानव बेचबिखनको स्वरूपमा आएको तीव्र परिवर्तनले यसको नियन्त्रण र उद्धार प्रक्रियामा नयाँ तथा जटिल चुनौतीहरू थपिएको सरोकारवालाहरूले बताएका छन् ।
सप्तरीमा फरक–फरक मुद्दाका तीन जना पक्राउ
सप्तरी जिल्ला प्रहरीले विभिन्न तीन वटा मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अभद्र व्यवहार, आत्महत्या दुरुत्साहन तथा लागुऔषधसम्बन्धी मुद्दाका आरोप रहेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट श्रीमतीको मृत्यु
गुल्मीको इस्मामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । इस्मा गाउँपालिका–६, अमरपुरका ४५ वर्षीय थम्मनबहादुर कुमालले ४३ बर्षीया श्रीमती यनी भन्ने सावित्रा कुमालको मृत्युभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो।
स्मार्ट टेलिकम प्रकरण : बैंकका सीईओ पाण्डे पक्राउ
स्मार्ट टेलिकम प्रा.लि.को लाइसेन्स र सम्पत्ति व्यवस्थापनसँग सम्बन्धित प्रक्रियामा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीमा अभद्र व्यवहार, ज्यान मार्ने उद्योग र चोरी मुद्दामा ६ जना पक्राउ
सप्तरी प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीलेअभद्र व्यवहार, ज्यान मार्ने उद्योग तथा चोरी सम्बन्धी कसुरमा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।
बागलुङका तत्कालीन सिडिओ गुरुङ भ्रष्टाचार मुद्दामा निर्दोष ठहर
बागलुङका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सहसचिव) कुमानसिंह गुरुङले भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएकाे छ ।
गौवध मुद्दाका दोषी सात वर्षपछि पक्राउ
ताप्लेजुङमा गौवध मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्ति सात वर्षपछि पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भई फरार भएका व्यक्तिलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।
बागलुङमा पशुपंक्षी कसुरमा दस जना पक्राउ
प्रहरीले पशुपंक्षीसम्बन्धी कसुर दस जनालाई पक्राउ गरेको छ । मासु खाने प्रयोजनका लागि जिउँदो गोरु काटीरहेको अवस्थामा प्रहरीले पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ३ घोसाखानीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका-७, कौवाई खोला क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. ७ कौवाई बस्ने ७० वर्षीय दिल बहादुर मिरिङचिङ मगरलाई अस्थाई प्रहरी पोष्ट संगमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
सप्तरीमा मेलामा अभद्र व्यवहार गर्ने एक जना पक्राउ
सप्तरीको शम्भूनाथ नगरपालिका ३ स्थित शम्भुनाथ सिरुवा रमाइलो मेलामा अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
एक लाख ३७ हजारको सामग्री बरामद
पुतलिबजार नगरपालिका वडा नं–१ शहिदचोक सिद्धार्थ राजमार्गमा बिलमा उल्लेखितभन्दा बढी सामानहरु बरामद गरेको छ ।
भन्सार छलीका ३२ लाख बराबरका सामान बरामद
जिल्ला प्रहरी कार्यालय नवलपुरले ३२ लाख रुपियाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ ।
सप्तरीमा सात फरार प्रतिवादी सप्तरीबाट पक्राउ
सप्तरी प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा सात जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मुद्दामा सप्तरी जिल्ला अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
अपहरण तथा शरीर बन्धक कसुरमा सप्तरीका एक युवक पक्राउ
सप्तरीमा अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी कसुरमा एक युवक पक्राउ परेका छन् ।
‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने
सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि नियन्त्रण गर्ने भएको छ ।
सुनको गहना चोरीमा संलग्न तीन पक्राउ
धनकुटामा सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–६ का ३० वर्षीय धनबहादुर भन्ने दानबहादुर तामाङ, २२ वर्षीय प्रेमलाल घिसिङ र वडा १० का २८ वर्षीय राजु तामाङ रहेका छन् ।
जुवातास खेल्दै गरेका नौ जना पक्राउ, ५९ हजार नगद बरामद
जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातास खेल्ने खेलाउने नौ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ५९ हजार र २१२ पत्ती तास समेत बरामद गरेको छ ।
मोरङबाट २० लाख भारतीय रुपियाँ बरामद
रतुवामाई नगरपालिका–२, घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपियाँ बरामद गरेको छ ।