• २९ वैशाख २०८३, मङ्गलबार

अपहरण तथा शरीर बन्धक कसुरमा सप्तरीका एक युवक पक्राउ

blog

देवराम यादव
सप्तरी, वैशाख २९ गते ।
सप्तरीमा अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी कसुरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ बस्ने २७ वर्षीय मुस्तकिम मियाँ रहनुभएको छ । उहाँलाई प्रहरीले सोमबार पक्राउ गरिएको हो ।

पीडितको किटानी जाहेरीअनुसार पक्राउ परेका मियाँसहितका व्यक्तिले अपहरण गरी एकान्त स्थानमा लगेर शरीर बन्धक बनाएको, डरत्रास देखाई कुटपिट तथा जबरजस्ती गरेको आरोप छ । साथै, शरीरका कपडा खोली नाङ्गै बनाई भिडियोसमेत बनाएर यातना दिएको भन्दै पीडितले जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा मियाँलाई राजविराज–८ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई रीतपूर्वक पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत सप्तरी जिल्ला अदालत, राजविराजबाट अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहार कसुर मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।