• २९ वैशाख २०८३, मङ्गलबार

मनाइँदै शताब्दीपुरुष जोशीको जन्मजयन्ती

blog

गोरखापत्र समाचारदाता

ललितपुर, वैशाख २९ गते । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६ औँ जन्मजयन्तीका अवसरमा नेपाल भाषा साहित्य दबू, हलिं नेवा : दबू साहित्यिक कव : ले ‘नेपाल भाषामा सत्यमोहन जोशीको साहित्यिक योगदान’ विषयमा चर्चा गरी मनाइँदै छ । 

सप्ताहव्यापी रूपमा आयोजना गरिएको कार्यक्रममा अन्जना ताम्राकार, मिमला शर्मा, शाक्य सुरेन, विमलप्रभा वज्राचार्य, दिव्या ताम्राकारलगायत जोशीका गीत, बुद्ध भजन, चराले गाएको गीत वाचन गर्नुभएको थियो ।

कार्यक्रमको पहिलो र दोस्रो दिन लोकसाहित्य परिषद्मा रहेको सत्यमोहन सङ्ग्रहालय प्रदर्शन खुला, तेस्रो दिन साहित्यिक गोष्ठी, चौथो दिन म्हैपी अजिमा मन्दिरमा १०७ दीप प्रज्वलन र पाँचौँ दिन नाम सङ्गीत धारणी पाठ गरिएको थियो । यस्तै छैटौँ दिन पुस्तक प्रदर्शनी र सातौँ अर्थात् अन्तिम दिन करुणाकर सिरपाः (पुरस्कार) वितरण र पाँच कृति विमोचन गरिने आयोजकले जनाइएको छ ।