धनकुटाका आठपहरियाद्वारा बिसु चाड मनाइँदै
धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको सीमान्तकृत आठपहरिया समुदायले आफ्नो महत्त्वपूर्ण सांस्कृतिक पर्व बिसु अर्थात् वैशाखे चाड मनाइरहेका छन्। नयाँ वर्षको आगमनसँगै मनाइने यस पर्वमा सुख, शान्ति, उन्नति र आपसी मेलमिलापको कामना गर्दै एकआपसमा शुभकामना आदान–प्रदान गर्ने चलन रहेको छ।
भुँवरीपूजाको तयारी
मगर समुदायले गर्दै आएको भुँवरीपूजाको तयारी सुरु भएको छ । यो पूजालाई मगर समुदायको परम्परागत संस्कृतिका रूपमा लिइन्छ । भुँवरीपूजा गर्दा हरेक वर्षको चैतमा मन्दिरमा पूजा र बलि दिइन्छ । आफ्नो जातिको हितका लागि भुँवरीपूजाले महत्व राख्ने गरेको बुलिङटारका अगुवा युवराज गरजामगरले बताउनुभयो ।
चखौरामा तीन दिने रैथाने खाना महोत्सव हुने
दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा नयाँ वर्ष २०८३ को अवसरमा वैशाख ४ देखि ६ गतेसम्म ‘रैथाने खाना महोत्सव’ आयोजना हुने भएको छ। थारू सांस्कृतिक संरक्षण केन्द्र चखौराको सहकार्यमा पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेको अगुवाइमा महोत्सव सञ्चालन हुन लागेको हो।
रातो मच्छिन्द्रनाथको रथ निर्माण (फोटो फिचर)
नेपालमा मनाइने जात्रामध्ये सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा वैशाख ८ गते बाट सुरु हुँदैछ ।
सुरु भयो बिस्का जात्रा
आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्कास् अर्थात् बिस्केट जात्रा शुक्रबारबाट सुरु भएको छ ।
बिस्का जात्राको पूर्व सन्ध्यामा तःमारी धिमे नृत्य
बिस्का जात्राको पूर्व सन्ध्यामा तःमारी क्षेत्रमा भव्य धिमे नृत्य प्रस्तुत गरिएको छ। नयाँ वर्षसँग जोडिएको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बिस्का जात्राको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय बासिन्दा, युवापुस्ता तथा आन्तरिक पर्यटकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
देवता खुसी बनाउन मोसो दल्ने चिमखोलाको मौलिक परम्परा
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा सयौं वर्ष पुरानो मौलिक संस्कृति अझै जीवित छ । चिमखोलाका स्थानीयवासीहरुले पुरानो परम्परा अनुसार भूमे पूजा धुमधामका साथ मनाएका छन् ।
धार्मिक पर्यटनको गन्तव्य महाराजाथान
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । कावासोती–१, हात्तीखोरमा अवस्थित महाराजा थान मन्दिर सेनकालीन समयमा स्थापना भएको मान्यता रहिआएको छ ।
पाथीभरामा एकैदिन साढे चार हजार भक्तजनको दर्शन
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एकै दिन साढे चार हजार भक्तजनले दर्शन गरेका छन् । शनिबार एकै दिन चार हजार ७३६ जनाले पाथीभराको दर्शन गरेका हुन् ।
आज ट्होटें, कास्कीका दुई पालिकामा बिदा
गुरुङ समुदायको मौलिक पर्व ट्होटेंको अवसरमा मङ्गलबार कास्कीका दुई पालिकाले सार्वजनिक बिदा दिएका छन् । कास्कीका मादी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाले ट्होटेंमा बिदा दिएका हुन् ।
ट्होटे पर्वमा आज फेदीखोलामा स्थानीय बिदा
फेदीखोला गाउँपालिकाले तमु (गुरुङ) समुदायको प्रमुख सांस्कृतिक पर्व ट्होटेको अवसरमा स्थानीय बिदा दिएको छ । पालिकाले मङ्गलबार गाउँपालिकाअन्तर्गतका सबै कार्यालय तथा विद्यालयहरूमा बिदा दिएको हो ।
ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु
धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु भएको छ । प्रत्येक वर्षको चैत शुक्ल पूर्णिमाको दिनको अघिल्लो दिनदेखि सुरु हुने पाँचदिने मनमैजु (अजिमा) जात्रा सुरु भएको हो ।
पुर्ख्यौली संस्कृति जोगाउन नयाँ पुस्ता सक्रिय
म्याग्दीका मगर समुदायमा लोपोन्मुख बन्दै गएको पुर्ख्याैली नाचसहित मौलिक संस्कृति संरक्षणमा नयाँ पुस्ता सक्रिय हुन थालेको छ।
साँखुमा बज्रयोगिनी जात्रा (फोटो फिचर)
साँखुमा बज्रयोगिनी जात्रा बिहीबारबाट सुरु भएको छ । जात्राका लागिका बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखुमा नगर प्रवेश गराइएको छ ।
बालाजुका २२ धाराबाट जल प्रवाह (फोटो फिचर)
बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला सुरु भएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरेको पुण्य प्राप्त हुने जनविश्वास छ ।
बालाजु बाइसधारा मेला सुरु
बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ ९ल्हुति पुन्हि० मेला सुरु भएको छ ।
ओझेलमा देवीदह, संरक्षण नहुँदा चराको बासस्थान मासिँदै
लहान नगरपालिका-१७ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र देवीदहमा चराहरूको बासस्थान सङ्कटमा पर्दै गएको छ । उचित संरक्षणको अभाव, मिचाहा प्रजातिका झारपात वृद्धि र चोरीसिकारका कारण यहाँका जलपन्छीको अस्तित्व जोखिममा परेको हो ।
बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन
चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी रु पाँच लाखले कमी आएको हो । गतवर्षको चैतेदसैँमा रु ४२ लाख भेटी सङ्कलन भएको थियो ।
सकियो सेतो मच्छिन्द्रनाथको जात्रा
काठमाडौँ उपत्यकाका चार लोकेश्वरमध्ये सद्भावका देवताका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथलाई रथयात्रापछि पुनः मन्दिरमा प्रतिस्थापन गरिएको छ ।
सम्पन्न भयो सेतो मच्छिन्द्रनाथको रथजात्रा
चैते दसैँको दिन बिहीबारदेखि सुरु भएको जात्रा जमलबाट असन, असनबाट हनुमान ढोका दरबार क्षेत्र तथा सो स्थानबाट लगन टोलसम्म तान्ने गरिन्छ । लगनटोल पुगेको भोलि पल्ट आमा रुखको परिक्रमा गराइन्छ ।
वसन्तपुर पुग्यो सेतो मच्छिन्द्रनाथको रथयात्रा
रथयात्रामा हजारौँको सहभागिता जुटेको छ । हनुमानढोका दरबार क्षेत्रको कालभैरव अघि रथ पुगेसँगै पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
पर्वले राष्ट्रिय एकता सुदृढ बनाउँछः मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली पर्वहरूले सामाजिक सद्भाव, सहिष्णुता र सहयोगको भावना प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको छ।
जन्म र मृत्युको देवता ‘सेतो मत्स्येन्द्रनाथ’
जन्म र मृत्युको देवताका रूपमा मानिने सेतो मत्स्येन्द्रनाथ जात्रा बिहीबारबाट सुरु भएको छ । मछिन्द्रबहालदेखि आर्याअवलोकितेश्वरलाई खटमा राखी तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरु हुन्छ । रातो मत्स्येन्द्रनाथ वर्षा र सहकालको देवता मानिन्छ भने सेता मत्स्येन्द्रनाथलाई जन्म र मृत्युको देवताका रूपमा पुजिने गरिने संस्कृतिविद् डा. चुन्डा वज्राचार्यले जानकारी दिनुभयो । उहाँले ११ गते मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइने जानकारी दिँदै त्यसको भोलिपल्ट अर्थात् बिहीबार खटमा राखेर रथमा पु¥याउने चलन रहेको बताउनुभयो । जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको पूजा आराधना एवम् दर्शन
सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएपछि बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेलले रथको पूजा एवम् दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको छ ।