• ३ मंसिर २०८२, बुधबार

देवघाटमा स्नान गर्ने र सतविज छर्नेको भिड

blog

बालाचतुर्दशी पर्वका दिन धार्मिक क्षेत्र देवघाटमा स्नान गर्ने र सतविज छर्नेको भिड । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ, मङ्सिर ३ गते ।
बालाचतुर्दशी पर्वका दिन आज धार्मिक क्षेत्र देवघाटमा स्नान गर्ने र सतविज छर्नेको बिहानैदेखि भिड लागेको छ ।

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरी जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न यस क्षेत्रमा बिहानैदेखि भिड लागेको हो ।

अघिल्लो दिन साझबाटै देवघाटमा आउने र रातभरी बत्ती बालेर बिहान बिसर्जन गर्ने प्रचलन पनि छ ।