• २८ वैशाख २०८३, सोमबार

पत्रकार र कलाकार सम्मानित

blog

काठमाडौँ, वैशाख २८ गते । नेपाल भाषाको साप्ताहिक पत्रिका ‘लहना’ ले आफ्नो १३ औँ वार्षिकोत्सवमा विभिन्न विधाका आठ व्यक्तित्वलाई सम्मान गरेको छ । कलाकार तथा पत्रकार रविन सायमि २५ हजार राशिको लहना सुरेशकिरण पत्रकारिता पुरस्कार ११४६ बाट सम्मानित हुनुभयो । 

यसै गरी पत्रकार सुनील महर्जन लहना सुशीलवीर सिंह पत्रकारिता पुरस्कार तथा पत्रकार राजु नापित लहना धर्ममोती पत्रकारिता पुरस्कार ११४५ र उत्तमकुमार श्रेष्ठ लहना धर्ममोती पत्रकारिता पुरस्कार ११४५ बाट सम्मानित हुनुभयो । पुरस्कृत तीन पत्रकारले जनही २० हजार रुपियाँ प्राप्त गर्नुभयो । लहना केशव कृष्णवदन मातृभाषा पत्रकारिता पुरस्कारबाट कृष्णकाजी (केके) मानन्धर र शकुन्तला महर्जन पुरस्कृत हुनुभयो । लहना सुर–शमिस्ठा सम्मानबाट निर्देशक पवन जोशी र अराध्यलक्ष्मी खड्गी सम्मानित हुनुभयो । उहाँहरूको पुरस्कार राशि १० हजार रुपियाँ रहेको छ ।

प्रतिनिधि सभा सदस्य कलुभक्त माथेमा, काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष लक्की चौधरीले संयुक्त रूपमा विभिन्न व्यक्तित्वलाई सम्मानित गर्नुभयो । सोही कार्यक्रममा रवीन्द्रराज ताम्राकारबाट लिखित नेपाल भाषाको पुस्तक ‘संस्कृति, समाज व व्यवसाय’ को विमोचन पनि गरिएको थियो ।