हिमपातपछि कागबेनीमै रोकिए दर्शनार्थी
भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी-मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो ।
पोखरामा शनिबारदेखि साफ यु-१९ महिला फुटबल हुने
पोखरामा पहिलो पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्डर नाइन्टिन महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
सुरौदी खोला कटान : वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै
कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय प्रत्येक पटकका चुनावमा उम्मेदवारका प्रमुख मुद्दा बन्ने गरेका छन् । विसं २०४८ देखि नै यही मुद्दाको सम्बोधन हुने आशामा यहाँका मतदाताले धेरै उम्मेदवारलाई भोट हालिसकेका छन् ।
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी—मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो ।
म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध
म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राबिधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्जित भएका हुन् ।
बाक्लो हिउँ जमेपछि मुस्ताङका दुई सडक अवरुद्ध
बाक्लो हिउँ जमेपछि बुधबारदेखि अवरुद्ध भएको मुस्ताङको कागबेनी–कोरला र कागबेनी–मुक्तिनाथ सडकको अवरुद्ध खुलेको छैन ।
स्कुटर दुर्घटनामा युवतीको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१, गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
थोरै मतदाता, कसिलो प्रतिस्पर्धा
मुस्ताङका ठुला राजनीतिक दल गएको माघ ५ गतेभन्दा अगाडि ढुक्क थिए । अघिल्लो पटकको प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सुदेश गुरुङले यस पटक समानुपातिक रोजेपछि मुख्य तीन दलबिच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी विगतको निर्वाचनमा प्राप्त मत र मतदाता आफ्नो पकटमा रहेको अनुमानलाई यस पटक रास्वपाले नयाँ उम्मेदवार मैदानमा ल्याएपछि विगतको भन्दा निकै रोचक बनेको छ ।
निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन तनहुँका दलहरू प्रतिबद्ध
तनहुँका राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको अक्षरसः पालना गर्दै स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
धौलागिरी आयुर्वेद अस्पतालका पदाधिकारीले गरे पदभार ग्रहण
धौलागिरी आयुर्वेद अस्पताल व्यवस्थापन समिति बागलुङको नवनियुक्त अध्यक्ष तेजबहादुर कुवँरले पदभार ग्रहण गर्नुभएको छ । गण्डकी प्रदेश सरकारद्वारा हालै अध्यक्षमा नियुक्त कुवँरले आगामी तीन वर्षका लागि समितिको नेतृत्व सम्हाल्ने हुनभएको हो ।
प्रथम खुमा अर्याल टी–२० कपको उपाधी गल्याङलाई
प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधी गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउण्डेसलने आयोजना गरेको प्रतियोगितामा गल्याङले वालिङ नगरपालिकालाई १० विकेटले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको हो ।
आर्थिक क्षेत्र दलहरुको साझा एजेन्डा हुनु पर्दछ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दलहरुको चुनावी एजेन्डा आर्थिक विषयमा साझा हुनु पर्ने बताउनुभएको छ ।
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार गरिएको छ। गए राति ४ बजेदेखि परेको हिमपातका कारण बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा अलपत्र परेका ५० जना यात्रुको उद्धार गरिएको हो।
स्याङ्जामा बैङ्कका सुरक्षा गार्डमाथि चक्कु प्रहार : एक जना पक्राउ
स्याङ्जामा बैंकका सुरक्षा गार्ड माथि बैङ्क भित्रै चक्कु प्रहार भएको छ । विरुवा गाउँपालिका वडा नम्बर–१ मा रहेको गरिमा विकास बैङ्क लिमिटेडको सुरक्षा गार्ड शेरबहादुर थापालाई बैङ्क परिसरमा नै चक्कु प्रहार भएको हो ।
नवौं वालिङ महोत्सव सुरु
स्याङ्जाको वालिङमा बुधबारबाट नवौं चरणको महोत्सव सुरु भएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ नारासहित वालिङस्थित खेल मैदानमा गण्डकी प्रदेशस्तरीय महोत्सव सुरु भएको हो ।
भूमाफियाले कब्जा गरेको जग्गा छानबिन गर्न समिति गठन
सरकारले नवलपुरको कावासोतीमा भूमाफियाले कब्जा गरेको जग्गा छानबिन गर्न समिति गठन गरेको छ। सचिव स्तरीय निर्णयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव जीवनराज सेढाईको संयोजकत्वमा तीन सदस्सीय समिति गठन गरिएको हो।
उत्तरी गोरखामा हिमपात, स्थानीय खुशी
उत्तरी गोरखामा हिमपात भएको छ । बुधबार बिहान ३ बजेदेखि चुमनुब्री गाउँपालिका-१ साम्दो, सामागाउँ, ल्हो, स्याला चुम्चेत र छेकाम्पारमा रूपमा हिमपात भईरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
किसानले प्रिमियम तिर्नु नपर्दा पनि बढेन कृषि बिमा
कृषि बिमा गर्दा गण्डकी प्रदेशमा किसान प्रिमियम तिर्नु पर्दैन । सङ्घ सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत प्रिमियम तिरिदिने गरेका छन् । यस्तो सुविधा हुँदाहुँदै पनि कास्कीका किसान भने कृषि बिमाप्रति आकर्षित भएको देखिँदैन ।
विद्यालयलाई फुटबल वितरण
अखिल नेपाल फुटबल संघ (एन्फा) को ‘फिफा फुटबल फर स्कूल्स’ अन्तर्गत जिल्लाको ६ विद्यालयलाई फुटबल वितरण गरिएको छ । जिल्ला फुटबल संघ बागलुङले जिल्लाका ६ विद्यालयलाई फुटबल प्रदान गरेको हो ।
केशवटार सडक कालोपत्रे भएपछि स्थानीय उत्साहित
जिल्ला सदरमुकाम दमौलीबाट व्यास नगरपालिका –१४ केशवटार जोड्ने सडकको स्तरोन्नति र कालोपत्रे भएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ ।
मुस्ताङको कागबेनीमा हिमपात
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी बजारमा परेको हिउँ । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ ।
लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी
जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ ।
कुष्ठरोगबारे सचेतना अभियान सञ्चालन
कुष्ठरोगबारे आम जनमानसमा सचेतना जगाउन अभियान सञ्चालन गरिएको छ ।
‘उच्च हिमाली क्षेत्रको पाँच पदमार्गमा पदयात्रा नगर्नु’
जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ ।