सम्पर्कविहीन भिक्षु मृत फेला
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ स्थित मर्दी हिमाल क्षेत्रमा तीन दिनदेखि सम्पर्कविहीन भिक्षुलाई शनिबार मृत फेला पारिएको छ ।
व्यावसायिक मौरीपालन
लमजुङको मध्यनेपाल नगरपालिका–६ लामासोती गाउँका स्थानीय किसान रामबहादुर रानाभाटले गरेको व्यावसायिक मौरीपालन । रानाभाटले मौरीपालनबाट घरखर्च धान्दै आएको छ ।
योग प्रति युवाको आकर्षण बढ्दो
पछिल्लो समय योग प्रति युवाको आकर्षण बढेको छ ।
दुधमा अनुदान दिएर नगरपालिकाद्वारा किसानलाई प्रोत्साहन
तनहुँको भानु नगरपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने भएको छ ।
४ जिपिएए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान
माध्यमिक शिक्षा परीक्षा एसइईमा ४ जिपिए ल्याएका विद्यार्थीलाई कावासोतीको शिव नमुना मावि र देवचुलीको नेपाल नमुना माविले नगदसहित सम्मान र बजार परिक्रमा गराइएका छन् ।
गण्डकी फायर र साँखर वारियर उपाधिका लागि भिड्दै
‘मुन लाइट ग्रुप’ चापाकोट क्रिकेट लिगमा गण्डकी फायर र साँखर वरियर आज उपाधिका लागि भिड्दै छन् । चापाकोट नगरपालिका– ९ मा रहेको गंगालाल माविको खेलमैदानमा शनिबार बिहान ११ बजे गण्डकी फायर र साँखर वरियर बीच खेल हुने चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेम नारायण रेग्मीले जानकारी दिनुभयो ।
करेन्ट लगाएर गैँडा मारेको आशंका, एक पक्राउ
नवलपुरको कावासोती–१ स्याउलीस्थित मकैबारीमा मृत फेला परेको २५ वर्षीय भाले गैँडा करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भूमिहीनलाई लालपुर्जा दिन प्राविधिक तयारी जारी, वितरण अन्योलमा
राष्ट्रिय भूमि आयोग खारेज भए पनि तनहुँमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनसम्बन्धी पुराना अभिलेख संरक्षण तथा प्राविधिक तयारीका कामलाई नापी कार्यालय तनहुँले निरन्तरता दिएको छ ।
हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको शुभारम्भ
बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन सुरु गरेको छ । गाउँपालिकाले खेर गइरहेको विद्युत् र पानीको सदुपयोग गरी ऊर्जा उत्पादन थालेको हो ।
मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता
कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल पदयात्राका क्रममा एक जना स्वदेशी पर्यटक बेपत्ता भएका छन् ।
हर्षोल्लासका साथ मनाइयो 'तिजी पर्व'
मुस्ताङको लोमन्थाङमा बुधबारबाट सुरू भएको १५ औं शताब्दीको ऐतिहासिक, सांस्कृतिक ‘तिजी’ पर्व हर्षोल्लासका साथ मनाइएको छ ।
लेखनाथमा खुल्यो यातायात कार्यालय
कास्कीको पोखरा महानगरपालिकाको साविक लेखनाथमा शुक्रबारदेखि यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको छ ।
कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु
चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभिर र भिरकाटेमा बिस्फोटक पदार्थको सहायतामा पहाड काटेर सडक फराकिलो पार्न थालिएको छ ।
बागलुङमा अटोरिक्सा दुर्घटना हुँदा तीन जना घाइते
जिल्लामा अटोरिक्सा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
बागलुङ दुग्ध सहकारीले ‘मोही’ ब्रान्डिङ गर्दै
साढे दुई दशकदेखि दूध र दुग्धजन्य पदार्थको उत्पादन, प्रशोधन र बजारीकरणमा क्रियाशील बागलुङ दुग्ध सहकारी सङ्घले मोही (मही) ब्रान्डिङ सुरु गरेको छ।
जोमसोमको काठेपुल र आसपासको दृश्य
मुस्ताङको घरपझोङ गाउँपालिका–४ स्थित जोमसोम बजार जोड्ने काठेपुल र आसपासको दृश्य।
लोमान्थाङ दरबारको पहरेदार बनेका भोटेकुकुर
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा अवस्थित ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको लोमान्थाङ दरबार परिसरमा रहेको भोटेकुकुरले स्वदेशी तथा विदेशी पर्यटकको ध्यान आकर्षित गर्ने गरेको छ ।
कास्कीमा प्रहरी प्रमुखकै नेतृत्वमा ‘सरप्राइज चेकिङ’
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–२५, हेमजामा विशेष ‘सरप्राइज चेकिङ’ गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा प्रहरीको कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले जिल्लाका उच्चपदस्थ प्रहरी अधिकारीहरू आफैँ सडकमा उत्रिएर सवारी जाँच गरेका हुन् ।
भीरकोटका महिलालाई पञ्चेबाजा तालिम प्रदान
भीरकोट नगरपालिका–५ र नगरपालिकाको सहकार्यमा महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको छ । वडा नं. ५ का महिलाहरूलाई दिइएको दुई महिने तालिम सीप विकास, आत्मनिर्भरता र स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको वडा अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।
धौलागिरि अस्पतालमा एक लाख लिटर पानी ट्याङ्की सम्झौता
बागलुङ स्थित धौलागिरि प्रादेशिक अस्पताल मा एक लाख लिटर क्षमताको ओभरहेड पानी ट्याङ्की निर्माण हुने भएको छ । रोटरी क्लब अफ बागलुङको सहयोगमा करिब २ करोड १७ लाख रुपियाँ लागतमा उक्त ट्याङ्की निर्माण गरिने भएको हो ।
विज्ञान, प्रविधि, नवप्रवर्तन एवम् आविष्कारको प्रदर्शनी
स्याङ्जाका विद्यार्थीहरूले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी विभिन्न सिर्जनात्मक सामग्रीको प्रदर्शनी गरेका छन् । भूपू सैनिक आवासीय माध्यमिक विद्यालय को प्राङ्गणमा सम्पन्न विज्ञान सामग्री प्रदर्शनीमा जिल्लाका विभिन्न स्थानीय तहका १२ विद्यालयको सहभागिता रहेको थियो ।
कावासोतीको मकैबारीमा भाले गैँडा मृत फेला
नवलपुरको कावासोती नगरपालिका–१ स्याउलीस्थित मकैबारीमा दुर्लभ एकसिङ्गे भाले गैँडा मृत फेला परेको छ । अन्दाजी १०–१२ वर्षको गैँडा मृत फेला परेको घटनास्थलमा रहेका डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
गण्डकीमा राइड सेयरिङसम्बन्धी नयाँ कार्यविधि
गण्डकी प्रदेश सरकारले लामो समयपछि राइड सेयरिङ कार्यविधि नियमावली जारी गरेको छ । यसअघि २०८२ जेठ १ गते राइड सेयरिङ नियमावली प्रदेश राजपत्रमा प्रकाशित भएपछि त्यसको विरोधमा देशभर आन्दोलन भएको थियो । सङ्घीय सरकारको अङ्कुशले पछि हटेको प्रदेश सरकारले केही नयाँ व्यवस्था थपेर नियमावली पारित गरेको हो ।
भेटीबाट चल्ने गुरुकुलको नतिजा उत्कृष्ट
भक्तजनको दान र भेटीबाट सञ्चालित तनहुँका गुरुकुल यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अब्बल देखिएका छन् । धार्मिक र आध्यात्मिक वातावरणमा अध्ययन हुने देवघाट गाउँपालिकाका चार वटा गुरुकुलले सामुदायिक विद्यालयलाई समेत उत्साहजनक रूपमा पछि पार्दै शतप्रतिशत नतिजा हासिल गरेका हुन् ।