अमरसिंह माविको जग्गामा रहेका ५३ टहरा हटाइए
पोखरा महानगरपालिका–१२ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा विगत तीन दशकदेखि रहेका अस्थायी संरचना हटाइएको छ ।
म्याग्दी नदी कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण
बेनी नगरपालिका–७, मङ्गलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रण गर्न पक्की संरचना निर्माण सुरु गरिएको छ । नदी कटानको उच्च जोखिममा रहेको बजारलाई संरक्षण गर्न पक्की पर्खाल निर्माण थालिएको हो ।
कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान
यहाँको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ ।
बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
हालै विवाहबन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडकबत्ती जडान गर्नुभएको हो ।
विषादीको विकल्पमा ‘जैविक झोल’
म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसोममार्फत फलफूलबालीको रोगकिरा नियन्त्रणमा विषादीको विकल्पमा ‘जैविक झोल’ प्रयोग गर्न थालिएको छ ।
विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी
पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गर्नुभएको थियो ।
भकिम्लीका कृषकलाई घरदैलोमै पशु उपचार सेवा
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा पशुपालन गर्ने कृषकका घरदैलोमै पुगेर निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरिएको छ । शिविरमा ७७ जना कृषकका करिब तीन हजार पाँच सय पशुपन्छीको स्वास्थ्य परीक्षण, उपचार तथा औषधी वितरण गरिएको हो ।
नगर उपप्रमुखको तलब–सुविधा सामाजिक कार्यमा
केही जनप्रतिनिधि विकास निर्माणका योजनामा अनियमितता गर्दा अख्तियारको फन्दामा परेको समाचार सार्वजनिक भइरहेका बेला बागलुङका एक जनप्रतिनिधिले भने आफूले प्राप्त गर्ने तलब–सुविधा सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ ।
फेदिखोलाका विद्यार्थीद्वारा ‘ज्योया’ एआई असिस्टेन्ट विकास
फेदिखोला गाउँपालिका–१, भट्टीखानका कुसल पोखरेल र असल पोखरेलले ‘ज्योया’ नामक एआई असिस्टेन्ट विकास गर्नुभएको छ ।
सिरानचोक कागतीको हब बन्दै
गोरखाको सिरानचोक गाउँपालिका अन्तर्गत रहेको सिरानचोक अहिले कागती उत्पादनको मुख्य केन्द्रका रूपमा परिचित हुन थालेको छ । यहाँका किसानले पराम्परागत खेती छाडेर व्यावसायिक रूपमा कागती खेती गर्न थालेपछि सिङ्गो वडा नै कागतीको हबका रूपमा विकसित हुन थालेको छ । सो क्षेत्रमा हावापानी, मलिलो माटो र बजारको सहज पहुँचका कारण वडाभित्र उत्पादन भएका कागतीको माग दिनप्रतिदिन बढ्दै गएको छ । स्थानीय कागती किसान काजीबाबु घिमिरेले ४० रोपनी जग्गा क्षेत्रफलमा घरआँगनदेखि बारीका कान्लासम्म कागतीका बिरुवा रोप्नुभएको छ ।
रक्तस्राव रोक्ने विधि सिक्दै स्वास्थ्यकर्मी
स्थानीय तहका मातृ तथा नवजात स्वास्थ्य हेर्ने स्रोतव्यक्तिलाई रक्तस्राव रोक्ने र महिलाको ज्यान बचाउनेसम्बन्धी तालिम प्रदान गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय र धवलागिरि प्रादेशिक अस्पतालको आयोजना तथा फेयरमेड र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको साझेदारीमा सञ्चालित स्वास्थ्यकर्मीलाई सुत्केरीको ज्यान बचाउने ‘कन्डम टेम्पोनेड’ विधि सिकाइएको छ ।
कोरला नाकामा भूमिगत पानी फेला
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ मा नेपाल–चीन जोड्ने कोरला (नेचुङ–लिजी) नाकास्थित दशगजा क्षेत्रमा भूमिगत पानीको परीक्षण सफल भएको छ ।
५८ लाख मूल्य बराबरका अवैध सामान बरामद
जिल्ला प्रहरी कार्यालय नवलपुरले ५८ लाख रुपियाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ ।
द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले काठमाडौँ–तराई/मधेश द्रुतमार्गअन्तर्गत खोकना क्षेत्रको विवाद समाधानका लागि विशेष पहल थाल्नुभएको छ ।
जंगली भ्याकुर खाँदा एकको मृत्यु, एक गम्भीर र आठ बिरामी
निगुरो टिप्न जंगल गएकाहरुले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । जंगली भ्याकुर सेवन गर्दा आठ जना बिरामी परेका छन् ।
म्याग्दीको जगन्नाथ मन्दिर
म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिर । ५०० वर्ष पहिला तत्कालीन पर्वत राज्यका राजा दिलिपवम मल्लले यो मन्दिर निर्माण गर्न लगाएका थिए ।
कावासोती जङ्गलमा कार दुर्घटना, चालकको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती नगरपालिका –८, खरकट्टा जङ्गलमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नारायणघाटबाट बुटवलतर्फ जाँदैगरेको लु १ च ३५२३ नम्बरको कार आँफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
बागलुङमा प्रजनन स्वास्थ्य समस्या बढ्दो, समयमै परीक्षण गर्न आग्रह
समयमै पहिचान हुन नसक्दा प्रजननसम्बन्धी स्वास्थ्य समस्या जटिल बन्ने गरेको बताइएको छ ।
न्याउली खोलाको मोटरेबल पुल उदघाट्न
उत्तरी गोरखाको आरुघाट–माछी खोला–लार्के सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका–७, न्याउली खोलामा निर्माण सम्पन्न मोटरेबल पुल उदघाटन गरिएको छ ।
मन्दिरको पार्किङ शुल्कबाट विद्यालयमा अक्षयकोष
कालिका भगवती गुठी व्यवस्थापन समितिले सवारी साधन पार्किङ गरे बापत प्राप्त गर्ने रकम अक्षयकोष स्थापनामा लगाउन थालेको छ ।
पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना
पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो
भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी
तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ ।
कालिका मन्दिरको वैशाख महिनामा ६१ लाख आम्दानी
बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरले वैशाख महिनामा ६१ लाख ७८ हजार २१० रुपियाँ आम्दानी गरेको छ । आय–व्यय विवरण सार्वजनिक गर्दै कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले मन्दिरमा वैशाख महिनामा ११ लाख ५८ हजार ५४० रुपियाँ खर्च भएको जनाएको छ।
मनास्लु संरक्षण क्षेत्रमा दुर्लभ हिमाली वन्यजन्तु झारल भेटियो
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत पर्ने मनास्लु संरक्षण क्षेत्रमा दुर्लभ हिमाली वन्यजन्तु झारल भेटिएको छ ।