हिमपात र वर्षा भएपछि लमजुङका किसान खुसी
हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । स्थानीयका अनुसार बुधबार बिहानैदेखि हिउँ परेको हो । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टंकी मनाङ गाउँ, घ्यारु, ङावललगायत गाउँ हिउँले ढाकिएका छन् ।
हिउँले छपक्क छोपेको मुक्तिनाथ मन्दिर
हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तीर्थस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने मुक्तिनाथ मन्दिरमा करिब डेढ फिट हिमपात भएको छ ।
महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’
“जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी महिला सदस्यको कुनै भूमिका नै छैन” तानसेन नगरपालिका–२ की मञ्जु रणपालले भन्नुभयो, “जनताको गुनासो र काम लिएर नगरपालिका र वडा कार्यालयमा जाँदा हाम्रो कुरा सुनिदैन ।”
स्वास्थ्य बिमा कार्यक्रमले निरन्तरता पाउँछः मन्त्री गौतम
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पूर्ण प्रतिबद्धताका साथ निरन्तरता दिने बताउनुभएको छ । आर्थिक अभावले गर्दा बिमा कार्यक्रम प्रभावित हुन सक्ने भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नरहेको दाबी गर्दै उहाँले भ्रममा नपर्न आग्रह गर्नुभयो ।
भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
वर्षासहित मुस्ताङमा हिमपात, जनजीवन प्रभावित
मुस्ताङमा वर्षासहित हिमपात भएको छ । गएराति मङ्गलबारदेखि तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा वर्षासहित हिमपात हुदाँ जनजीवन कष्टकर बनेको छ ।
प्रदेश अस्पताल बेनीमा देखिएका समस्या समाधान हुन्छ : स्वास्थ्य मन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले प्रदेश अस्पताल बेनीले भोग्दै आएका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । स्वास्थ्य बिमा रकम भुक्तानीको ढिलाइ, दक्ष चिकित्सक तथा आवश्यक स्वास्थ्य उपकरणको अभाव लगायतका समस्याको समाधानका लागि मन्त्री गौतमले तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नवलपुरमा नयाँ उम्मेदवारको वर्चस्व
दुई पदका लागि नवलपुरमा २६ वर्षका जेनजीदेखि ७० वर्ष कटेकासम्म ३६ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये आठ जना स्वतन्त्र उम्मेदवार छन् भने बाँकी दलीय आधारमा प्रतिस्पर्धामा छन् ।
एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन
मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् ।
आचारसंहिताको पालनामा प्रतिबद्ध छौं : स्याङ्जाका उम्मेदवार
स्याङ्जाका राजनीतिक दल र तीनका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।
धौलागिरी अस्पतालबाट अन्य अस्पतालले सिक्नु पर्दछ : स्वास्थ्यमन्त्री गौतम
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य क्षेत्रमा धौलागिरि प्रादेशिक अस्पतालले फड्को मारेको बताउनुभयो ।
जलजलाका दस उद्यमी उत्कृष्ट घोषित
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले उत्कृष्ट दस उद्यमी छनोट गरी एक लाख रुपियाँ प्रोत्साहनसहित सम्मान गरिएको छ ।
नवौं वालिङ महोत्सव आजबाट
स्याङ्जाको वालिङमा बुधबारबाट नवौं चरणको महोत्सव सुरु हुने भएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नारासहित गण्डकी प्रदेशस्तरीय महोत्सव गर्न लागिएको आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
तेत्तिस दिनमा ‘पेन्सनपट्टा’ छायाङ्कन पूरा
माओत्से गुरुङद्वारा निर्देशित चलचित्र ‘पेन्सनपट्टा’ को सम्पूर्ण छायाङ्कन सकिएको छ । कास्कीको पर्यटकीय गाउँ ताङतिङबाट छायाङ्कन सुरु भएको चलचित्रको ३३ दिन लगाएर ‘इन्डक्लाप’ गरिएको हो ।
तीन नाल भरुवा बन्दुकसहित दुई पक्राउ
। विरूवा गाउँपालिका –२ झागडीमा तीन वटा भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सेती नदीमा बेपत्ता भएका सप्लाङ्गी अझै फेला परेनन्
तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तेस्रो दिन साँझ सम्म पनि फेला पर्न सकेका छैनन् ।
अनलाइनमार्फत् छ महिनामा साढे १९ लाख ठगी
मोबाइल र इन्टरनेटको विस्तारले जीवनशैलीमा आमूल परिवर्तन गरेको छ । सँगसँगै, अनलाइन ठगीका घटना पनि बढेका छन् ।
स्याङ्जामा निर्वाचनका लागि शान्ति सुरक्षा सक्रियता
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा जिल्ला सुरक्षा समिति तथा जिल्ला निर्वाचन समितिको टोलीले सक्रियता बढाएको छ ।
टाइगर कप भलिबल : पुलिसलाई हराउँदै न्यु डायमन्ड फाइनलमा
नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
म्याग्दीका उम्मेदवारले सुरु गरे घरदैलो
आगामी फागुन २१ गतेको हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलका उम्मेदवारहरु ग्रामीण वस्तीका मतदाताको घरदैलो पुगेर भेटघाट थालेका छन् ।
‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं ९ स्थित ‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण भइरहेको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुने जनाइएको छ ।
लमजुङमा थपिए ६ मतदान केन्द्र
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा पुनः ६ वटा मतदान केन्द्र थपिएको छ । निर्वाचन आयोगले जिल्लाको मतदानस्थलमा भएका मतदाता सङ्ख्याका आधारमा साविककै मतदानस्थलमा ६ वटा मतदान केन्द्र थपेको हो ।
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी
बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।
तनहुँमा निर्वाचन प्रहरीका लागि थप ६५३ जनाको आवेदन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरीको सङ्ख्या अपुग भएपछि पुनः आह्वान गरिएको दुई दिनको अवधिमा ६ सय ५३ जनाले आवेदन दिएका छन् ।