धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरवराह
हिन्दु धर्मग्रन्थमा उत्तरतर्फ बगेका नदीलाई महातीर्थका रूपमा लिने गरिएको छ । संसारमा समान्यतः उत्तरतर्फ बगेका नदी निकै कम रहेका छन् । तिनै दुर्लभ उत्तरबाहिनी नदीमध्येमा बागलुङको ढोरपाटनस्थित उत्तरगङ्गा नदीलाई लिइन्छ ।
कागती बिक्री नभएपछि रस र चुक बनाइँदै
यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएको कागतीको दानाले बजार नपाएपछि विकल्पका रूपमा कागती पेलेर रस तथा चुक नै बिक्री गर्ने अवस्थामा किसानहरू पुगेका हुन् ।
ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य
रघुगङ्गा गाउँपालिका–७, चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रय स्थल निर्माण भएपछि ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
नारायणघाट–बुटबल सडक : निर्धारित समयमा काम नसके ठेकेदारलाई जरिवाना
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड विस्तारको काम अवको निर्धारित समयमा पनि नसके ठेकेदार कम्पनीलाई जरिवाना गरिने बताउनुभएको छ ।
मुस्ताङमा ९५ क्यामरामार्फत हुँदै छ हिउँ चितुवाकाे सर्वेक्षण
मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ ।
पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल
गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् ।
आगलागीमा परी लमजुङमा घाइते वृद्धाको मृत्यु
लमजुङको सुन्दरबजार नगरपालिका–८, बलिथुममा आगलागीमा परी गम्भीर घाइते एक वृद्धाको मृत्यु भएको छ ।
सरकारी उपेक्षाले आमा–छोराको बिचल्ली
आधुनिक समाज, मानव अधिकार र समावेशीकरणका कुरा भइरहँदा तनहुँको व्यास नगरपालिका–८, बर्लाचीमा भने २६ वर्षीय झलक बिक पशुलाई जस्तै दाम्लोले बाँधिएर दिन बिताइरहेका छन् । जन्मजात बहुअपाङ्गता भएका झलक हिँड्डुल गर्न असमर्थ छन् ।
पोखरामा पत्रकार भेला : एघारबुँदे घोषणापत्र जारी
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको आयोजनामा भएको भेलाले ११ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । सो घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको हकहित, पेसागत सुरक्षाका लागि निरन्तर सङ्घर्षरत रहने महासङ्घले प्रतिबद्धता व्यक्त गरेको छ । वर्तमान सन्दर्भमा नेपाली पत्रकारिता आर्थिक सङ्कटबाट गुज्रिरहेको निचोड पनि भेलाले निकालेको छ । सञ्चारगृहको आम्दानी घट्नु, विज्ञापन बजार असन्तुलित हुनु, डिजिटल प्लेटफर्मको प्रभाव बढ्नु र राज्यको नीतिगत उदासीनताले पत्रकारको जीविकोपार्जन असुरक्षित बनेको भेलामा औँल्याइएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा ६३१ जनाले लिए सेवा
अर्जुन चौपारी गाउँपालिका र खुमा अर्याल फाउन्डेसनले वडा नं —१ मा गरेको बृहत निःशुल्क स्वास्थ्य शिविरमा ६३१ जनाले विशेषज्ञसहितको सेवा लिएका छन् ।
उत्तरी गोरखाको दोभान–जगत सडक तीन दिनदेखि अवरुद्ध
उत्तरी गोरखाको बेनीघाट–आरुघाट– लार्के सडक खण्डअन्तर्गत धार्चे गाउँपालिका–३ कालोभीरमा ठुलो ढुङ्गा खस्दा दोभान–जगत सडक खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ ।
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य
बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् ।
कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ ।
सुर्तिजन्य पदार्थको सेवनले वर्षेनि ३८ हजारभन्दा बढीको ज्यान जाँदै
नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वर्षेनि झण्डै ४० हजारभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
अर्जुनचौपारीका अध्यक्ष तिवारीलाई जेसीआई यूथ अवार्ड
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी जेसीआई यूथ अवार्डबाट सम्मानित हुनु भएको छ ।
फोनिज संघीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेस्रो पूर्ण बैठक पोखराको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा सम्पन्न भएको छ । शुक्रबारदखि सुरुभएको बैठक शनिबार सम्पन्न भएको हो ।
पोखरा पर्यटन प्रबर्धनबारे फोनिजको अन्तरक्रिया
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा पर्यटन वर्ष २०२५ प्रवर्धन बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ ।
धमाधम बन्दै मादी नदीमा चार लेनको पुल
तनहुँको दमौलीस्थित मादी नदीमा निर्माण भइरहेको आधुनिक चारलेन पुलको कामले तीव्रता पाएको छ।
पोखरी तालमा वनभोज खान जानेको भिड (तस्बिरसहित)
नवलपुर सदरमुकाम कावासोतीको महारजा धार्मिक वनमा रहेको पर्यटकीयस्थल पोखरी तालमा वनभोज खान जानेको लर्को लागेको छ । पुस ५ गते शनिवारको दिन यहाँ वनभोज गर्न जानेको भिड लागेको हो ।
नयाँ शक्तिसँग सकेसम्म एकता, नभए चुनावी सहकार्यः खनाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचन केन्द्रित भएर चुनावी तयारी र राजनीतिक सहकार्यलाई सँगसँगै लगेको नेता शिशिर खनालले बताउनुभएको छ।
फेदीखोलाद्वारा ११० कृषक सम्मानित
फेदीखोला गाउँपालिकाले एक सय १० जना कृषकलाई सम्मानित गरेको छ ।
मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग
५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेँसीसहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।
नेपाली कांग्रेसका वडा सभापति र क्षेत्रीय सहसचिव रास्वपामा प्रवेश
नेपाली कांग्रेस वडा सभापति र बागलुङ क्षेत्र नम्बर २ का सहसचिव राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । बाग्लुङ नगरपालिका वडा नम्बर २ का पार्टी सभापति अमरबहादुर खड्का राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको हो ।