मौलिकता जोगाउन ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन’
मगर समुदायको पहिचानसँग जोडिएको कौराहा नाचको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको संरक्षण र संवर्धनका लागि तनहुँमा ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३’ आयोजना गरिने भएको छ ।
हिमपातले किसानलाई राहत
मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन् ।
मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण
यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले शनिबार दुईवटै भवनको उद्घाटन गर्नुभयो । भूकम्पप्रतिरोधी क्षमताका दुई रदुईतले दुईवटै भवन अपाङ्गमैत्री छन् ।
दाउन्नेमा एकतर्फी सवारी सञ्चालन, यात्रु सास्तीमा
शुक्रबारदेखि अवरुद्ध रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा अहिले पालैपालो एकतर्फी सवारी सञ्चालन हुन थालेको छ । लगातारको वर्षाका कारण सडक चिप्लो भएपछि गाडी उक्लिन नसक्दा यात्रुले लामो समयसम्म सास्ती भोग्नुपरेको थियो ।
नवदुर्गा सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको भीड
चैते दशैंअन्तर्गत नवदुर्गा सुरु भएसँगै देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा भक्तजनको भीड बढ्न थालेको छ । चैते दशैं मेलाको अवसरमा मन्दिर परिसरमा चहलपहल पनि बढेको छ ।
नीतिगत समस्याले तनहुँ जलविद्युत् प्रसारण लाइनमा ढिलाइ
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्य नीतिगत समस्याले गर्दा प्रभावित भएको छ ।
वर्षाले प्याराग्लाइडिङ प्रतियोगिता प्रभावित, अघिल्ला खेलकै आधारमा नतिजा घोषणा
पर्यटनको राजधानी पोखरामा पाँच वर्षपछि आयोजना गरिएको २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप वर्षाका कारण प्रभावित भएको छ ।
दाउन्नेको अवरोधले पश्चिम जाने सवारी साधन कावासोतीमै रोकिए
लगातारको वर्षाले चिप्लो बाटोमा गाडीले बाटो पार गर्न नसक्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्डमा गाडीको लामो लाइन लागेको छ।
मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै
शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।
एसिया कप ट्रायथलनमा जापानीको वर्चश्व
पोखरामा शनिबार सातौँ एसिया कप ट्रायथलन र साउथ एसियन च्याम्पियनसिप भएको छ ।
संस्कृति र पर्यटन प्रवर्धनको लागि एकीकृत पहल
तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा स्थानीय पहिचान, संस्कृति संरक्षण र पर्यटन प्रवर्धनलाई केन्द्रमा राखेर एकीकृत अभियान सुरु गरिएको छ ।
उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज
दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना बिरामी उपचारपछि निको भएर घर फर्किएका हुन् ।
विविधताबिचको एकता नै राष्ट्रियताको आधारः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै मुस्लिम धर्मावलम्बीमा इद (इद–उल–फित्र)को शुभकामना व्यक्त गर्नुभएको छ ।
वर्षाले नारायणघाट–बुटबलको दाउन्ने सडकखण्ड ठप्प
शुक्रबार दिउँसोदेखि परेको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवलको दाउन्ने सडकखण्ड ठप्प भएको छ। लगातारको वर्षाका कारण सडक अत्यधिक चिप्लो र हिलाम्य बनेपछि उक्त खण्ड शुक्रबारदेखि नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चट्याङ पर्दा घरमा क्षति
तनहुँको ऋषिङ गाउँपालिका–८, धारुङगैरीस्थित रानीपोखरीमा चट्याङ लाग्दा एक घरमा क्षति पुगेको छ । शुक्रबार साँझ विष्णु सारुको ढुङ्गा–माटोले बनेको एकतले कच्ची घरमा चट्याङ पर्दा घरभित्र रहेका सामग्रीमा क्षति पुगेको हो ।
कालीगण्डकी धार्मिक संस्कृति र सम्पदा
नेपालका तीन वटा नदी प्रणालीमध्ये एक गण्डकी अन्तर्गत नारायणी नदीको सहायक नदी हो– कालीगण्डकी । चितवन र तनहुँको सङ्गमस्थल देवघाटधामनजिक पुगेर नारायणी नदीमा मिसिन्छ– कालीगण्डकी नदी । कालीगण्डकी नदीको सुरुवाती चाहिँ नेपालको मुस्ताङ जिल्लाको न्युबिन हिमाल हिमसञ्चित क्षेत्रबाट भएको हो । यो क्षेत्रको उचाइ २० हजार ५४६ फिट (छ हजार २६८ मिटर) उ
मोदी गाउँपालिकामा ‘डिजिटल स्मार्ट कृषि प्रणाली’ सुरु
पर्वतको मोदी गाउँपालिकाले कृषिको आधुनिकीकरण र उत्पादन वृद्धि गर्न लक्षित गरी ‘डिजिटल स्मार्ट कृषि प्रणाली परियोजना’ सुरु गरेको छ।
बागलुङमा ५० करोडका एघार सडक आयोजना सञ्चालनमा
बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना एकसाथ स्तरोन्नतिको चरणमा पुगेका छन् । सडक डिभिजन कार्यालयअन्तर्गत अहिले बागलुङका विभिन्न स्थानमा एघार सडक ठेक्का मार्फत धमाधम स्तरोन्नति भइरहेका छन् ।
संसारकोटमा एक करोडभन्दा बढी लगानीमा पर्यटकीय संरचना निर्माण
बागलुङ नगरक्षेत्रका पाँच वटा कोट मिलाएर ‘पञ्चकोट’ नामाकरण गरिएको छ। स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको अगुवाईमा ताराजालकोटमा ६० करोडभन्दा बढीको लगानीमा धार्मिक संरचना निर्माण भइसकेको छ।
दाउन्ने सडक खण्डमा वर्षा र लेदो माटोले यात्रा कठिन
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा वर्षाका कारण यातायात सञ्चालनमा समस्या देखा परेको छ। सडक अत्यधिक चिप्लो हुनु र लेदो माटोका कारण सवारी साधनहरू बिच सडकमै अड्किने समस्या बढेको छ।
‘सहिदको सपनालाई मार्गदर्शन मानेर काम गर्छु’
गोरखाको सामान्य परिवारमा जन्मिएका डा. स्वर्णिम वाग्ले अहिले नेपाली राजनीतिको चर्चित र प्रभावशाली अनुहारका रूपमा स्थापित हुनुभएको छ । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेका वाग्ले तनहुँ–१ बाट दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
मुस्ताङमा लगातार हिमपात, जनजीवन कष्टकर
भारी हिमपातका कारण मुस्ताङको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउँसोदेखि वर्षासँगै उपल्लो मुस्ताङको लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा हिमपातले सञ्चार र विद्युत आपुर्तीमा अवरोधका कारण जनजीवन कष्टकर बनेको हो ।
अलपत्र कृष्ण मोटरमार्गको ठेक्का रद्द
तनहुँको घिरिङ गाउँपालिकाले कृष्ण मोटर मार्गको ठेक्का रद्द गरिदिएको छ । लामो समयदेखि कानुनी झमेलामा रुमल्लिएर अलपत्र बनेको सो मार्गको ठेक्का रद्द गरी नयाँ प्रक्रिया अघि बढेको हो ।
पुरातत्वले स्वीकृति नदिँदा सुविधा थप्न ढिलाइ
हिन्दु तथा बौद्धमार्गीको महत्त्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा तीर्थालुको सुविधालाई लक्ष्य गरी मर्मत तथा सुविधा थप्न ढिलाइ भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. १ मा अवस्थित मन्दिरमा पूर्वाधार थपका लागि मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार पुरातत्त्व विभागमा प्रस्ताव गरिएको लामो समय बितिसक्दासमेत अनुमति नदिइएकाले काम हुन नसकेको हो ।