• ४ कात्तिक २०८२, मङ्गलबार

कविता वाचन गरेर महाकवि देवकोटाको स्मरण

blog

महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा आयोजित कार्यक्रम । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, कात्तिक ३ गते । महाकवी लक्ष्मीप्रसाद देवकोटाको १ सय १७ औ जन्मजयन्ती बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ । 

विद्यामन्दिर पुस्तकालय देवकोटा जयन्ती संयोजन समितिले देवकोटाले नेपाली भाषा, साहित्य र शिक्षमा गरेको योगदानबारे चर्चा र चिन्तन लगायतका कार्यक्रम गरी दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै पुस्तकालयका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको योगदान सदैव स्मरणयोग्य रहेको बताउनुभयो । उहाँले वर्तमान सन्दर्भमा महाकवि देवकोटाकोे जीवनशैलीबाट धेरै टकुरा सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

देवकोटा जयन्ती संयोजन समितिका संयोजक काजी रोशनले महाकवि देवकोटाको जिवनी र योगदानबारे चर्चा गर्नुभयो । प्रतियोगिताको नियमबारे मधुश्री साहित्य प्रतिष्ठानका अध्यक्ष तथा निर्णायक समितिका संयोजक धनराज सापकोटाले जानकारी गराउनुभएको थियो ।

नौ जना सहभागी कविता प्रतियोगितामा रामचन्द्र शर्मा ‘उन्मुक्त’ प्रथम, विजय श्याम राजभण्डारी द्वितिय, र कोपीला कँडेल तृतिय हुनुभएको छ । सो अवसरमा धनराज सापकोटा जिज्ञासु र यामबहादुर थापाले अप्रतियोगी कविता वाचन गर्नुभएको थियो । 

कार्यक्रम विद्या मन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, निवर्तमान अध्यक्ष राम थापा ‘अविरल’को स्वागत मन्तव्य र स्मृति प्रकाशनका अध्यक्ष गुणराज शर्मा ‘गुराँस’ को सञ्चालनमा सम्पन्न भएको थियो ।