नेपालसँग अमेरिका पराजित
कुशल भुर्तेलको अविजित शतकीय पालिको सहयोगमा नेपालले शनिबार आइसिसी क्रिकेट वल्र्डकप लिग २ मा बलियो अमेरिकालाई सजिलै नौ विकेटले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रनमै अलआउट भएको थियो । नेपालले ३६.१ ओभरमै एक विकेटको क्षतिमा १९९ रन बनाएर लक्ष्य हासिल ग¥यो । यस नतिजासँगै शीर्ष चारमा रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा चयन हुने नेपालको झिनो सम्भावना कायम रह्यो । आठ टिम सहभागी विश्वकप लिग २ २०२३/२४–२०२७ ‘साइकल’ मा नेपालले अझै १० खेल खेल्न बाँकी छ । जसमध्ये नेपालले अब दुई खेल मात्र घरेलु मैदानमा खेल्ने छ । नेपाल २६ खेलमा नौ जित, १५ हार र दुई अनिर्णीत खेलसहति २० अङ्क बनाएर सातौँ स्थानमा कायम छ । यद्यपि उसले पाँचौँ स्थानमा रहेको नामिबियासँगको दुरी दुई र छैटौँ स्थानमा रहेको क्यानडासँग एक अङ्कमा झार्न सफल भएको छ । नामिबि
शतकपछि कुशलको प्रतिक्रिया- शीर्ष ब्याटरको राम्रो सुरुआतमा खुसी छु
आइसिसी विश्वकप लिग–२ को शृङ्खलामा अमेरिकामाथि सानदार जित निकालेपछि नेपालका शतकधारी ब्याटर कुशल भुर्तेलले आफ्नो शतकभन्दा पनि शीर्ष क्रमका ब्याटरले रन बनाउन सक्दा बढी खुसी लागेको बताउनुभएको छ ।
अमेरिका र नेपालको खेल : खेलाडीलाई हौसला बढाउन कीर्तिपुरमा सभामुख अर्याल र मन्त्री पोखरेल
प्रतिनिधि सभाका सभामुख अर्याल केही समय उपस्थित भएर खेलाडीलाई हाैसला दिनुभयो भने युवा तथा खेलकुदमन्त्रीसमेत रहनुभएका सरकार प्रवक्ता पोखरेलले खेल अवधिभर मैदानमा बसेर खेलाडीको हौसला बढाउनुभएको हो ।
कुशल भुर्तेलको नटआउट शतकमा अमेरिकामाथि नेपाल नाै विकेटले विजयी
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ ।
अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याउँदै नेपाल : कुशल भुर्तेलको शतक
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपाल सामू जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि कुशल भुर्तेलले शतक बनाउनुभएको छ ।
गण्डकी फायर र साँखर वारियर उपाधिका लागि भिड्दै
‘मुन लाइट ग्रुप’ चापाकोट क्रिकेट लिगमा गण्डकी फायर र साँखर वरियर आज उपाधिका लागि भिड्दै छन् । चापाकोट नगरपालिका– ९ मा रहेको गंगालाल माविको खेलमैदानमा शनिबार बिहान ११ बजे गण्डकी फायर र साँखर वरियर बीच खेल हुने चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेम नारायण रेग्मीले जानकारी दिनुभयो ।
नेपालको अगाडि कठिन प्रतिद्वन्द्वी अमेरिका
आइसिसि विश्वकप क्रिकेट लिग–२ मा शनिबार खेल्दा नेपाल र अमेरिका दुई फरक लक्ष्यमा हुने छन् । नेपाललाई शीर्ष चारमा स्थान बनाउन अब कुनै पनि खेल हार्ने छुट छैन । अमेरिकाले भने लामो समयसम्म अधीनमा राखेपछि गुमाएको शीर्ष स्थान फर्काउने कोसिस गर्ने छ । चालु त्रिदेशीय शृङ्खला अन्तर्गत यी दुवै टिमले पहिलो खेलमा एकै प्रकारले हार बेहोरेका थिए । स्कटल्यान्डले नेपाल र अमेरिका
१७ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कोहलपुर प्रथम
कोहलपुर नगरपालिकाले लगातार पाँचौ पटक बाँके जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जित्न सफल भएको छ ।
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड आजदेखि
१६औँ लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि दाङमा सुरु हुँदैछ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा हुने प्रतियोगिता जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ ।
विश्वकप लिग–२ : अमेरिका स्कटल्यान्डसँग पराजित
काठमाडौँमा जारी आइसिसी विश्वकप लिग–२ मा अमेरिका स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा स्कटल्यान्डले अमेरिकालाई दुई रनले हराएको हो ।
डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ स्क्रिनिङसँगै एनकेएलको एन्थम सार्वजनिक
नेपाली कबड्डीको इतिहासलाई समेट्दै तयार पारिएको डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ स्क्रिनिङ गरिएको छ । नेपाल कबड्डी लिग दोस्रो सिजन तयारीको क्रममा एनकेएल एन्थम सङ पनि सार्वजनिक गरेको छ ।
पिएसजीलाई फ्रेन्च लिग वान उपाधि
फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ ।
राष्ट्रिय खेल सङ्घले असार १५ गतेसम्म नवीकरण नगरे खारेज गरिने
नेपाली खेलकुदको नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय खेलकुद सङ्घहरूलाई असार १५ गतेसम्म नविकरण गर्न निर्देशन दिएको छ ।
जिल्ला राष्ट्रपति रनिङशिल्ड पाँचौँ पटक मुसिकोटको कब्जा
मुसिकोट नगरपालिका–४ कुर्घास्थित ग्वादीकाचौर खेलमैदानमा सम्पन्न १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि पाँचौँ पटक मुसिकोट नगरपालिकाले जितेको छ । यसअघि पनि मुसिकोटले लगातार चार पटक उपाधि जितिसकेको थियो ।
कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता
कोहलपुर नगरपालिकामा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । सामाजिक विकास डिभिजन कार्यालय बाँके को आयोजनामा जेठ १ गतेदेखि प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
रग्बीका प्रेम उज्वेकिस्तान जाने
रग्बी रेफ्री प्रेमबहादुर कोइरालाले सेन्ट्रल एन्ड साउथ एसिया (कासा) रग्बी सेभेन्स प्रतियोगितामा मुख्य रेफ्रीका रुपमा सहभागी हुन बिहीबार उज्वेकिस्तानको तास्केन्त प्रस्थान गर्नुहुनेछ । प्रतियोगिता मे १७ देखि १८ तारिखसम्म हुनेछ ।
राष्ट्रिय ब्याडमिन्टन सुरु
नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा ४२औँ राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।
क्रिकेट प्रशिक्षकको पारिश्रमिक बढाउन माग
नेपाल क्रिकेट प्रशिक्षक सङ्घले क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा र पारिश्रमिक बढाउन माग गरेका छन् ।
मैदानको अभावमा खेलकुद गतिविधि ठप्प
धनुषाको ढल्केबरका युवा खेल मैदान खोज्नका लागि लागि सक्रिय भएका छन् । खेल मैदानको अभावमा लामो समयदेखि खेलकुद गतिविधि शुन्य भएपछि यहाँका युवा उपयुक्त खेल मैदानको व्यवस्थापनमा जुटेका हुन् ।
राष्ट्रपति रनिङ शिल्डमा शारदा पहिलो
सल्यान जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शारदा नगरपालिका पहिलो भएको छ । शारदा नगरपालिकाले १२ स्वर्ण, १० रजत र ६ कांस्यसहित कुल २८ पदक जित्दै उपाधि हात पारेको हो ।
भिमसेन ग्रासरुट फुटबल एकेडेमी सञ्चालन
जिल्लाको काठेखोला गाउँपालिका-६, बिहुँमा भिमसेन ग्रासरुट फुटबल एकेडेमी सञ्चालनमा आएको छ । ग्रामीण क्षेत्रका बालबालिकाहरुलाई फुटबल खेलको क्षेत्रमा अगाडि बढाउन प्रेरित गर्ने र खेल प्रतिभा प्रस्फुटनका लागि भिमसेन ग्रासरुट फुटबल एकेडेमी सञ्चालन गरिएको हो ।
रारा ट्रेल रनको उपाधि कुँवर र सनमायालाई
मुगु जिल्लाको रारातालमा सुरु भएको छैठौँ रारा ट्रेल रनको उपाधि जुम्लाका युवकराज बुढा र सुनमाय बुढाले हात पार्नुभएको छ । पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिका –७ का दलबहादुर कुँवर र महिलातर्फ जुम्ला पातरासी गाउँपालिका –२ की सुनमाया बुढाले रारा ट्रेल रनको उपाधि हात पार्नुभएको हो ।
कोहलपुरमा ‘स्कुल टु ओलम्पिक’
बाँकेको कोहलपुरमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल एपिएफ स्कुलको हलमा कार्यक्रम सम्पन्न भएको हो ।
१६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड : प्रतापपुर गाउँपालिका प्रथम
पश्चिम नवलपरासीमा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा सुनवल नगरपालिकाको समन्वयमा सञ्चालित १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतापपुर गाउँपालिका प्रथम हुन सफल भएको छ ।