टी–२० विश्वकप : अस्ट्रेलियाको टोली घोषणा
भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि अस्ट्रेलिया टोलीको घोषणा भएको छ ।
मानाभरा गोल्डकप : नवप्रयास युथ सेमिफाइनलमा
ताप्लेजुङ, पुस १७ गते । हाङ्देवाको नवप्रयास युथ क्लब फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
राहुलद्वारा गल्फ उपाधि रक्षा, प्रोमा जयराम पहिलो
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि एमेच्योर गल्फर राहुल विश्वकर्माले जित्नु भएको छ ।
एनभिए कप : हेल्प नेपाल र पुलिस सेमिफाइनलमा
हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब नवौँ एनभिए कप भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
झिल्टुङ क्रस कन्ट्री दौड माघमा
बेल्कोटगढी नगरपालिका, नुवाकोटको आयोजनामा १० औँ झिल्टुङ क्रस कन्ट्री दौड माघ १० गते हुने भएको छ ।
दोस्रो पावर तेक्वान्दोको तयारी पूरा
अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजना र नेपाल तेक्वान्दो सङ्घसँगको सहकार्यमा दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिप शनिबार हुने भएको छ ।
मानाभरा गोल्डकपः लालीगुराँस र जनसेवा आदर्श सेमिफाइनलमा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी आमन्त्रित प्रथम मानाभारा गोल्डकप पुरुष फुटलबल प्रतियोगितामा लालीगुराँस स्पोर्टिङ युवा क्लब र जनसेवा आदर्श स्पोर्टिङ क्लब सेमिफाइल प्रवेश गरेका छन्।
महिला भलिबलको उपाधि मेरो डेण्टल होमलाई
आठौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशस्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि मेरो डेण्टल होम बागलुङले हात पारेको छ ।
नेपालको ग्रासरुट क्रिकेटका लागि बेलायतमा छलफल
छलफलमा ब्रिटिश गोर्खाली क्रिकेट लिग (बिजिसिएल) का प्रबन्ध निर्देशक ग्याम गुरुङले नेपाली क्रिकेटप्रति बेलायतबाट निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एन्फाको निर्वाचन माघ २८ गते
नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन आगामी माघ २८ गते हुने भएको छ ।
राहुल सेन्ट्रल गल्फको उपाधि नजिक
पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगिताको तेस्रो दिन बुधबार राहुलले एक ओभर ७३ खेल्नुभयो ।५४ होलको समाप्तिसँगै उहाँको कूल १० अन्डर दुई सय ६ स्कोर छ ।
केएमसि २९ वडा अध्यक्ष कप चेस हुने
काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को आयोजनामा ‘प्रथम केएमसी वार्ड चेयरम्यान कप ओपन फिडे रापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ ।
नेपालमा तीन दिन आइसिसी टी–२० विश्वकपको ट्रफी टुर
भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी टुर नेपालमा पुस २१ देखि २३ सम्म हुने भएको छ ।
एनभिए कप : नेपाल पुलिस अपराजित रहँदै सेमिफाइनलमा
विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै नवौँ एनभिए कप च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भारत च्याम्पियन
१७ औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा भारत च्याम्पियन बनेको छ । कुल ३७ पदकसहित भारतले २२ स्वर्ण १० रजत र ५ कास्य पदकसहित गत बर्षको च्याम्पियन नेपाललाई पछाडि पारेको छ।
सेन्ट्रल गल्फमा राहुलको अग्रता जारी
पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा मङ्गलबार राहुलले पाँच अन्डर ६७ खेल्दै शीर्षस्थानमा सात स्ट्रोकको अग्रतामा बनाउनुभएको हो । ३६ होलको समाप्तिसँगै उहाँको कुल ११ अन्डर एक सय ३३ स्कोर छ ।
किन्डर ओलम्पिक सम्पन्न
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको दोस्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब १६ सय विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ ।
एनभिए कप : एपिएफमाथि पुलिसको प्रतिस्पर्धात्मक जित
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा मङ्गलबार भएको विभागीय डर्बीमा पुलिसले एपिएफ क्लबलाई ३–२ को सेटमा स्तब्ध बनायो ।
एसियाली क्यानोइङ च्याम्पियनसिपमा पदक विजेतालाई बधाई
चीनको नुजियाङमा हालै सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बधाई दिनुभएको छ ।
गल्फमा साविक विजेता राहुलको अग्रता
पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा राहुलले ६ अन्डर ६६ खेल्दै शीर्षस्थानमा पाँच स्ट्रोकको अग्रतामा बनाउनुभएको हो ।
अभिलाषा मुख्य ‘ड्र’ मा
नेपाली टेनिस खेलाडी अभिलाषा विष्ट डब्लुटिए डब्लू ३५ को मुख्य ‘ड्र’ मा प्रवेश गर्नु भएको छ ।
एनभिए कप : उपाधि दाबेदार आर्मी क्वार्टरफाइनलमा
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सोमबार भएको समूह ‘डी’ को खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो ।
सङ्घीय मेला भलिबलमा १४ टोली
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सङ्घीय मेलाको अवसरमा खेलाइने भलिबल प्रतियोगितामा १४ टोली सहभागी हुने भएका छन् ।
ओलम्पिक मुभमेन्टलाई मैदानमा उपयोग गरौँ : जीवनराम
अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक कमिटीलाई विवादमा ल्याउने काम सरकार र अदालतबाट भईरहेको बताउनुभएको छ ।