सन्दीप लामिछानेले चार विकेट लिएको खेलमा स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको चुनौती
आइसिसी विश्वकप लिग–२ अन्तर्गत मङ्गलबारको खेलमा स्कटल्यान्डले नेपाललाई घरेलु मैदानमा २४४ रनको चुनौती दिएको छ ।
बागलुङमा ‘बाहिनीपति ट्रफी’ खेलकुद सुरु
नेपाली सेनाको श्री २३ नम्बर बाहिनी अड्डा बागलुङको आयोजनामा ‘बाहिनीपति ट्रफी’ खेलकुद प्रतियोगिता सुरू भएको छ ।
विश्वकप क्रिकेट लिग दुईः स्कटल्याण्डले ब्याटिङ गर्दै
विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको ।
मुसिकोटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
मुसिकोट नगरपालिका–४ कुर्घाको ग्वादिकाचौर खेल मैदानमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । प्रतियोगिताको मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेलले उद्घाटन गर्नुभयो ।
कठिन शृङ्खला खेल्दै नेपाल
तीन वर्षअघि आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएन, विश्वकप छनोटमा पनि स्वतः चयन भएको थियो । जुन विश्व क्रिकेटमा नै एक चमत्कारका रूपमा लिइएको छ । सो समय नेपाल सुरुदेखि नै पुछारबाट दोस्रो स्थानमाथि उक्लन सकेको थिएन । आइसिसी विश्वकप क्रिकेट लिग–२, २०२४/२७ साइकलमा पनि नेपाल अहिले सोही मोडमा रहेको छ । नेपाल २४ खेलमा आठ जित, १४ हार र दुई अनिर्णीत खेलसहित १८ अङ्क बनाएर आठ राष्ट्र सहभागी प्रतियोगितामा पुछारबाट दोस्रो स्थानमै छ । यसपालि पनि अर्को वर्ष विश्वकपको ग्लोबल क्वालिफायरमा स्वतः खेल्न र थप चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्न नेपालले बाँकीका १२ मध्ये धेरैभन्दा धेरै खेल जित्नुपर्ने बाध्यता छ । विश्वकप ग्लोबल छनोट दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दै छ ।
एचडब्ल्युसी र एबिसीलाई फुटसलको उपाधि
सिबिएम कलेज एसइई फुटसल टुनामेन्टको उपाधि एचडब्ल्युसी र एबिसी ग्रुपले जितेको छ ।
अभ्यास सिरिजमा नेपाल ‘ए’ को ‘क्लीन स्वीप’
नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिका सम्मिलित एकदिवसीय अभ्यास सिरिजमा ‘क्लीन स्वीप’ गरेको छ ।
खेलकुद राष्ट्रिय एकताको माध्यम
सरकारले खेलकुदलाई राष्ट्रिय एकताको माध्यमको रूपमा अगाडि बढाउने भएको छ ।
पारसद्वारा कोशी प्राइड लिगको तयारी बारे जानकारी
नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले सुनसरीको भोक्राहा नरसिंह–४ मा हुन लागेको कोशी प्राइड लिगका लागि तयार भइरहेको खेल मैदान जानकारीसँगै निरिक्षण गर्नुभएको छ ।
ब्रिटिश गोर्खाली क्रिकेट लिग सुरु
बेलायतमा बस्दै आएका नेपाली समुदायबिच लोकप्रिय ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बिजिसिएल) को छैटौँ संस्करण सुरु भएको छ ।
घरेलु मैदानमा रियललाई हराउँदै बार्सिलोना च्याम्पियन
घरेलु मैदान क्याम्प नाउमा आइतबार राति भएको एल क्लासिको भिडन्तमा रियल म्याड्रिडलाई २–० गोलले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो ।
क्यान साधारणसभा : एनपिएल प्रतिवेदन स्वीकृतिसहित अवार्ड गर्ने निर्णय
नेपाल क्रिकेट सङ्घ (क्यान)को वार्षिक साधारणसभाले नेपाल प्रिमियर लिग (एनपिएल )को दुवै संस्करणको वित्तीय प्रतिवेदनलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रथम कोशीटप्पु महिला राष्ट्रिय कबड्डीमा कोशी प्रदेश विजयी
प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिता अन्तर्गत सुनसरीको इनरुवामा जारी पाँचौँ खेलमा कोशी प्रदेश कबड्डी टोली विजयी भएको छ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
१७औँ बाँके जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता नेपालगन्जमा सुरु भएको छ । सोमबार बिहानबाट नेपालगन्जस्थित रङ्गशालामा १७औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको प्रतियोगिताका सचिवालय संयोजक वामदेव सुवेदीले जानकारी दिनुभयो ।
हिलेमा ए र बी डिभिजन ब्याडमिन्टन उपाधि विजेता घोषणा
धनकुटाको हिले मा सम्पन्न जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा ए डिभिजनतर्फ नारायण विश्वकर्मा र विशाल पराजुली तथा बी डिभिजनतर्फ रमेश श्रेष्ठ र उत्सव कट्टेलको जोडीले उपाधि जितेका छन् ।
प्रदेश भलिबल उपाधि तनहुँ र म्याग्दीलाई
दशौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गर्ने उद्देश्यले तनहुँको दमौलीमा आयोजित ‘गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता’ सम्पन्न भएको छ ।
शंकर वारियर्सविरुद्ध गण्डकी फायर भिड्दै
चापाकोट –१० गंगालाल माविको खेलमैदानमा जारी ‘मुन लाइट गु्रप’ चापाकोट क्रिकेट लिगमा सोमबार दुई खेल हुँदैछ । आज पहिलो खेल शंकर वारियर्सविरुद्ध गण्डकी फायर र दोस्रो खेल रोयल आँधीखोलाविरुद्ध कुवाकोट युथ स्टारबिच हुने छ ।
मुसिकोट नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड त्रिभुवन माविलाई
गुल्मीको मुसिकोट नगरपालिका–४ कुर्घा भुवाचिदीस्थित ग्वादीकाचौर खेलमैदानमा सम्पन्न आठौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिभुवन माध्यमिक विद्यालयले जितेको छ ।
टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता
युथ अफ टीकापुरको आयोजनामा टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा कालिकोट, बर्दिया र कैलालीका नौ वटा टीम सहभागी छन् । आइतबार सुरु भएको खेल जेठ ३ गते सम्म चल्नेछ ।
महिला राष्ट्रिय कबड्डी : एपीएफ विजयी
सुनसरीको इनरुवामा जारी प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार एपिएफ क्लब विजयी भएको छ ।
काभा महिला भलिबलको ट्रफी सार्वजनिक
नेपाल भलिबल सङ्घको आयोजनामा आगामी जेठ ८ देखि १५ गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ ।
जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड सुरु
सल्यानमा जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज (आइतबार) देखि सुरु भएको छ ।
चापाकोट क्रिकेट लिगमा गण्डकी फायर विजयी
‘मुन लाइट गु्रप’ चापाकोट क्रिकेट लिगमा गण्डकी फायर विजयी भएको छ । आइतबार भएको खेलमा गण्डकीले कुवाकोट युथ स्टारलाई पाँच विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।
विश्वकप लिग–२ : इशानलाई समेट्दै नेपाली टोलीको घोषणा
यही वैशाख २९ देखि जेठ ८ गतेसम्म घरेलु मैदानमा हुने नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।