शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १६ गते । कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रविन्द्र चन्दले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सामाजिक विकास मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा मन्त्री घनश्याम भण्डारीले सदस्यसचिव चन्दलाई शपथ ग्रहण गराउनुभएको हो । गत चैत १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चन्दलाई परिषद्को दोस्रो सदस्यसचिवका रूपमा नियुक्त गरेको थियो ।
सोही अवसरमा परिषद्का उपाध्यक्ष प्रमोद हमाल तथा सदस्यहरू पवनकुमार थापा, पंखबहादुर मल्ल, भीमाकुमारी भुसाल, गोर्खबहादुर शाही र किरण किशोर सापकोटाले पनि शपथ लिनुभएको छ । गत २०८१ पुस ४ गतेदेखि रिक्त रहेको सदस्य सचिव पदमा चन्द नियुक्त हुनुभएको हो ।