पर्वतारोहण पर्यटन : नेपाल क्यानाडा सम्बन्ध विस्तारमा महत्वपूर्ण बन्ने
नेपाल र क्यानाडाबिचको विविध आयाम बारेमा चर्चा गर्दै नेपाल क्यानाडा सम्बन्ध विस्तारमा पर्वतारोहण पर्यटन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
चेक रिपब्लिकमा जनवरी २४ मा राहदानी वितरण हुँदै
जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले चेक रिपब्लिकमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्ने भएको छ।
सिपिसीको प्रतिनिधि मण्डल नेपाल आउँदै
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युयाको नेतृत्वमा सिपिसी प्रतिनिधि मण्डल तीन दिनका लागि नेपाल भ्रमणमा आउनु हुनेभएको छ । आउने साता उहाँहरुको टोली नेपाल आइपुग्ने बताइएको छ ।
अमेरिकाको ब्रुमफिल्ड सहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध
ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड सहरबिच भगिनी सम्बन्ध कायम भएको छ । अमेरिकाको कोलोराडोमा अवस्थित ब्रुमफिल्ड शहरसँग महानगरको भगिनी सम्बन्ध कायम भएको हो ।
अमेरिकी बहिर्गमनले थपियो चुनौती
जलवायु परिवर्तनको विश्वव्यापी साझेदारीका विभिन्न कार्यक्रम तथा संस्थाबाट अमेरिकाले हात झिकेसँगै नेपाललगायत अति कम विकसित तथा विकासशील मुलुकको जलवायु अनुकूलन, न्यूनीकरण तथा हरित विकासका प्रयास प्रभावित हुने देखिएको छ । विश्वका सबै मुलुक हरित अर्थतन्त्रको विकासतिर अग्रसर भएका बेला सामूहिक प्रयासबाट अमेरिकाको बहिर्गमनले अन्योल सिर्जना गरेको छ ।
प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गर्नु भएको छ ।
अमेरिका जान कडा सर्त
अमेरिकाको ‘भिसा बन्ड’ अर्थात् भिसाका लागि धरौटी बुझाउनुपर्ने देशको सूचीमा नेपाल परेपछि अब के हुन्छ भन्ने चासो बढेको छ । अमेरिकी सरकारले आफ्नो भिसा बन्ड सूची अद्यावधिक गर्दै बिहीबार नेपालसहित थप ३८ मुलुकलाई त्यस सूचीमा राखेको हो । उक्त सूचीमा आर्थिक रूपले कमजोर तथा राहदानी सुरक्षा कमजोर भनिएका अति कम विकसित तथा विकासशील मुलुक बढी छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सम्पन्न
मातृभाषा संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकाबारे आयोजित अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सम्पन्न भएको छ । भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा आयोजित कार्यक्रममा पत्रकारिताको माध्यमबाट मातृभाषको संरक्षण र प्रवर्धन गर्ने विषयमा छलफल गरिएको थियो ।
नेपाल–अमेरिकाबिच सांस्कृतिक सम्पत्ति संरक्षण सम्झौतामा हस्ताक्षर
नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार रोकथामका लागि नेपाल र संयुक्त राज्य अमेरिकाबिच ऐतिहासिक द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ ।
‘वल्ड म्याराथन च्यालेञ्ज’ मा दौडिदै जोशी
सात महादेशमा सात दिन लगातार सञ्चालन हुने ‘वल्ड म्याराथन च्यालेञ्ज’ मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुनुहुने भएको छ ।
पोल्यान्डमा नेपाली राजदूतावास स्थापना गर्न माग
युरोपेली मुलुक पोल्यान्डमा बसोबास गर्दै आएका नेपाली समुदायले त्यहाँ नेपाली राजदूतावास स्थापना गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाइने
। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने बताउनु भएको छ ।