वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री खनालसँग तीन देशका विदेशमन्त्रीको भेटवार्ता
वौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको राजधानी पोर्ट लुइसमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ ।
सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा कोही पनि नेपाली नागरिक अलपत्र छैनन्
सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्ट पारेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो कुराको जानकारी दिनुभएको हो ।
युएस ओपन करातेमा सन्तोषलाई कांस्य
नेपालका सन्तोष राईले अमेरिकामा भएको युएसए ओपन कराते च्याम्पियनसिप-२०२६ मा कातातर्फ कांस्य पदक जित्नुभएको छ ।
युएई मिसाइल टुक्रा खस्दा ७ नेपाली घाइते, एक गम्भीर
संयुक्त अरब इमिरेट्स को अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल तथा ड्रोन अवरोधका क्रममा खसेको अवशेष लागेर सात जना नेपाली नागरिक घाइते भएका छन्।
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिरलगायत सामाजिक सञ्जालमा पोष्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ परेका छन् ।
मध्यपूर्वको तनावका कारण ३८ नेपालीको शव ल्याउन ढिलाइ
मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ ।
मध्यपूर्वमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान आजदेखि
मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडान सुरु गरेको छ।
कम्बोडियाबाट तीन नेपालीको उद्धार, अनलाइन ठगीमा नफस्न दूतावासको आग्रह
विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका तथा त्यहाँ अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो र अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएका तीन नेपालीको उद्धार गरिएको छ।
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
वालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
रोमानियामा राहदानी घुम्ती शिविर : चाैध सय लाभान्वित
वैदेशिक रोजगारीका सिलसिलामा रोमानियामा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी नवीकरण घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
अमेरिकाद्वारा नेपाल भ्रमणसम्बन्धी ‘ट्राभल एडभाइजरी’ परिमार्जन
संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी) मा सुधार गर्दै सतर्कताको तह घटाएको छ । सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएको देशव्यापी प्रदर्शनहरू साम्य भई सुरक्षा अवस्था स्थिर बनेपछि अमेरिकाले आफ्नो नागरिकका लागि ‘एडभाइजरी’ अपडेट गरेको हो ।
कम्बोडियामा अनलाइन ठगी र अवैध काममा संलग्न ८ नेपाली नेपाल फर्किए
कम्बोडियामा अनलाइन ठगी र अन्य गैरकानुनी गतिविधिमा संलग्न र बिना भिषा बसिरहेका ८ जना नेपाली नागरिकलाई उद्दार गरी नेपाल फर्काइएको छ।
श्रमिकका लागि खुसीको खबर : स्वास्थ्य परीक्षणमा अब सिन्डिकेट अन्त्य
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ ।
खाडी मुलुकका लागि श्रम स्वीकृतिमा रोक
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालको अवस्थामा पश्चिम एसियाका देशमा नयाँ श्रम स्वीकृति खोल्न नसकिने निष्कर्ष निकालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाह, सचिव डा. दीपक काफ्ले, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डका पदाधिकारी र ती देशमा खटिएका श्रम काउन्सलर तथा श्रम सहचारीबिच सोमबार भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । खाडीमा कार्यरत श्रम काउन्सलर तथा श्रम सहचारीले यी देशमा परिस्थिति नसुध्रिएको भन्दै नयाँ श्रम स्वीकृति जारी गर्न उपयुक्त नभएको सुझाव दिएका आधारमा उक्त निष्कर्षमा पुगिएको मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिनुभयो ।
बेल्जियममा वसन्त पराजुलीको उपन्यास ‘बखान’ को युरोपेली लोकार्पण
पत्रकार एवं आख्यानकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ को युरोपेली लोकार्पण बेल्जियमको एन्टवर्प सहरमा आइतबार सम्पन्न भएको छ।
इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
चिनियाँ परराष्ट्रमन्त्रीद्वारा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्नुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा श्री बालेन्द्र शाह नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नवनियुक्त प्रधानमन्त्री शाहलाई पाकिस्तानको बधाई
नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाली शान्ति सैनिकको अदलीबदली
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ ।
गायक विजय लामा न्युयोर्कमा सम्मानित
गायक विजय लामा अमेरिकाको न्युयोर्कमा सम्मानित हुनुभएको छ । न्युयोर्कका एसेम्बली मेम्बर स्टेभेन रागाले उहाँलाई सम्मान गरेका हुन् ।
चीनको १५ औँ पञ्चवर्षीय योजनाः नेपालका लागि अवसर
चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ। यो योजना चीनको भविष्यको मार्गचित्र मात्र नभई विश्व अर्थतन्त्रमा अग्रसरता कायम राख्ने रणनीतिक दस्तावेज पनि हो।
दासत्व पीडितहरूको स्मृति दिवस आज
मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ ।