• ३ वैशाख २०८३, बिहिबार

इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

blog

काठमाडौँ, वैशाख २ गते । पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा हुनुभएको छ ।

गत चैतको पहिलो साता इरानको होर्मुज क्षेत्रबाट इरानी सेनाको कब्जामा पर्नुभएका उहाँ आज रिहा हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार झा इरानमा रहेको नेपाली अवैतनिक महावाणिज्य दूतावास तथा कतारस्थित नेपाली दूतावासको सम्पर्कमा हुनुहुन्छ ।

नेपाली अधिकारीको टोली उहाँलाई इरानबाट बाहिर ल्याउन काम गरिरहेको मन्त्री खनालले उल्लेख गर्नुभएको छ । रासस