दशरथ रङ्गशालामा किन्डर ओलम्पिक सुरु
त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा शनिबार भएको कार्यक्रममा सभामुख घिमिरेले ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गर्नुभएको हो ।
तेक्वान्दो टोली चीन जाँदै
चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा लिटिल बड स्कुलका पाँच खेलाडी र गोंगबु तेक्वान्दो डोजाङका आठ गरी १३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
क्रिकेट प्रशिक्षक टमटासहित पाँच जना राखेप वोर्ड सदस्य नियुक्त
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूवै प्रशिक्षक जगत टमटासहित पाँच जना नियुक्त हुनुभएको छ ।
पुष्पा र अमिरलाई सुम्हात्लुङ मिनी म्याराथन उपाधि
किराँत लिम्बूहरुको सांस्कृतिक चाड उधौली पर्व अर्थात् चासोक तङनामका अवसरमा फिदिममा आयोजित आठौँ सुम्हात्लुङ मिनि म्याराथनमा ताप्लेजुङका अमिर तेङवुङ र पाँचथरकी पुष्पा सेर्मा लिम्बू प्रथम हुनु भएको छ ।
शनिबार महेन्द्र र पालुखा माविबीच फाइनल खेल हुँदै
शनिबार इस्मा गाउँपालिका–१ को विपी पार्क खेल मैदानमा सञ्चालन भएको छैटौँ फोर्टिन स्टार कप अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगितामा महेन्द्र मावि रेसुङ्गा र पालुखा मावि इस्माबिच प्रतिस्पर्धा हुने भएको छ ।
बीपीएलको रोमाञ्चक खेलमा सन्दीप लामिछाने आवद्ध टिमको विजयी सुरुवात
बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने अवद्ध टिम राजशी वारियर्स विजयी भएको छ।
चौथो खुला व्यायाम प्रतियोगिता हुँदैं
नेपालगन्जमा शनिबार चौथो खुला ब्यायाम प्रतियोगिता हुने भएको छ । नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्स नेपालगन्जको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरका एकसय बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिनुभयो दुई विकेट
बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिनुभएको छ ।
नेपाली सेनाले पदयात्रा र दौड प्रतियोगिता गर्ने
नेपाली सेनाले राष्ट्रि एकता दिवस तथा ३०४ औं पृथ्वी जयन्तीको अवसरमा पदयात्रा तथा दौड प्रतियोगिता गर्ने भएको छ ।
प्लानिङ ब्वाइजलाई सफलता
एन्फा मैदान सातदोवाटोमा बिहीबार भएको खेलमा प्लानिङले श्री भगवतीलाई ४–१ गोलले हरायो । प्लानिङको जितमा ओम खड्काले दुई तथा प्रशान्त तामाङ र प्रकाश बुढाथोकीले एक एक गोल गर्नुभयो ।
नवौँ केएनपी राष्ट्रिय महिला भलिबल यसै महिना
शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म हुने भएको छ ।
तेस्रो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
गुल्मीको चन्द्रकोट गाउँपालिकाको आयोजनामा भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ज्ञानोदय माध्यमिक विद्यालय मजुवाले जितेको छ।
मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी थापाको मृत्यु
मध्यराति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ मा बसोबास गर्दै आउनुभएका २७ वर्षे थापा राति पौने १ बजेतिर दुर्घटनामा पर्नुभएको थियो ।
शारिरीक अपाङ्गताले छेकेन फुटबलको चाहाना
इस्मा गाउँपालिका–१, विपी पार्क खेल मैदानमा १५ वर्षीय छविलाल कालाले प्रर्दशन गरेको उत्कृष्ट खेलले दर्शकको मन निकै जित्यो ।
तमु ल्होसारमा फुटबल प्रतियोगिताको आयोजना
गुरुङ समुदायको मौलिक पर्व तमु ल्होसारको अवसरमा ताप्लेजुङमा क्लबस्तरीय खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ।
पोखरामा खुला तथा भेट्रान्स टेनिस हुने
२२ औँ माछापुच्छ्रे पोखरा खुला तथा भेट्रान्स टेनिस प्रतियोगिता आगामी पुस ११ गतेदेखि पोखरामा हुने भएको छ ।
एनभिए भलिबल च्याम्पियनसिपको तयारी
नेपाल भलिबल सङ्घको आयोजनामा पुस ११ देअि १९ गतेसम्म हुने नवौँ संस्करणको एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।
ललितपुर मेयर कप ब्याडमिन्टन यसै महिना
ललितपुर ब्याडमिन्टन सङ्घ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस २२ गतेबाट हुने भएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगिता ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा हुनेछ ।
राखेपको बोर्ड बैठक : सातदोबाटोमा जेनजी शहीद स्मृति पार्क निर्माण गरिने
युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को एक सय २४औँ बोर्ड बैठक बुधबार सम्पन्न भएको छ ।
क्रिकेटमा दुई दिनमै दुई विश्व कीर्तिमान
मङ्गलबार इन्डोनेसियाका २८ वर्षीय दायाँ हाते पेस बलर गेदे प्रियान्दानाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा पाँच विकेट लिएर कीर्तिमान बनाउनुभयो । यस्तै बुधबार भारतका वैभव सूर्यवंशीले विजय हजारे ट्रफीमा ५९ बलमा एक सय ५० रन जोड्दै सबैभन्दा कम बलमा उक्त रन जोड्ने कीर्तिमान रच्नुभयो ।
चक्रपथ निर्माणमा दबाब दिन म्याराथन प्रतियोगिता
नवलपुरमा पुष १२ गते आलोक स्मृति म्याराथन प्रतियोगिता हुने भएको छ ।
दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी–११ लाई
दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
दस महिनादेखि बन्द खेलकुद विकास समिति सुचारु
लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले जिल्ला खेलकुद विकास समिति पश्चिम नवलपरासीको कार्यालयको अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
बङ्गलादेशमा पुरुषोत्तमको मिश्रित प्रदर्शन
बङ्गलादेशको राजधानी ढाकामा आयोजित एमटिबि इन्टरनेसनल मास्टर्स चेस प्रतियोगितामा नेपाली युवा खेलाडी पुरुषोत्तम सिलवालले मिश्रित नतिजा निकाल्नुभएको छ ।