• ११ चैत २०८२, बुधबार

आठ नेपाली क्रिकेटर वेल्जियमको लिग खेल्दै

blog

सन्दीप लामिछाने । फाइल तस्बिर

काठमाडौँ, चैत ११ गते । नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् ।

आगामी जुन ६ देखि १४ तारिखसम्म वेल्जियकमा हुने युरोपियन टी–२० लिगमा नेपालका आठ जना खेलाडीले स्थान बनाएका हुन् । यसअद्धि सन् २०२४ को ग्लोबल टी–२० क्यानडा लिगमा नेपालका तीन खेलाडीले खेल्ने अवसर पाएका थिए । 

वेल्जियममा मङ्गलबार राति सम्पन्न ड्राफ्टबाट जेबी ब्रुजेस टोलीमा नेपालका सर्वाधिक पाँच क्रिकेटर अनुबन्धन भएका छन् । जसमा ललित राजवंशी, इशान पाण्डे, अनिल साह र गुलसन झा अनुबन्ध हुनुभएको छ । यस टोलीले यसअघि नै दीपेन्द्रसिंह ऐरीलाईअनुबन्ध गराइसकेको थियो ।

यस्तै ड्राफ्टबाट नेपालका कप्तान रोहित पौडेल घेन्ट ग्ल्याडीयटर्समा र आसिफ शेख एन्टवर्प एन्कर्समा आबद्ध हुनुभएको छ । यस्तै यसअघि सन्दीप लामिछानेलाई लिज रेड लायन्सले अनुबन्ध गराइसकेको थियो ।

ललित, अनिल, इशान, गुलसन र आसिफको यो पहिलो विदेशी लिग हो । युरोपियन टी–२० लिगमा पाँच टोलीको सहभागिता रहनेछ ।