• १७ चैत २०८२, मङ्गलबार

बास्केटबल लिग : टाइम्स र गोल्डेनगेट विजयी

blog

स्कोर गर्ने प्रयास गर्दै खेलाडी ।

काठमाडौँ, चैत १७ गते । टाइम्स र गोल्डेनगेटले हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबिएल) मा सफलता हात पारेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला कभर्डहलमा जारी लिगमा टाइम्सले सोलो बास्केटबल क्लबलाई ९५–७२ ले हरायो । टाइम्सले पहिलो क्वाटर २८–२५ र दोस्रो क्वाटर २८–८ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ५६–३३ को अग्रता बनाएको थियो । 

टाइम्सले तेस्रो क्वाटर २१–१८ ले आफ्नो पक्षमा पार्दा चौथो क्वाटर सोलोले २१–१८ ले आफ्नो पक्षमा पारेको थियो । लगातार १०औँ जितसँगै टाइम्सले ११ खेलबाट २१ अङ्क बनाएको छ । नवौँ हार खेपेको सोलोको समान खेलबाट १३ अङ्क छ । 

यस्तै अर्को खेलमा गोल्डेनगेट बास्केटबल क्लबले प्लेबक्स एरेनालाई ११२–५९ ले हरायो । गोल्डेनगेटले पनि ११ खेलमा १०औँ जित हो । जितसँगै गोल्डेनगेटले ११ खेलबाट २१ अङ्क बनाएको छ । 

नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबिएलमा आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेताले चार लाख रुपियाँ, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपियाँ पुरस्कार पाउने छ ।