कृषकको सहारा बन्दै ‘जियोकृषि एप’
पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिरिक्त सामाजिक सञ्जाल चलाउने धेरै छन् । प्रविधिको सदुपयोग गरेर व्यावसायिक बन्ने किसानको सङ्ख्या पनि बढ्दो छ । यहाँका केही किसानहरू मोबाइलमा प्रविधिको प्रयोगबाट आत्मनिर्भर बन्नमा सहयोग पुगेको छ ।
गुरुङ दम्पत्तिलाई व्यावसायिक स्याउ खेतीले दिएको आनन्द
खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बन्नुभएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङ । उहाँहरुले अहिले जीवनभरको मेहनतको फल प्राप्त गरिरहनुुभएको छ ।
कृषिमा आत्मनिर्भर बन्दै फलाल्ने गाउँबासी (फोटोफिचर)
पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ५, वाजुङ फलाल्नेबासीहरु कृषिमा आत्मनिर्भर बन्ने प्रयासमा लागेका छन् । प्राकृतिक रुपले एकदम रमणीय स्थानमा रहेको फलाल्ने गाउँबासीको ध्यान अहिले कृषिमा आत्मनिर्भर बन्नेमै छ ।
आदिकविको जन्मस्थललाई पर्यटकको गन्तव्य बनाउँछौंः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई पर्यटकीय गन्तव्य स्थल बनाइने बताउनुभएको छ।
तरुण दलको अधिवेशनबारे छलफल
नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल महाधिवेशन निर्देशन समिति संयोजक एवं पार्टी सहमहामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यमा नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनबारे छलफल भएको छ ।
भूस्खलन नियन्त्रण गर्न रोपिँदै बाँस
वालिङ नगरपालिका क्षेत्रमा मोसो जातको बाँस रोपिने भएको छ । नगरपालिकाले एक हजार पाँच सय मोसो बाँसका बिरुवा रोप्ने योजना सार्वजनिक गरेको छ । यो बाँस सौन्दर्य वृद्धि, व्यावसायिक उपयोग र भूस्खलन नियन्त्रणका लागि अत्यन्त उपयुक्त मानिन्छ ।
मणिपालले सबै प्रकारका क्यान्सरको उपचार गर्ने
कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर विस्तार अघि बढाएको छ । अस्पतालले नागरिकको जीवन रक्षा र सहरदेखि ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तारको लक्ष्य अनुसार नवीनतम र अत्याधुनिक सेवा प्रदान गर्ने कार्य तीव्र बनाएको हो ।
आदिकवि भानुको खण्डहर घर
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेको २२ वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । तनहुँको भानु नगरपालिका–४ स्थित चुँदीरम्घा, शिखरकटेरीस्थित घर संरक्षणको अभावमा भग्नावशेष मात्रै छ ।
सडक विकासले बदलिँदै बेनी
गाउँको सडक कालोपत्रे र ढलान भएर यात्रा सहज भएसँगै बेनी नगरपालिका ६ की ९५ वर्षीय जनकुमारी बरुवालको मुहारमा खुसी छाएको छ । बेनी नगरपालिका ६ स्थित छापकी स्थानीयवासी बरुवाललाई अहिलेनै घर आँगनमा पक्की सडक आउँछ भन्ने विश्वास लागेको थिएन ।
गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर
रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर गाउँमै अवसर र आत्मनिर्भरताको अभियानमा जुट्नुभएको छ ।
साढे तीन करोडको लागतमा घाँसीकुवा र पार्कको पुनर्निर्माण हुँदै
माथिको कविता आदिकवि भानुभक्त आचार्यले ससुराली मानहुँ पुगेर पैदल बाटो फक्रिने क्रममा घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रेरणा पाएर रचना गर्नुभएको थियो ।
झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो
धवलागिरि गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने पुल निर्माण गरेको हो ।
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गर्न पहल गरिएको छ । भानु नगरपालिका–४ चुँदी रम्घास्थित आचार्यको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन सप्तधाम निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।
धवलागिरी गाउँपालिकामा १२७ योजना कार्यान्वयन
पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ मा एक सय २७ वटा योजना कार्यान्वयन भएको छ ।
मणिपाल अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार, गण्डकीलाई सहुलियत
कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर विस्तार अघि बढाएको छ ।
जैमिनी नगरपालिकाको भवन अझै अलपत्र
बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय अभिवन निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीको लापरर्वाहीका कारण जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माण थपिएको म्यादसमेतमा काम सम्पन्न नभएको हो ।
बालुवामा स्याउ खेती गर्ने दम्पत्तिलाई सर्वोत्कृष्ट सम्मान
घरायसी खर्चका लागि मुस्ताङ वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरुङ ले करिब एक रोपनी जमिनमा स्याउ खेती गर्नुभयो ।