तीन महिनामा उप्कियो कालोपत्रे
म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुन्डे सडक कालोपत्रे गरेको तीन महिनामै उप्किएको छ । ठेकेदारको लापर्बाहीका कारण सडकका विभिन्न स्थानमा कालोपत्रे उप्किँदा खाल्टाखुल्टी परेका छन् । ठेकेदारले कमसल खालको कालोपत्रे गरेकाले चाँडै नै उप्किएको स्थानीयले बताएका छन् । कालोपत्रे उप्किएपछि स्थानीयले विरोध जनाउँदै फेरि कालोपत्रे गर्नुपर्ने माग गरेका छन् ।
दमौली अस्पतालको अध्यक्षमा वरिष्ठ अधिवक्ता वाग्ले नियुक्त
तनहुँको सदरमुकाम दमौलीस्थित प्रादेशिक अस्पताल दमौलीको व्यवस्थापन समिति अध्यक्षमा व्यास नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले नियुक्त हुनुभएको छ ।
भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी
तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । अगुवा किसान दलबहादुर थापाले यसवर्ष रु १६ लाखको सुन्तला बिक्री गर्नुभएको छ ।
कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा
नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ ।
भारतीय पर्यटक लोभ्याउँदै ‘शालीग्राम संग्राहलय’
भारतको उत्तरप्रदेश पर्यटन विभागका सह–निर्देशक दिपक कुमारले बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेस्थित शालीग्राम संग्राहलय घुमेपछि आफ्नो क्षेत्रका पर्यटकलाई पठाउने बताउनुभयो ।
गउँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गर्नुभएको छ ।
नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा महिला पक्राउ
सदरमुकाम बेंसीसहरमा नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा लमजुङ प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
परम्परागत कोलबाट पेलिदै उखु
म्याग्दीको मंगला गाउँपालिका –२, सिममा परम्परागत प्रविधिबाट उखु पेल्दै किसानहरु । ग्रामीण भेगमा परम्परागत प्रविधिमा आधारित कोल अझै लोकप्रिय छ ।
नारायणीमा देखिन थाले डल्फिन
नवलपुरको खोरिया मुहाननजिक नारायणी नदीमा डल्फिन देखिएका छन् । संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको खोरिया मुहाननजिक नारायणी नदीमा डल्फिन देखिएको बताउनुभयो ।
छैटौँ क्रसकन्ट्री दौडमा सेनाका धावक करण च्याम्पियन
साविक विजेता नेपाली सेनाका धावक करण रावल छैटौँ क्रसकन्ट्री दौडको च्याम्पियन बन्नु भएको छ ।
अतिक्रमण गरी बनाइएका १२ टहरा भत्काइए
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा रहेको दाउन्ने बजार क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू मङ्गलबार हटाइएको छ ।
फेवाताल फराकिलो पार्न गेग्रान निकालिँदै
बुलौदी र फिर्केखोलाले फेवातालको गाईघाटमा थुपारेको गेग्रान निकाल्न थालिएको छ। पोखरा महानगरले त्यहाँको करिब ३० रोपनीमा जम्मा भएको गेग्रान निकाल्न फूलबारी कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ।
रघुगङ्गाले सञ्चालनमा ल्यायो एम्बुलेन्स
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले पालिकावासीको सेवाका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
उत्तरी गोरखाको दोभान-जगत सडक सञ्चालनमा
उत्तरी गोखाको बेनीघाट-आरुघाट-लार्के सडक अन्र्तगत पर्ने दोभान-जगत सडक खण्ड पाँच दिनपछि पुन सञ्चालनमा आएको छ ।
बाख्रा गोठ र आकर्षक तिलिचो हिमशृङ्खला
मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी गाउँनजिकै समुद्री सतहदेखि करिब ३ हजार ५०० मिटर उचाइमा रहेको बाख्रा गोठ र पृष्ठभूमिमा सेताम्मे हिउँसहितको तिलिचो हिमशृङ्खला । यहाँका स्थानीयले गोठमा भेडा, बाख्रा र च्याङ्ग्राहरु राख्ने गर्दछन् ।
माघ दोस्रो साता टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिता
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको टाइगर कप पुरुष तथा महिला भलिबलको छैटौँ संस्करण माघ ९ देखि पोखरामा हुने भएको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्ने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बल्घासलाई खेल मैदानका लागि निःशुल्क जग्गा
सातौँ वार्षिकोत्सवको तयारी गरिरहेको पश्चिम बागलुङको बडिगाड गाउँपालिका-९, बल्घास एकता युवा क्लबले खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा प्राप्त गरेको छ ।
अनलाइन ठगीको घटना बढ्दै
प्रविधिको विकास र बढ्दो सुविधासँगै लमजुङमा अनलाइन माध्यमबाट हुने ठगीको घटना बढेको छ । पछिल्लो समय अनलाइन माध्यममार्फत ठगिएको भन्दै उजुरी आउने क्रम बढ्दै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
द्वन्द्व पीडित भन्छन् : राज्यले हामीलाई पहिचानविहिन बनायो
यहाँका द्वन्द्व पीडितले राज्यले आफूहरूलाई पहिचानविहिन बनाएको गुनासो गरेका छन् ।
गण्डकी प्रदेशका १० सहकारी खारेज
गण्डकी प्रदेश सरकार अन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालयले १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । लामो समयदेखि कारोबार नगरी निष्क्रिय रहेका म्याग्दी, पर्वत र स्याङ्जाका ती सहकारीको दर्ता खारेज भएको मङ्गलबार सार्वजनिक सूचनाबाट जानकारी दिइएको हो ।
तीन वर्षअघि सकिनुपर्ने काम ४० प्रतिशत मात्रै
तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ भादगाउँ जोड्ने बुल्दीखोला पुल निर्माण कम्पनीको चरम लापरबाहीका कारण अलपत्र परेको छ । २०७९ सालमै निर्माण सम्पन्न हुनुपर्ने यो पुल सम्झौता भएको चार वर्ष बितिसक्दा पनि हालसम्म करिब ४० प्रतिशत मात्रै प्रगति देखिएको छ ।
ठेकदारको लापरबाही : कालोपत्र सडक तीन महिनामै उप्कियो
म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा कालोपत्र उप्किँदा खाल्डाखुल्डी परेका छन् ।
अत्यधिक चिसोका कारण चिनियाँ बजारमा जान छोडे स्थानीय
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरका पेमा छिरिङ गुरूङले अत्यधिक चिसोसँगै नेपाल–चीन जोड्ने कोरला नाकामा रहेको व्यवसाय बन्द गरी पोखरा झर्नुभएको छ ।
पर्यटक लोभ्याउँदै कालाबाङ घडेरी होमस्टे (फोटो फिचर)
नेपालको पर्यटकीय राजधानी पोखरा शहरबाट १२ किलोमिटर दूरीमा रहेको छ कालाबाङ सामुदायिक घडेरी होमस्टे । पोखरा महानगरपालिका २२ मा पर्ने सो होमस्टेमा १५६ घरधुरी छ । सोमध्ये १८ घरमा मात्र होमस्टे सञ्चालनमा छ ।