रास्वपा सभापति लामिछानेले तारेखमा कास्की अदालतमा आउन नपर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीमा विचाराधीन सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दामा अदालतको तारेखमा आउन नपर्ने भएको छ।
धनुष सहकारीमा १२ करोड हिनामिना, तीन जना पक्राउ
कास्कीको पोखरा महानगरपालिका–९ मा कार्यालय रहेको धनुष बचत तथा ऋण सहकारीमा १२ करोड ५६ लाख रुपियाँ हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सम्मानित
भिमाद नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई सम्मान गरेको छ।
गण्डकी प्रदेश स्तरीय ‘जेसीज कप’ को तयारी
बागलुङ जेसीजको आयोजनामा चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ ।
बजेट अभावमा विद्यालय भवन निर्माण अधुरो
दक्षिण यहाँको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो बनेको छ ।
तनहुँमा क्षयरोगी पत्ता लगाउन चुनौती
तनहुँ जिल्लामा क्षयरोगका बिरामी पत्ता लगाउनु मुख्य चुनौती बनेको पाइएको छ ।
पोखराको लेकसाइडमा वाडा अटो सो, २० स्टेलमा ब्रान्डेड गाडी
पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडमा दोस्रो वाडा अटो सो–२०२६ आयोजना गरिने भएको छ ।
क्षयरोगका बिरामी बर्सेनि बढ्दै
बसाइसराइ र खुला क्षेत्रको कारण बागलुङमा क्षयरोगका बिरामी बर्सेनि बढ्दै गएका छन ।
स्याङ्जामा क्षयरोगबाट पाँचको मृत्यु
स्याङ्जामा यस आर्थिक वर्षको अहिलेसम्म क्षयरोगका कारण पाँच जनाको मृत्यु भएको छ ।
पोखरामा पर्यटक संख्या घट्यो, मध्यपूर्व तनाव मुख्य कारण
अमेरिका–इजरायल र इरानबिच बढ्दो तनावले मुख्य ट्रान्जिट हब जस्ता दुबई, कतार र साउदी अरेबियामा असर पुर्याउँदा युरोप र अमेरिकाबाट आउने पर्यटकहरू नेपाल पुग्न सकिरहेका छैनन्।
मादल बजाउने सीप सिक्दै रामरेखाका महिला
बागलुङ नगरपालिका –१ रामरेखाका महिलाहरु मादल बजाउने तालिम लिन थाल्नुभएको छ । वडा कार्यालयले आफ्नो वडाभित्र रहेको ४० जना महिलालाई ७ दिने निःशुल्क तालिमको आयोजना गरेको हो ।
लमजुङमा आठ महिनामा ६२ जना क्षयरोगी थपिए
लमजुङमा चालु आर्थिक वर्षको आठ महिनामा ६२ जना नयाँ क्षयरोगका बिरामी भेटिएका छन् । चालु वर्षको साउनदेखि फागुन मसान्तसम्म भेटिएका नयाँ ६२ जनामा क्षयरोगका बिरामी उपचारार्थ रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
नवलपुरमा प्रदेशकै सबैभन्दा बढी क्षयरोगका बिरामी
नवलपुरमा चालु आर्थिक वर्षमा मात्रै ३६२ जना नयाँ क्षयरोग (टीबी) का बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा फेला परेका तीन सय ६२ मध्ये १६ जनाको मृत्यु भइसकेको प्रदेश जनस्वास्थ्य कार्यायका फोकल पर्सन डिल्लीराम तिवारीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सभा : हिउँदे अधिवेशन सुरु
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको छ । सभामा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले गण्डकी प्रदेश सडक ऐन, २०८१ ऐनलाई संशोधन गर्न बनेको ऐन सभामा प्रस्तुत गर्नुभयो । सभाको दोस्रो बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले आफ्नो दलको नेतृत्वमा देशमा अनेक महत्वपूर्ण काम भएको उल्लेख गर्दै केही कमी, कमजोरी पनि भएको स्वीकार्नुभयो ।
क्षत्री समाज बागलुङको अध्यक्षमा पुनःमहत
क्षत्री समाज बागलुङको अध्यक्षमा रुद्रबहादुर महत सर्वसम्मत चयन हुनुभएको छ । समाजको १८औँ साधारण सभा तथा छैठौं अधिवेशनबाट महत दोस्रो कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको हो ।
दमौली बजारमा कम तौलका ग्यास र म्याद नाघेका खाद्यसामान फेला
तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रका ग्यास डिपो र खाद्य पसलमा उपभोक्ता ठगी भइरहेको पाइएको छ। यसपछि नगरपालिकाले अनुगमनलाई निरन्तरता दिएको छ।
वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहद्वारा यस वर्ष छ वटा पोखरी निर्माण गर्न थालिएको हो ।
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइनको टावर निर्माण भएको जग्गाका धनीहरूलाई रु तीन करोडभन्दा बढी मुआब्जा वितरण भएको छ ।
बागलुङको ऐतिहासिक चैत्राष्टमी मेला आजदेखि सुरु हुँदै
जिल्लाको पहिचान र ऐतिहासिक परम्परासँग जोडिएको प्रसिद्ध चैत्राष्टमी मेला मङ्गलबारदेखि सुरु हुँदैछ । कालिका भगवती मन्दिर परिसरमा हुने मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
म्याद सकिँदा आधा मात्रै काम सम्पन्न
भीरकोट नगरपालिकामा कार्यान्वयन भइरहेको एकीकृत सहरी पूर्वाधार विकास योजना निर्माणमा ढिलाइ भएको छ । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कास्कीअन्तर्गत सडक कालोपत्रे, पोखरी निर्माण र पदमार्ग निर्माणको काम म्याद सकिँदासम्म ५० प्रतिशत मात्रै सम्पन्न भएको हो ।
म्याग्दीमा एसइईका लागि केन्द्राध्यक्ष र परीक्षा केन्द्र तोकिए
यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि हिमाली जिल्ला म्याग्दीमा केन्द्राध्यक्ष र परीक्षा केन्द्र तोकिएको छ ।
सामुदायिक विद्यालयद्वारा दश रोपनीमा केरा खेती
यहाँको एक सामुदायिक विद्यालयले ‘पढ्दै कमाउँदै कार्यक्रम’अन्गर्तत बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक केरा खेती सुरु गरेको छ ।
सडक ऐन संशोधन गर्दै गण्डकी सरकार
गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश सडक ऐन, २०८१’ संशोधन प्रक्रियाअघि बढाएको छ ।
निलगिरि हिमाल
मुस्ताङको घरपझोङ-४ जोमसोमबाट सोमबार बिहान देखिएको हिमपातपछि सेताम्मे निलगिरि हिमाल र आसपासका हिमश्रृङ्खला ।