• १० चैत २०८२, मङ्गलबार

क्षत्री समाज बागलुङको अध्यक्षमा पुनःमहत

blog

क्षत्री समाज बागलुङको अध्यक्षमा सर्वसम्मत रुपमा पुन अध्यक्ष बन्नुभएका रुद्रबहादुर महत । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) चैत १० गते ।
क्षत्री समाज बागलुङको अध्यक्षमा रुद्रबहादुर महत सर्वसम्मत चयन हुनुभएको छ । समाजको १८औँ साधारण सभा तथा छैठौं अधिवेशनबाट महत दोस्रो कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको हो ।

साथै समितिका वरिष्ठ उपाध्यक्षमा राधिका कुँवर केसी, महिला उपाध्यक्षमा भीमकुमारी क्षत्री, उपाध्यक्षमा सुवेदार हिमबहादुर खड्का र रुद्र बहादुर जिसी, सचिवमा लोकबहादुर खड्का, सह–सचिवमा मञ्जु माया क्षत्री र कोषाध्यक्षमा प्रविन थापा चयन हुनुभएको छ ।

समितिका महिला सदस्यहरुमा सरिता थापा क्षत्री, उजेली खत्री, रेणु केसी हमाल, सीता थापा, हिमशिला खत्री कुँवर, कल्पना चालिसे र कृष्ण कुमारी क्षत्री रहनुभएको छ ।

साथै खुल्ला सदस्यहरुमा विश्व गौतम क्षत्री सुवास, सर्वजित केसी, अम्बरबहादुर क्षत्री, मनोज कुमार क्षत्री, यामबहादुर खड्का, अकिल बहादुर केसी ध्रुव, कृष्णबहादुर कार्की र विष्णुबहादुर खड्का सर्वसम्मत चयन भएका छन् ।

साधारण सभाको उद्घाटन क्षत्री समाज बागलुङका संस्थापक अध्यक्ष तथा संरक्षक बाबुराज कार्कीले गर्नुभएको थियो । समाज २०६५ असार १९ गते स्थापना भएको थियो ।