• ९ चैत २०८२, सोमबार

कोलेनिका रौतहटले गर्यो इ पेन्सन सेवाको सुरुवात

blog

जिल्ला अदालत रौतहटबाट सेवानिवृत्त कार्यालय सहयोगी रामलाल महतो कोइरीलाई निवृतिभरण अधिकारपत्र प्रदान गरिँदै । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहट ।

प्रवीण कुमार शर्मा 

रौतहट, चैत ९ गते । राष्ट्रिय किताबखाना (निजामती) ले चैत ६ गते देखि इ पेन्सन सेवा सुरुवात गरेसँगै कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले सोमबारदेखि सेवा सुरुवात गरेको छ ।

राष्ट्रिय किताबखाना (निजामती) को निर्देशनलाई कार्यान्वयन गर्दै कोष तथा लेखा नियन्त्रक कार्यालय, रौतहटले मधेस प्रदेशमै पहिलोपटक सेवा प्रवाह गर्न सफल भएको प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमले जानकारी दिनुभयो ।

सोमबार कार्यालयले जिल्ला अदालत रौतहटबाट सेवानिवृत्त कार्यालय सहयोगी रामलाल महतो कोइरीलाई पहिलो सेवाग्राहीका रूपमा निवृत्तभरण अधिकारपत्र प्रदान गरेको कार्यालयका लेखापाल ब्रज किशोर साहले जानकारी दिनुभयो ।

महतोको संचित बिदा तथा औषधी उपचार वापतको रकम समेत भुक्तानी गरिएको लेखापाल साहले बताउनुभयो । यसरी आउने सेवा निबृत कर्मचारीको बैंक खाता समेत कोलेनिकाले नै खोलिदिने उहाँले बताउनुभयो ।

आफ्नै जिल्लाबाट निवृत्तभरण सेवा पाएपछि सेवानिवृत कर्मचारी महतोले बिगतका दिनमा अवकाश हुँदा निवृतिभरण अधिकारपत्र बनाउन र सेवा निबृत सुबिधा किटानिको लागि समय, श्रम र रकम खर्च गरी कितावखाना काठमाडौँ धाउनुपर्ने बाध्यता समाप्त भएकोमा खुशी व्यक्त गर्नुभयो ।

यो उप्लब्धिले सेवा प्रवाहलाई थप सरल, छरितो तथा प्रविधिमैत्री बनाउँदै सुशासन तर्फको महत्वपूर्ण कदम चालिएको उहाँले बताउनुभयो । निजामति सेवा तथा स्वास्थ्य सेवाबाट सेवा निबृत हुनु हुने सवै रास्ट्रसेवक कर्मचारीले यो सेवा पाउने उहाँले बताउनुभयो ।