पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरणहुँदा सेवाग्राहीलाई सहज
यहाँका पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार ३४० राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।
ठेकेदारको उल्झनले ‘प्रशासकिय भवन’ निर्माणमा बिलम्व
हरेक वर्षको चौमासिकमा गलकोट र जैमिनी नगरपालिकाले गर्ने सार्वजनिक सुनुवाइमा आउने नियमति प्रश्न हो, प्रशासकीय भवन कहिले बन्छ ?
तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।
अग्यौली खानेपानी संस्थाले उपभोक्तालाई एम्बुलेन्समा लागेको खर्च तिरिदिने
नवलपुरको कावासोती-१६, डण्डामा रहेको अग्यौली खानेपानी संस्थाले आफ्ना उपभोक्ता बिरामी परेर एम्बुलेन्समा उपचार गर्न अस्पताल जानु परेमा लागेको सबै एम्बुलेन्स भाडा तिरिदिने भएको छ ।
मनाङमा भूकम्पको धक्का
आइतबार दिउँसो मनाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो १२ बजेर ५४ मिनेट जाँदा मनाङको तोछी केन्द्र भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।
पुतलीबजार र अर्जुन चौपारीमा आगलागी
स्याङ्जाको पुतलीबजार र अर्जुन चौपारीमा आगलागी हुँदा धनमाल जलेर क्षति भएको छ । विद्युत सर्टका कारण आगलागी भइ धनमाल जलेर क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
क्यामेरा जडानपछि वन्यजन्तु सिकार नियन्त्रणमा
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जङ्गलमा सिसी क्यामेरा राखिएपछि वन्यजन्तुको अवैध चोरी सिकारमा नियन्त्रण आएको छ ।
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।
कांग्रेस लमजुङबाट २४ जनाको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आकांक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।
जेसीज बागलुङ अध्यक्षमा श्रेष्ठ
युवाहरुको नेतृत्व र क्षमता विकासमा सक्रिय बागलुङ जेसीजको अध्यक्षमा अन्जिला श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
हिमाली क्षेत्रमा डढेलोको जोखिम बढ्दो
हिमाली भूभागमा हिउँद याम सुरु भएपछि डढेलोको जोखिम थपिँदै जाने क्रममा मनाङका विभिन्न बस्तीहरूमा वन डढेलोसम्बन्धी एकदिने समुदायस्तरका सचेतना गोष्ठीहरू सम्पन्न गरिएका छन् ।
कांग्रेस तनहुँद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवारको नाम केन्द्रमा सिफारिस
नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ ।
मन्त्री घिसिङद्वारा एक महिनाभित्र काम थाल्न ठेकेदारलाई अल्टिमेटम
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतीक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नगरे ठेक्का तोड्ने कडा चेतावनी दिनुभयो ।
श्रेष्ठलाई बयसट्ठी वर्षमा मुआब्जा
पुतलीबजार नगरपालिका–१ का श्यामप्रसाद श्रेष्ठले ६२ वर्षमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको जग्गाको मुआब्जा पाउनुभएको छ । बाजे शिवलाल श्रेष्ठले १९९५ मा पाटे दर्ता र २०२२ सालमा बुवा गुञ्जमान श्रेष्ठले भूमिसुधार ७ नम्बर फाराम भरेर भोगचलन गरेको श्रेष्ठ परिवारको २७८० नम्बर कित्ताको ५–१२–१–२ जग्गाको माग अनुसारको एक करोड रुपियाँ श्रेष्ठले पाउनुभएको हो । सर्वोच्च अदालतले मुआब्जा समितिको निर्णय अनुसार गरेको फैसलाको आठ वर्षमा गत कात्तिक २४ गतेको मन्त्रीपरिषद्ले निर्णय गरेपछि उहाँले मुआब्जा पाउनुभएको छ ।
बागलुङ कांग्रेसले केन्द्रमा पठायो उम्मेदवार आकाङ्क्षीको नाम
नेपाली कांग्रेस बागलुङले क्षेत्रीय समितिबाट सिफारीस भएर आएको उम्मेदवार आकाङ्क्षीहरूको नामावली प्रदेश समिति मार्फत केन्द्रीय समितिमा पठाएको छ ।
त्रिभुवन माविको महायज्ञमा दुई करोड सङ्कलन
बहुप्राविधिक आवाशिय शिक्षालय निर्माणका लागि त्रिभुवन माविमा जारी महायज्ञमा दुई करोड रकम सङ्कलन भएको छ । पवित्र उद्देश्य राखेर गरिएको महायज्ञमा भक्तजनको उत्साजनक सहभागिता जुटेको छ ।
तेस्रो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधी रोशनीलाई
पुतलीबजार नगरपालिकाको आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रोशनी आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
मुस्ताङमा लुलु गाईको सङ्ख्या बढाउन १० लाख बजेट
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१,छोसेरका ६३ वर्षीय मिग्मा गुरूङसँग अहिले तीनवटा लुलु गाई छन् ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकालाई
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकाले जितेको छ । शनिबार सम्पन्न १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी बागलुङ नगरपालिकाले जितेको हो ।
एक हजारलाई कुखुरा चल्ला वितरण
पुतलीबजार नगरपालिकाले नौ हजार ५२० वटा कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिकाका १४ वडामध्ये वडा नं –११ बाहेक सबै वडाका ९९८ जनालाई चल्ला तथा दाना वितरण गरेको हो ।
लयमा फर्कंदै पर्यटन क्षेत्र
नोभेम्बरमा नेपालमा एक लाख १६ हजार विदेशी पर्यटक घुम्न आएका छन् । पर्यटन बोर्डका अनुसार नेपालमा भारतीय पर्यटकसँगै युरोपेली पर्यटकको आगमन पनि बढ्दो छ । यससँगै जेनजी आन्दोलनपछि खस्किएको पर्यटन क्षेत्रले लय समाउन थालेको व्यवसायी बताउँछन् ।
लाफाको अचार उद्योगले बनायो स्वरोजगार
आजभोलि भान्छामा अचार अनिवार्यजस्तै बन्दै गएको छ । प्रायः खानाको रूपमा खाइने दाल, भात, तरकारीको स्वाद अचारबिना अपुरो नै हुन्छ ।
स्वरूप परिवर्तन गरेका मोटरसाइकल समात्दै प्रहरी
स्वरूप परिवर्तन गरि ठुलो आवाज निकाल्ने मोटरसाइकल, नियन्त्रण अभियानमा प्रहरी लागि परेको छ।
बोल्ने कला जीवनको आधारभूत सीप
पोखरा–१०, बुद्धचोकस्थित सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषण कलासम्बन्धी दुईहप्ते तालिम शनिबार सम्पन्न भएको छ ।