म्याग्दीमा हिमाली जिल्ला घोषणा भए पनि सुविधा नपाएको गुनासो
म्याग्दीलाई हिमाली जिल्लाको रुपमा सूचीकृत गरिएको वर्षौँ बितिसक्दा पनि सोअनुसारका सेवा–सुविधा कार्यान्वयनमा नआएको भन्दै सरोकारवालाहरुले सरकारसँग तत्काल प्रभावकारी कार्यान्वयनको माग गरेका छन् ।
स्याङ्जामा ‘सुरक्षित ग्रामीण सडक यात्रा’ अभियान सुरु
ग्रामीण सडकमा बढ्दो सवारी चाप र सम्भावित दुर्घटनालाई लक्षित गर्दै स्याङ्जा ट्राफिक प्रहरीले विशेष सचेतना अभियान सुरु गरेको छ।
कुल गार्हस्थ उत्पादन पत्ता लगाउन ‘आर्थिक गणना’
सदरमुकाम बागलुङ बजारमा स्थापना गरिएको जिल्ला आर्थिक गणना कार्यालयले काम थालेको छ । देशभर गरिने आर्थिक गणनाका लागि जिल्ला तहमा पनि कार्यालय स्थापना गरिएको हो ।
चर्चामा रायराँयकोट, लोभ्याउदै आन्तरिक पर्यटक
बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटसँग जोडिएको रायराँयकोट यतिबेला चर्चामा पुगेको हो । बागलुङ नगरपालिका–७ बौलुङमाथिको डाँडामा रहेको धार्मिक क्षेत्र रायराँयकोट क्षेत्रमा यतिबेला गुराँसले राताम्ये भएको छ ।
महोत्सवमा सात जातिको मौलिक घर मुख्य आकर्षण बन्दै
तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारामा आजबाट सुरु हुन लागेको ‘पाँचौँ शुक्लागण्डकी महोत्सव’ मा सात जातिका परम्परागत मौलिक घरहरू निर्माण गरिएका छन् ।
सुदृढ हुँदै विद्युत् वितरण प्रणाली
ऊर्जा सुरक्षा सुदृढ गर्दै विद्युत् वितरण प्रणालीलाई थप भरपर्दो बनाउने लक्ष्यसहित लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजना अघि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले जर्मन सरकारको सहकार्यमा कार्यान्वयन गर्न लागेको यस परियोजना अन्तर्गत करिब ४५ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण गरिने छ । लेखनाथ र दमौलीमा आधुनिक सबस्टेसन स्थापना गरिने छ ।
लमजुङमा आर्थिक गणना कार्यालय स्थापना
लमजुङमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम बेसीसहरको कालिका चोकमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी सेवा प्रारम्भ गरिएको हो ।
प्याराग्लाइडिङ प्रतियोगिता सुरु
पोखरामा बिहीबारबाट खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । २१ औं संस्करणको प्रतियोगिता पोखरा महानगरका प्रमुख धनराज आचार्यले सुरुवात गर्नुभयो ।
तनहुँमा डढेलो रोक्न सचेतना अभियान
सुक्खा मौसमसँगै वन डढेलोको जोखिम बढ्दै गएपछि तनहुँमा डढेलो रोकथाम र न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन भइरहेको छ ।
कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।
८८ हजारले लगाए जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
नवलपुरमा सञ्चालन भइरहेको जापनिज इन्सेफलाइटिसविरुद्धको विशेष खोप अभियान अन्तर्गत हालसम्म ८८ हजार २६५ जना (५८.८४ प्रतिशत) ले खोप लगाएका छन् ।
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
रघुगङ्गा गाउँपालिकामा निर्माण भएको राहुघाट–मङ्गले–चिमखोला र अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनी तुँदी पावर कम्पनीको करिब रु ४० लाख सहयोगमा कोर्ट निर्माण भएको हो ।
सुरक्षाकर्मीलाई डढेलो नियन्त्रण सामग्री हस्तान्तरण
लमजुङमा डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् ।
लमजुङमा एसइईका तीनवटा केन्द्र घटाएर १३ वटा कायम
चैतको १९ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसइई) को लागि लमजुङका १३ वटा विद्यालयमा परीक्षा केन्द्र कायम भएको छ ।
‘योजनामा पारदर्शिता कायम गराउन लाग्ने छु’
सूचना प्रविधिको क्षेत्रमा सक्रिय रहँदै आएका झबिलाल डुम्रे यस पटकको चुनावबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डुम्रे आफ्ना प्रतिस्पर्धीभन्दा चार हजार ५२४ मतान्तरसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभयो ।
फोहोरको अल्पकालीन व्यवस्थापन
पोखरा महानगरपालिकामा गत पुस अन्तिम सातादेखि रोकिएको फोहोर व्यवस्थापनको काम आइतबारबाट सुरु भएको छ । पुसबाटै फोहोर व्यवस्थापनका लागि महानगरले बेला बेलामा प्रयास गरे पनि अन्ततः आइतबारदेखि सडकमा थुप्रिएको फोहोर उठ्न थालेपछि पोखराका चोकहरू सफा देखिएका छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अल्पकालीन रूपमा भए पनि फोहोर व्यवस्थापन चैत १ बाट भएको बताउनुभयो । महानगरका अनुसार अहिले पोखरा महानगरपालिका–२१, दोबिल्लापारि किस्टीको डाँडामुनि फोहोर व्यवस्थापन हुँदै आएको छ ।
चिसो घटेपछि फर्किन थाले मुस्ताङवासी
कठ्याङ्ग्रिँदो चिसोसँगै मूलढोकामा ताल्चा झुन्ड्याएर बेँसी झरेका उपल्लो मुस्ताङवासी फर्किन थालेपछि गाउँमा चहलपहल हुन थालेको छ । चैत सुरु भएसँगै चिसो घटेपछि ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा विकासनिर्माण र समुदायस्तरका कार्यक्रम पुनः सञ्चालन हुन थालेका छन् । गत मङ्सिर र पुसमा ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश स्थानीयले गाउँ छाडेका थिए ।
फेवाताल किनार खपौँदीमा सरसफाइ
प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा परेको पोखराको पर्यटकीय केन्द्र फेवाताल किनार खपौँदीमा बृहत् सरसफाइ गरिएको छ । चैत ५ बाट पोखरामा हुन लागेको २१ औँ खुला प्याराग्लाइडिङ प्रतियोगितालाई हेरेर सरसफाइ गरिएको हो । सो प्रतियोगिता चैत ७ सम्म सञ्चालन हुने छ ।
तनहुँमा ६ हजार विद्यार्थी एसइईमा सहभागी, २२ परीक्षा केन्द्र निर्धारण
आगामी चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० का लागि तनहुँमा ६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका अनुसार यस वर्ष जिल्लाभर कुल ६ हजार १५५ जना परीक्षार्थीले परीक्षा दिने तयारी पूरा भएको छ।
प्रधानन्यायाधीश राउतद्वारा तनहुँ जिल्ला अदालत निरीक्षण
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज यहाँस्थित जिल्ला अदालतको निरीक्षण गर्नुभएको छ ।
विद्यालयको भवन अलपत्र हुँदा पठनपाठन प्रभावित
पर्वतको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन अलपत्र हुँदा विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । श्री रम्बा देवी माता आधारभूत विद्यालयको पुरानो भौतिक संरचना जिर्ण भएपछि तीन वर्ष पहिले पक्की भवन बनाउन थालिएको हो ।
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
म्याग्दीका किसानले व्यावसायिक खेतीबाट वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका किसानले बेमौसमी तरकारी, फलफूललगायत खेती गरेर वार्षिक रु ३० लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।
प्याराग्लाइडिङको जादू: तल ताल, माथि हिमाल
पर्यटन नगरी पोखरामा यही मेसो अर्काे उत्सव हुँदै छ । बिहीबारबाट सुरु हुने प्याराग्लाइडिङ प्रतियोगिता सहरमाथि उड्दै तल सुन्दर फेवाताल र माथि टल्किइरहेको हिमाल नियाल्दै अवसर बनेको छ ।