• २ कात्तिक २०८२, आइतबार

उपाधि पुतलीबजारको पोल्टामा

blog

अर्जुन काफ्ले 

स्याङ्जा, कात्तिक २ गते । पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितालो उपाधि पुतलीबजार नगरपालिकाले हात पारेको छ ।

भीरकोट नगरपालिका–१ सिसौघारी खेलमैदानमा बयरघारी पिस युथ क्लबले आयोजना गरेको चौथो बयरघारी रमाइलो मेलामा मुख्य आकर्षण बनेको यस प्रतियोगिताको फाइनलमा पुतलीबजारले भीरकोट नगरपालिकालाई ३–२ को सेटमा २५–२०, २१–२५, २५–२०, २४–२५ र १५–१२ ले पराजित गर्दै उपाधि जितेको हो ।

विजेता पुतलीबजार नगरपालिकाले नगद एक लाख १५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेतामा चित्त बुझाएको भीरकोट नगरपालिकाले नगद ७० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो । 

वालिङ नगरपालिकाले बिरुवा गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै तृतीय स्थान हात पारेको हो । वालिङ्ले नगद ४० हजार र सान्त्वना भएको बिरुवाले ३० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका हुन् । 

विजेता, उपविजेतालाई भीरकोट नगरपालिका प्रमुख गोबिन्द कुमार कर्माचार्यले पुरस्कार प्रदान गर्नु भएको हो । असोज २८ गतेबाट सुरु भएको प्रतियोगितामा अर्जुन चौपारी, भीरकोट, वालिङ, पुतलीबजार, तनहुँको शुक्लागण्डकी, बिरुवा लगायतका आठ पालिकाको सहभागिता रहेको थियो ।