• ३ कात्तिक २०८२, सोमबार

कलाकारको देउसीभैलो

blog

लमजुङ, कात्तिक ३ गते । तिहार सुरु भएसँगै लमजुङमा देउसीभैलो खेल्न सुरु भएको छ । कलाकार कल्याणकारी कोष तथा कार्यालय स्थापना गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङले संस्थागत देउसीभैलो खेलेका हुन् । 

कात्तिक १ गतेदेखि देउसीभैलो खेल्न थालिएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीले बताउनुभयो । उहाँका अनुसार कात्तिक ४ गतेसम्म बेँसीसहर, भोटेओडारलगायतका स्थानमा देउसीभैलो खेलिने छ । देउसीभैलो कार्यक्रममा गायिका माया गुरुङ, लोकदोहोरी गायिका मञ्जु विक, प्रशान्त तामाङ, पूजा परियार शेर्पा, लक्ष्मी तामाङलगायत दुई दर्जन कलाकारको प्रस्तुति रहेको थियो ।