तनहुँ–२ मा रास्वपाका न्यौपाने भारी मतान्तरले विजयी
तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्जिनियर श्रीराम न्यौपाने भारी मतान्तरका साथ विजयी हुनुभएको छ ।
दलहरू रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ
नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले विगतमा पार्टीको तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्दै जनअपेक्षाअनुसार रूपान्तरण भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नवलपुर-२ मा रास्वपाका खनाल निर्वाचित
नवलपुर निर्वाचन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनाल निर्वाचित हुनुभएको छ ।
पृथ्वी सुब्बालाई हराउँदै लमजुङमा रास्वपाका धर्मराज विजयी
लमजुङमा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी विजयी हुनुभएको छ ।
भूवैज्ञानिक डा. रेग्मीको संसद् यात्रा
भूवैज्ञानिक र हिमनदी विज्ञ पुतलीबजार नगरपालिका–५ का डा. धनञ्जय रेग्मीले संसद्को यात्रा तय गर्नुभएको छ ।
महावीर विजयी म्याग्दीमा ९ जनाले जमानत जोगाउन सकेनन्
प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै १५ हजार मतान्तर सहित महावीर पुनले म्याग्दीमा बाजी मार्नुभएको छ । म्याग्दीमा नौ जना उम्मेदवारले भने जमानत जोगाउन सकेनन् ।
तनहुँ–१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित निर्वाचित
तनहुँ क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित निर्वाचित हुनुभएको छ ।
गोरखा –१ मा मतगणना सुरु
गोरखा –१ मा मतगणना सुरु भएको छ । केहीबेरअघि बसेको सर्बदलीय बैठकको निर्णयअनुसार गोरखा –१ को मतगणना सुरु भएको हो ।
कास्की १ मा रास्वपाका पौडेल विजयी
कास्की क्षेत्र नम्बर १ मा ठुलो मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खड्कराज पौडेल (गनेस) विजयी हुनुभएको छ । पौडेलले ३९ हजार आठ सय ८३ मतसहित विजय हाँसिल गर्नुभएको हो ।
बागलुङ २ मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी हुनुभएको छ । शर्माले १२ हजार ६४७ मत लिएर विजयी हुनुभएको छ ।
बागलुङ १ मा रास्वपाका खड्का निर्वाचित
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशिल खड्का निर्वाचित हुनुभएको छ ।
स्याङ्जा २ : एमालेका थापा १६ सय मतान्तरले अगाडि
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा नेकपा(एमाले)का उम्मेदवार खिमबहादुर थापाले अग्रता लिइ रहनुभएको छ ।
पर्वतमा रास्वपाका भुषाल विजयी
पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले प्रतिनिधि सभा सदस्यमा शानदार मतले विजय हासिल गरेका छन् । रास्वपाका उम्मेदवार सागर भुषालले आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले फरक पार्दै २६ हजार ५६१ मत हासिल गरी विजय हुनुभएको हो ।
बागलुङ–१ मा जीतको नजिक रास्वपाका खड्का
सुरुवाती चरणबाटै मतान्तर बढाउदै लगेका खड्काले प्रतिस्पर्धी कांग्रेसका भीम श्रीसलाई सात हजार ५९९ मतले पछाडि पार्नुभएको छ ।
हस्ताक्षर नभएका मतपत्र भेटिएपछि गोरखामा मतगणना रोकियो
गोरखा क्षेत्र नम्बर २ मा मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि मतगणना रोकिएको छ। मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि दलका प्रतिनिधिहरूले आपत्ति जनाउँदै मतगणना प्रक्रिया स्थगित गरिएको हो।
तनहुँ–२ मा रास्वपाका न्यौपाने भारी मतान्तरले अगाडि
तनहुँको निर्वाचन क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो बलियो उपस्थिति देखाएको छ ।
बागलुङ–२ मा सोम शर्मा र टेकराज पौडेलबिच कडा टक्कर
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नं. २ मा जारी मतगणनामा रास्वपा र कांग्रेसबिच कडा टक्कर भएको छ ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित
म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन १४ हजार नौ सय ३१ मतान्तरसहित निर्वाचित हुनुभएको छ । शनिबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
तनहुँ–१ मा रास्वपाका वाग्ले दोब्बर मतले अगाडि
तनहुँ क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै उत्साहजनक अग्रता कायम गर्नुभएको छ ।
स्याङ्जा – १ मा रास्वपाका डा. धनन्जय रेग्मी विजयी
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको निर्वाचनमा स्याङ्जा क्षेत्र नं – १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनन्जय रेग्मी विजयी हुनु भएको छ ।
कास्की २ मा रास्वपाका पौडेल निर्वाचित
प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी हुनुभएको छ ।
कास्की ३ मा रास्वपाकी विना गुरुङ विजयी
कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङ निर्वाचित हुनुभएको छ ।
मनाङको थप पर्यटन र पूर्वाधार विकासमा मेरो प्राथमिकता रहन्छ : नवनिर्वाचित सांसद गुरुङ
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङ मनाङको समग्र उन्नयनमा आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।
स्वतन्त्र उम्मेदवार पुन पाँच हजार बढी मतान्तरका साथ अग्रता
म्याग्दीमा स्वतन्त्र उम्मेदवार निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले पछिल्लो मतगणनाको परिणाम अनुसार पाँचहजार ४३ मतान्तरका साथ अग्रता कायम राख्नुभएको छ ।