माछापुच्छ्रे हिमाल
मौसम सफा भएसँगै पोखरा महानगरपालिका–१९, पुरनचौरबाट शनिबार देखिएको माछापुच्छ्रे हिमाल।
४२ लाख लगानीमा बेम्बो क्याफे सञ्चालन
बागलुङमा ४२ लाख लगानीमा बेम्बो क्याफे एन्ड किचन सञ्चालनमा आएको छ । युवा पुस्तालाई लक्षित गरी बागलुङ नगरपालिका –९ का शेखर खड्का र सुगम खड्काले क्याफे सञ्चालनमा ल्याएनुभएको हो ।
लमजुङमा कोदो थन्काउन चटारो
धान खेती थन्काएका लमजुङका किसानहरू कोदो बाली थन्काउने चटारोमा छन् । मङ्सिर पहिलो सातादेखि किसानहरूले कोदो टिप्न थालेका हुन् ।
तोरीमा छरेको विषादीले नौ वटा मृग मरे
नवलपुरमा एकैदिन एकै ठाउँमा नौ वटा मृग मरेका छन् । जिल्लाको देवचुली नगरपालिका–१३ मा रहेको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा नौ वटा मृग मृत फेला परेका हुन् ।
फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज निर्माण गर्ने योजना अन्यौलमा परेको छ ।
गोरखामा २८ जना कुपोषित बालबालिका भेटिए
गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा स्थानीय तहमा नियमित स्वास्थ्य परीक्षण गर्दा २८ जना बालबालिकामा कुपोषणको समस्या भेटिएको हो ।
बागलुङमा ‘एकीकृत सेवा’ कार्यालय सञ्चालन
गण्डकी प्रदेश सरकारको निर्णय अनुसार एकीकृत भएका जिल्लाका उद्योग तथा पर्यटन कार्यालय र सामाजिक विकास कार्यालय एकीकरण भएर नयाँ ढङ्गले काम सुरु भएको छ ।
जाडोमा पनि पर्यटकको चहलपहल
कठ्याङ्ग्रिँदो जाडो, पानी जमेर बरफ, पदमार्ग आसपासमा हिउँले छपक्कै छोपेको अन्नपूर्ण चव्रmीय पदमार्ग अन्तर्गत थोराङ्ला पासमा विदेशी पर्यटकको चहलपहल छ । गण्डकी प्रदेशको पाँच जि
फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत
इँटा र काष्ठकलाले सजिएको फल्चा । सारङ्गी र मादलसहित दौरासुरुवालमा ठाँटिएर फल्चामा लहरै बसेका बालकलाकार । साँझपख बत्तीको उज्यालोमा देखिएको यो दृश्य मनमोहक थियो ।
‘कृषकलाई मौसमले ठग्दो रहेछ’
“पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट थिइन, अहिले घरमै बसेर सुन्तलाखेती गरिरहेको छु”, व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापाले भन्नुभयो, “सुन्तलाखेतीबाटै घर खर्च चलाउन सहयोग पुगेको छ ।”
मुक्तिनाथले दियो प्रहरीलाई रंगिन टेलिभिजन
मुक्तिनाथ विकास बैंकले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत टेलिभिजन उपलब्ध गराएको हो ।
पालिका स्तरीय करातेमा लालिगुराँस माविलाई नौ पदक
काठेखोला गाउँपालिका–६मा शुक्रबार सम्पन्न पालिका स्तरीय कराते प्रतियोगितामा सबैभन्दा बढी पदक लालिगुराँस माध्यामिक विद्यालयले जितेको छ ।
अर्जुनचौपारी र अपिहिमाल गाउँपालिकाबिच “भगिनी सम्बन्ध” सम्झौता
स्याङ्जाको अर्जुनचौपारी र दार्चुलाको अपिहिमाल गाउँपालिका बिच “भगिनी सम्बन्ध” सम्झौता गरिएको छ । पर्यटनदेखि शिक्षा, स्वास्थ्य, कृषि, वातावरणीय संरक्षण र सुशासनसम्मका क्षेत्रलाई समेट्दै पाँच वर्षे सहकार्यको रोडम्याप दुबै पालिकाले अघि सारेका हुन् ।
हत्या आरोपमा एक पक्राउ
लमजुङमा आठ महिनाअघि पूर्वप्रहरी हवलदार सीता धिताल कंडेलको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका –७ का ४७ बर्षीय बुद्धिराम दराई रहेका छन् ।
रघुगङ्गामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा गाउँपालिकाले आयोजना गरेको विद्यालयस्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
रघुगङ्गा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
हत्याका अभियुक्त २२ वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय म्याग्दीले २२ वर्ष अघि हत्यामा सङ्लग्न मध्ये एक अभियुक्तलाई पक्राउ गरेको छ ।
पूर्व प्रहरी हवलदारको हत्याको आरोपमा बुद्धिराम पक्राउ
लमजुङको बेँसीसहर नगरपालिका–२, भकुण्डेमा पूर्व प्रहरी हवलदार सीता कँडेलको विभत्स हत्या गरी फरार रहेका प्रतिवादी बुद्धिराम दराई पक्राउ परेका छन्।
तनहुँमा दुध उत्पादनमा वृद्धि
पशुपालनमा कृषकको आकर्षण बढेसँगै तनहुँमा दुध उत्पादनमा वृद्धि भएको छ ।
जाडो छल्न बेँसी झरे भेडीगोठ
चिसो बढेसँगै लमजुङको हिमाली काँठमा पुगेका भेडीगोठहरू बेँसी झर्न थालेका छन् । अहिले भेडीगोठहरू गाउँ बस्ती नजिकैका खेतबारीमा राखिएका छन् ।
कारले पैदल यात्रीलाई ठक्कर दिँदा दुई घाइते
तनहुँको बन्दीपुर गाउँपालिका-१, स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च. ७४६४ नम्बरको कारले नियन्त्रण गुमाई पैदल यात्रीलाई ठक्कर दिएको छ ।
नदी कटान नियन्त्रण आयोजना प्रारम्भ
बेनी नगरपालिका–८, कालीपुल र पर्वतको जलजला गाउँपालिका–३, बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ ।
तनहुँमा धान उत्पादन बढ्यो
यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ ।
पर्यटकबाट ८० लाख राजस्व सङ्कलन
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप ) आउने आन्तरिक तथा बाह्रय पर्यटकबाट ८० लखा ९० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।