शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, फागुन २३ गते । नवलपुर निर्वाचन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनाल निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार तिलक महतलाई फराकिलो अन्तरले पराजित गर्दै निर्वाचित हुनुभयो ।
खनालले ४१ हजार ३४७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत तथा नेपाली कम्युनिस्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गर्नुभयो ।
यहाँ ७९ हजार ६९२ मत खसेकोमा ३ हजार ४६२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।