शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा नेकपा(एमाले)का उम्मेदवार खिमबहादुर थापाले अग्रता लिइ रहनुभएको छ ।
शनिबार बिहान ९ बजेसम्मको गणनामा एमालेका खिमबहादुर थापाले ६ हजार ९६६ मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्लले पाँच हजार ३०५ मत रहेको छ ।
एमाले र कांग्रेसबिचको मतको अन्तर एक हजार ६६१ रहेको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रेले पाँच हजार ११७ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म कालीगण्डकी गाउँपालिकाको, गल्याङ् नगरपालिकाको १ देखि ६ सम्मको वडाहरुको मतगणाना सम्पन भएको छ ।