• २३ फागुन २०८२, शनिबार

बागलुङ–२ मा सोम शर्मा र टेकराज पौडेलबिच कडा टक्कर

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा र नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेल । तस्बिर : गोरखापत्र

नवराज नेपाली
बागलुङ (गलकोट) फागुन २३ गते ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नं. २ मा जारी मतगणनामा रास्वपा र कांग्रेसबिच कडा टक्कर भएको छ ।

३८ हजार ३०४ मतगणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा र नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेलबिच जम्मा १४४ मतान्तर रहेको छ ।

शर्माले १० हजार २६० मत प्राप्त गर्दा कांग्रेसका पौडेलले १० हजार ११६ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर २ मा अझै ९ हजार २२३ मत गणना गर्न बाँकी छ । यसैगरी नेकपाका ज्ञामनाथ गैरेले ८ हजार ७५५ मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जु शर्मा चालिसेले ५ हजार ६०९ मत प्राप्त गर्नुभएको छ ।