माइक्रोबस दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो
गोरखामा माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको पहिचान खुलेको छ ।
घुमाउनेमा पुल नबन्दा सास्ती
प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको खहरेलगायत आसपासका स्थानीयले ‘नो भोट’ को चेतावनी दिए । तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र हुँदा यस ठाउँका स्थानीयवासीले मत नै नहाल्ने चेतावनी दिएका थिए ।
धार्मिक महत्वको लुङबुक गुफा
यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरुपी पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो– लुङबुक गुफा ।
सर्वोच्चको निर्णयपछि कृष्ण मोटरमार्ग ठेक्का रद्द
लामो समयदेखि कानुनी झमेलामा रुमल्लिएर अलपत्र बनेको तनहुँको घिरिङस्थित कृष्ण मोटरमार्ग निर्माणमा वर्षौपछि नयाँ आशा पलाएको छ ।
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
बाइस दशमलव पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ ।
माइक्रोबस दुर्घटना सात जनाको मृत्यु
गोरखामा माइक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको हो ।
ग्यास लुकाउने भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना
जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्यास लुकाउने एक डिलरलाई ५० हजार रुपियाँ जरिवाना गरेको छ । प्रशासनले शनिबार गरेको अनुगमनको क्रममा पोखरा महानगरपालिका वडा ६, जरेबरमा रहेको भण्डारी ट्रेडर्समा ४८ वटा ग्यास सिलिण्डर लुकाएको फेला परेको थियो ।
हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै
ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको स्तरोन्नति भइरहेको छ।
कास्कीमा ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा कडाइ
एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सरोकारवाला उद्योगी, व्यवसायी एवं उपभोक्तासँग छलफल गरेको छ ।
मतदाता भेट्न गुर्जा पुग्नुभयो महावीर पुन
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएपछि डा. महावीर पुन शनिबार धवलागिरि गाउँपालिका–१ को दुर्गम गाउँ गुर्जा पुग्नुभएको छ ।
ग्रिनलेक र बादल
मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित अन्नपूर्ण पदमार्गमा पर्ने समुद्री सतहबाट तीन हजार एकसय मिटरमा अवस्थित ग्रिनलेक र पृष्ठभूमिमा देखिएको सेतो बादल। यस ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ।
मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ७१ प्रतिशत भौतिक प्रगति
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने-पोखरा) मा निर्माण कार्यले गति लिएको छ ।
माथिल्लो मर्स्याङ्दी मा उच्चस्तरको मर्मत सुरु
मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा उच्च स्तरको मर्मत थालिएको छ ।
तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु
प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु भएको छ।
जैमिनी नगरपालिकाका ४१८ मध्ये ३६७ योजना सम्झौता
जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ वडा नम्बर ७ को जैदीमा सम्पन्न भएको छ ।
कालोपत्रेले गति लिएपछि स्थानीय हर्षित
तनहुँको भिमाद नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको भिमाद–मसारडाँडा सडक खण्ड कालोपत्रे गर्ने कार्यले तीव्रता पाएपछि स्थानीय बासिन्दामा उत्साह छाएको छ ।
पेट्रोलियम पदार्थ र ग्यास भण्डारण नगर्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय लमजुङले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अनावश्यक भण्डारण नगर्न सर्वसाधारण तथा व्यवसायीलाई आग्रह गरेको छ ।
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप सुरु
बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौ वटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोर किशोरीलाई खोप लगाइएको छ ।
‘जनताले मत दिए, हामी सुशासन दिन्छौँ’
गण्डकी प्रदेशभरिका १८ वटा निर्वाचन क्षेत्रमध्ये १५ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएकी रास्वपा उम्मेदवार बिना गुरुङ प्रदेशकै प्रत्यक्षतर्फ निर्वाचित एक मात्र महिला सांसद बन्नुभएको छ ।
आठ विद्यालयमा ४० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना
पश्चिम बागलुङका दुई पालिका आठ विद्यालयमा ४० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । गलकोट समाज जापानले आठ विद्यालयमा पाँच/पाँच लाख रुपियाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको हो ।
एसइई नतिजा सुधार्न आँबुखैरेनीमा आवासीय तयारी कक्षा
तनहुँको आँबुखैरेनी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सुधार ल्याउन ‘पालिका–समुदाय साझेदारी कार्यक्रम’अन्तर्गत विशेष तयारी कक्षा तथा छात्रावास सञ्चालनमा ल्याएको छ ।
पञ्चेबाजा कलाकार दर्जीलाई सम्मान
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाले पञ्चेबाजा कलाकार ७० वर्षीय हरिबहादुर दर्जीलाई सम्मान गरेको छ ।
डिएलए बागलुङको अध्यक्षमा हरि प्रसाद गौतम सर्वसम्मत चयन
डिएलए बागलुङको अध्यक्षमा अधिवक्ता हरि प्रसाद गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
पूर्व नगर प्रमुख थापाको निधनमा आइतबार पोखरा महानगरमा शोक बिदा
पोखरा महानगरपालिकाका पूर्व प्रमुख एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्ण थापाको असामयिक निधनप्रति शोक व्यक्त गर्दै महानगरपालिकाले चैत १ गते आइतबार मातहतका सबै कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।