युवाको भावना अनुरूप काम गर्नु पर्ने
नेपाली कम्युनिस्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा नयाँ राजनीतिक नेतृत्व आउने र त्यसले देशलाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने बताउनुभएको छ ।
संविधान रक्षाका लागि निर्वाचन अपरिहार्य :भुसाल
नेपाली कम्युनिस्ट पार्टीका नेतृ पम्फा भुसालले संविधान रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ ।
चैतलाई ‘बागलुङ भ्रमण’ महिनाको रूपमा मनाउने तयारी
बागलुङलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आगामी चैत महिनालाई ‘बागलुङ भ्रमण’ महिना बनाउने भएको छ । बागलुङ नगर पर्यटन समितिले चैतलाई ‘बागलुङ भ्रमण’ महिना बनाउन तयारी समेत थालेको छ ।
मन्त्री घिसिङद्वारा नारायणी नदीमा बन्न लागेको पुलको निरीक्षण
ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर पुलको निरीक्षण गर्नुभएको छ ।
पालिका परिसरमै मधुमेह र रक्तचापको जाँच
पुतलीबजार नगरपालिकाले मधुमेह (सुगर) र रक्तचापको निःशुल्क जाँच सेवा सञ्चालनमा ल्याइएको छ । पालिकामा आउने सेवाग्राहीका लागि पालिका परिसरमै आधारभूत स्वास्थ्य परीक्षण थालेको हो ।
मुस्ताङका पशुपालक कृषक पहाडी र हिउँ चितुवाको चपेटामा
घरपझोङ गाउँपालिका–२,मार्फाका पशुपालक कृषक सन्तोष परियारले गोठमा राखिएको भेडाच्याङ्ग्रालाई चितुवाले मार्छ भन्ने कल्पना गर्नुभएको थिएन । बस्ती नजिकै, मानिसको चहलपहल हुने स्थानमा गाउँभित्रको भेडाच्याङ्ग्रा राख्नुभएका परियारले कल्पनौ नगरेको क्षति ब्यर्होनुपर्यो ।
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा हुने
गण्डकी प्रदेशस्तरीय सोह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा हुने भएको छ । आगामी माघभित्र प्रतियोगिता आयोजना हुने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले जानकारी दिनुभयो ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकालाई
म्याग्दीको बेनीमा शुक्रबार साँझ सम्पन्न भएको ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ ।
गोरखाबाट कांग्रेसका ३१ जना उम्मेदारको आकाङ्क्षी
आगमी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि नेपाली कांग्रेसले जिल्लाका २ वटा निर्वाचन क्षेत्रबाट ३१ जनाको नाम सिफारिस गरेको छ ।
पोखरामा दुई अर्बमा जलन अस्पताल बनाइने
पोखरा महानगरको वडा नम्बर २७ लेखनाथ जलन अस्पताल बन्ने भएको छ । साविक लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानको खाली २८ रोपनीमा सय शय्याको अस्पताल बनाइने भएको हो ।
‘बुढीगण्डकी आयोजनामा सहयोग गर्न प्रदेश सरकार तयार छ’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी आयोजना निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । शुक्रबार गोरखाको भीमसेन थापा गाउँपालिका–७ स्थित जागेश्वर माविको स्वर्ण महोत्सवमा बोल्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।
आँखाका बिरामीलाई निःशुल्क उपचार गर्दै आरुघाट गाउँपालिका
गोरखाको आरुघाट गाउँपालिकाले आफ्नो पालिका भित्रका आँखाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
कांग्रेस म्याग्दीले सिफारिस गर्यो उम्मेदवार सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले प्रत्यक्षतर्फ दुई जना र समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको छ ।
लागुऔषधसहित दुई जना पक्राउ
गल्याङ नगरपालिका –१ राम्दी स्थित सिद्धार्थ राजमार्गमा चेकजाँचमा प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ ।
‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी
चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । ‘क्यानभासमा हिमाल’ शीर्षकमा मस्र्याङ्दी गाउँपालिकाको सभा हलमा गरिएको प्रदर्शनीमा २४ वटा चित्र राखिएका छन् । यो उहाँको तेस्रो एकल प्रदर्शनी हो । बुधबार र बिहीबार दुई दिनसम्म गरिने प्रदर्शनीमा राखिएका सबै चित्र मूर्त शैलीमा छन् । गाउँले परिवेश, संस्कृति र प्राकृतिक सुन्दरतामा देखिएका हिमाललाई मुख्य विषय बनाइएको छ ।
अन्तर्राष्ट्रिय खेलकोतयारीमा पोखरा रङ्गशाला
पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को टोलीले रङ्गशालाको निरीक्षणपछि पोखरा रङ्गशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने सङ्केत जनाएको छ ।
गोरखापत्र र प्रेस रजिष्ट्रार कार्यालय गण्डकीबिच सहकार्य हुने
गोरखापत्र संस्थान र गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार कार्यालयबिच सहकार्य हुने भएको छ । पत्रकारहरुको क्षमता विकास र पत्रकारिताको गुणस्तर अभिवृद्धिका लागि संस्थान र प्रेस रजिष्ट्रार कार्यालयबिच सहकार्य हुने भएको हो ।
रतनचुराबाट देखिएको हिमश्रृङ्खला
सिन्धुलीको गोलन्जोर गाउँपालिकाको रतनचुराबाट देखिएको हिमश्रृङ्खला र आसपासका क्षेत्र ।
अङ्ग्रेजी नयाँ वर्षमा पोखराको लेकसाइडमा महोत्सव
आउँदै गरेको अङ्ग्रेजी नयाँ वर्षलाई पर्यटन राजधानी पोखरामा भव्य रुपमा स्वागत गर्ने तयारी भएको छ। फेवाताल किनारको लेकसाइडमा पुस १३ देखि १७ गतेसम्म २७ औँ पोखरा सडक महोत्सव हुन लागेको हो।
केन्द्रीय प्रसारण लाइन जोडिएसँगै लाप्राकवासी खुशी
उत्तरी गोरखाको हिमालको काखमा बसेको लाप्राक गाउँ चार वर्षदेखि अन्धकारको गर्भमा निदाइरहेको थियो ।
पूजा गर्ने खोपाको मौरी घार आम्दानीको स्रोत
कास्कीको मादी गाउँपालिका–११ तोगीमा रहेको एउटा घरको अनौठो अभ्यासले यतिखेर चर्चा पाएको छ । खरको छानो भएको परम्परागत घुमाउने घरभित्र मठमन्दिर जस्तै नित्य पूजापाठ गर्ने खोपामा मौरी बस्दै आएका छन् ।
गाउँको मौलिकता कायम राख्न चुनौती
सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् ।
बागलुङ महोत्सवको तयारी तीव्र
खस्कँदै गरेको व्यापार बढाउने र आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले बागलुङकै सबैभन्दा ठुलो मेलाको रुपमा लिएको बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ । बागलुङ उद्योग वाणिज्य संघले पुस ११ देखि २१ गतेसम्म आठौं बागलुङ महोत्सव गर्न थालेको छ ।
बागलुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।