शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रदिप पन्त
बागलुङ, फागुन २९ गते । डिएलए बागलुङको अध्यक्षमा अधिवक्ता हरि प्रसाद गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
नेपाल डेमोक्रयाटिक लयर्स एशोशियशन (डिएलए) बागलुङको २० औँ साधारण सभा तथा ७ औ जिल्ला अधिवेशनबाट ९ सदस्यि जिल्ला समिति चयन भएको निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद न्युरेले जानकारी दिनुभयो ।
समितिको उपाध्यक्षमा शिवराज पन्त, सचिव ज्ञानेन्द्र पन्त, कोषाध्यक्षमा नगेन्द्रप्रताप सिंह बुढाथोकी निर्वाचिन हुनुभएको छ ।
त्यसैगरी समितिको सदस्यमा लक्ष्मिदेवी जि.सी.कार्की, रामराज कड“ेल, बिनिता शर्मा र प्रकाश बराल निर्वाचित भएको निर्वाचन समितिका संयोजक न्यूरेले बताउनुभयो । आगामी ३ बर्षको लागि गौतमको नेतृत्वमा जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ ।