विरेन्द्रनगर (सुर्खेत), चैत २० गते । गौतम बन्धु राष्ट्रिय समाज कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा बिहीबार रुकुम पश्चिम जिल्लास्तरीय भेला सम्पन्न भएको छ ।
सुर्खेतको विरेन्द्रनगरमा आयोजित उक्त भेलाले रुकुम पश्चिममा बसोवास गर्ने अत्रि गोत्रीय गौतमहरूको १३ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
समितिको अध्यक्षमा ओम केसी गौतम चयन हुनुभएको छ । यस्तै, उपाध्यक्षमा नन्दराम केसी गौतम, सचिवमा निराकरण केसी गौतम र कोषाध्यक्षमा रमा गौतम चुनिनु भएको छ ।
भेलाले सदस्यहरूमा क्रमशः रामबहादुर केसी गौतम, नौलु जैसी गौतम, मंघलाल गौतम, समिर गौतम, झक्कु प्रसाद गौतम, जगत गौतम, षडानन्द गौतम, प्रीयराज गौतम र ईन्द्र लाल गौतमलाई चयन गरेको छ ।
त्यसैगरी, संस्थालाई मार्गदर्शन गर्न सल्लाहकार समितिसमेत गठन गरिएको छ । जसमा देविलाल गौतम, भरत कुमार शर्मा गौतम र दिल बहादुर केसी गौतम रहनुभएको छ ।
प्रदेश अध्यक्ष शिव प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष मोहन प्रसाद गौतम प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा प्रदेश समन्वय समितिका सल्लाहकार संयोजक डा. दिपक गौतमको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले बन्धुहरूबीचको एकता र संस्थागत विकासमा नयाँ कार्यसमितिले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश समन्वय समितिले सुर्खेत पुगेर कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण बन्धुहरूलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिएको छ ।
भेलाको समापनमा अत्रि–अनसुयाको स्मरण गर्दै सम्पूर्ण बन्धुहरूको कल्याणको कामना गरिएको थियो ।
