शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुधा देव
भारदह (सप्तरी), चैत २० गते । जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी कार्यालय परिसरमा अनधिकृत रूपमा सक्रिय रहदै आएका ‘बिचौलियाहरूको प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले शुक्रबार एक सूचना जारी गरेर कार्यालय वरिपरि तथा भित्र प्रवेश गरी सेवाग्राहीलाई सहयोग तथा सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल्ने व्यक्तिलाई पूर्णरूपमा निषेध गरिएको जानकारी दिएको छ ।
सूचनामा भनिएको छ,“प्रशासनले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू कार्यालय परिसर वा आसपास फेला परेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने छ ।”
जिल्लाको सरकारी कार्यालयमा कामकाजका लागि जाने सेवाग्राहीले कार्यालय परिसरमा रहेका बिचौलियाको कारण समस्या भोग्दै आएकोले प्रशासनको यो निर्णय सराहनीय रहेको स्थानीयको भनाइ छ ।