• २२ चैत २०८२, आइतबार

अटिजम भएका बालबालिका लागि नमुना आवासीय विद्यालय स्थापना गर्ने सरकारको निर्णय

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत २० गते ।सरकारले अटिजम भएका बालबालिकाको सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा र हेरचाहलाई व्यवस्थित बनाउन सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रम प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय र प्राविधिक समिति गठन गरी कार्यान्वयन तीव्र बनाएको छ ।

पोखरेलले अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा र आवासीय सुविधा उपलब्ध गराउन सरकारले नमुना विद्यालय स्थापना गर्ने योजना अघि सारेको जानकारी दिनुभयो ।

मन्त्री पोखरेलका अनुसार सातै प्रदेशमा स्थापना गरिने विद्यालयले अटिजम भएका बालबालिकालाई विशेष शिक्षा, पुनःस्थापना तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने छन्।

यसले विशेष आवश्यकता भएका बालबालिकाको शिक्षा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालयबिच समन्वय गर्ने गरी प्राविधिक समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।