जयकृष्ण यादव
इनरुवा, चैत २० गते ।सुनसरीमा ठूलो परिमाणमा लागु औषध फेला परेको छ । बिहीबार राती १६ हजार आठ सय क्याप्सुल लागु औषध ट्रामोल फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काका कोशी गाउँपालिका वडा नम्बर १ लौकही चौकबाट लागु औषध १६ हजार आठ सय क्याप्सुल फेला परेको हो ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले लौकही चौकबाट उत्तरतर्फ आइरहेको इभी स्कुटरलाई चेकजाँच गर्दा स्कुटर चालक सुनसरीको कोशी गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय सञ्जय कुमार यादवको साथबाट स्कुटरको अगाडिको खाली भागमा लागु औषध ट्रामोल–५० लेखिएको १६ हजार आठ आठ सय क्याप्सुल फेला परेको जानकारी दिनुभयो।
खड्काका अनुसार स्कुटरमा बोरामा प्याक गरी ल्याएको अवस्थामा लागू औषध १६ हजार आठ क्याप्सुल फेला परेकाले यादवलाई लागू औषध र स्कुटर सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको छ ।