काठमाडौँ, चैत २० गते ।आयुर्वेदलाई पनि स्वास्थ्य सेवालाई पनि स्वास्थ्य बिमामा आवद्ध गर्न आग्रह गरिएको छ ।
नेपाल आयुर्वेद चिकित्सक संघको ११ औं राष्ट्रिय सम्मेलनमा आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष वरिष्ठ आयुर्वेद चिकित्सक डा.प्रकाश ज्ञवालीले आयुर्वेद स्वास्थ्य सेवालाई पनि स्वास्थ्य बिमामा आवद्ध गर्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “आयुर्वेदमा स्वास्थ्य बिमा कार्यक्रम लागु हुन नसक्दा धेरैले चाहँदा चाहँदै पनि सेवा लिन सकेका छैनन् । त्यसैले, सरकारले आयुर्वेदमा पनि बिमा कार्यक्रम सञ्चालन गर्ने सरकारलाई आग्रह गर्दछौँ ।”
कार्यक्रममा उहाँले आयुर्वेद चिकित्सकको समायमानै ओएनएम सर्ने हुन नसकेकोले आयुर्वेद अस्पताल तथा अयोग्य केन्द्रको भवन निर्माण भइसकेपनि सञ्चालन आउन नसकेको बताउनुभयो ।
आयुर्वेद चिकित्सक सङ्घका उपाध्यक्ष समेत रहेका डा।शंकर गौतमले आयुर्वेद उपचार नसर्ने रोग र मानसिक स्वास्थ्यका लागि उपयुक्त हुने भएकाले यसलाई प्रर्वद्धन गर्न आग्रह गर्नुभयो ।
पूर्व स्वास्थ्य मन्त्री डा सुधा शर्मा गौतमले नागरिकलाई स्वस्थ बनाउनको लागि आयुर्वेद स्वास्थ्य सेवालाई पनि प्राथामिकता दिनु पर्ने बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा नागरिक आरोग्य कार्यक्रमलाई मानसिक स्वास्थ्यको कार्यक्रमअन्तर्गत अगाडि बढाइएको बताउनुभयो । नागरिक आरोग्य कार्यक्रमले बढ्दै गएको नसर्ने रोग रोकथाममा मद्दत पुग्ने शर्माको दाबी छ।