• १९ चैत २०८२, बिहिबार

शुक्रबार तराईमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना

blog

फाइल तस्बिर

काठमाडौँ, चैत १९ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार सबै प्रदेशका तराई भू–भागमा हावाहुरीको सम्भावना रहेको बताएको छ । 

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ र बाँकी भू–भागमा आंशिक बादल लागेको छ । 

शुक्रबार र शनिबार सबै प्रदेशको हिमाली भू–भागसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । 

साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।