शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अविनाश चौधरी
धनगढी, चैत १९ गते । बिचौलिया गरेको आरोपमा कैलाली प्रहरीले दुई सरकारी कार्यालयबाट १२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यातायात कार्यालय र मालपोत कार्यालयबाट छ-छ गरी १२ जनालाई पक्राउ गरिएको हो । लेखापढी लाइसेन्स नभएकाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुसंग सोधपुछ भइरहेको उहाँले बताउनुभयो । बिचौलियारहित नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजनासहित नेपाल प्रहरीले काम थालेको छ ।
यसका लागि प्रहरीले देशभर मातहतका निकायमा परिपत्र गरी कारबाहीको काम अगाडि बढाउन निर्देशन दिएको जनाइएको छ ।