• २० चैत २०८२, शुक्रबार

१७ करोडभन्दा बढी अभौतिक मुद्राको कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

blog

सांकेतिक तस्बिर

काठमाडौँ, चैत २० गते ।  विभिन्न सामाजिक सञ्जालबाट नेपाली नागरिकसँग कुराकानी गरी विभिन्न प्रलोभन देखाइ रकम ठगी गर्ने एक चिनियाँ नागरिक पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार चीनका ३५ वर्षीय जु यी फेङले ठगी गरेको रकमलाई अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)मा साटी कारोबार गर्ने गरेका छन् । 

नेपाली १७ करोड ७९ लाख ७० हजार ३७१ रुपियाँ बराबरको अभौतिक मुद्रा युएसडीटी को कारोबार, मोबाइल तीन थान र इन्टरनेसनल एक्स्प्रेस लेखिएको रकम पठाउन प्रयोग गरिने कागजातसहित काठमाडौँ महानगरपालिका २६ ठमेलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

काठमाडौँ जिल्ला अदालतको म्याद थप अनुमति लिइ उनीमाथि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।